• 13
  • ला टोमाटिना २०२३

    ला टोमाटिना २०२३

    By सन्तोष कुमार देवकोटा
    फ्रेवुअरी 20, 2023

    ला टोमाटिना २०२३। ला टोमाटिना स्पेनको भ्यालेन्सिया नजिकैको बुनोल सहरमा प्रत्येक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार आयोजना हुने एक विशाल फूड फाइट महोत्सव हो। यस ‘विश्वको सबैभन्दा विशाल फूड फाइट महोत्सव’ मा लड्न हरेक वर्ष संसारका कुना-कुनाबाट हजारौं मानिसहरू यहाँ आउँने गर्दछन । यस महोत्सवमा करिब एक सय मेट्रिक टन भन्दा बढी पाकेका टमाटरहरू सडकमा फ्याँकिन्छन् र सोही टमाटर टिपी एक अर्कामा फ्याँकि मानिसहरू यो महोत्सवको मजा लिने गर्दछन।

    पहिले सन् २०१२ – २०१३ मा करिब ४०,००० देखि ५०,००० मानिसहरू यस विशाल  फूड फाइट महोत्सवमा सहभागि भएका  थियो जुन बुनोलको सामान्य ९,००० व्यक्तिको जनसंख्या भन्दा निकै धेरै हुने गर्दथ्यो। त्यसपश्चात सन् २०१४ पछाडिको संस्करणमा मानिसहरूको सहभागीतालाई टिकटिंग मार्फत भाग्यशाली २०,०००  व्यक्तिहरूमा मात्र सीमित गर्दै आइएको छ ।

    ला टोमाटिनामा आउने मानिसहरूका लागि सीमित आवासको मात्र व्यवस्था भएका कारण धेरै मानिसहरूले नजिकैको सहर भ्यालेन्सियामा बस्न सजिलो विकल्पको रूपमा लिन्छन् जुन बस वा रेलबाट बुनोलसम्म करिब ३८ किलोमिटरको दूरीमा पर्दछ। त्यसैगरी महोत्सवमा यत्रतत्र हुने अत्यधिक फोहोरबाट जोगाउन स्थानीय व्यापारीहरुले आफ्नो पसलहरू ठूलो प्लास्टिकले ढाक्ने गर्दछन ।

    नेपालमा ला टोमाटिना फेस्टिबल कहिले र कहाँ मनाइन्छ ?

    २०७९ फाल्गुण २२ गते नेपालमा होली पर्वका दिन ग्लोबल टुरिजम प्रोमोशन काउन्सिलले स्पेनमा भव्य रुपमा मनाईने ला टोमाटिनो फेस्टिबललाई पनि होली पर्व सगै मनाउने छ । यो दिन हाम्रो पर्व मनाउन नेपालका सबै जसो व्यापारी वर्ग, उच्च राजनितिक नेतृत्व, पर्यटन व्याशायी , नेपालमा भएका पर्यटक र विदेशी नियोगका उच्च पदाकिारीहरु आउनु हुनेछ । यो २०७९ फाल्गुण २२ गते नेपालमा होली पर्वका दिन  नेपाल स्काउटको ग्राउण्ड , लैनचौरमा हुनेछ ।

    ला टोमाटिनो फेस्टिबलमा म कसरी सहभागी हुन सक्छु  ?

    यो पर्वमा भाग लिनको लागी ग्लोबल टुरिजम प्रोमोशन काउन्सिलले उपलब्ध गराउने पास आवश्यक पर्छ । त्यसका लागी ९८०१०८०५९८ मा कल गरेर पास लिन सक्नु हुनेछ ।

      Leave a comment

      तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

      error: Please get rights from Nepali Patro for coping contents from this site. !!!