कल्की जयन्ती

कल्की जयन्ती

By Nepali Patro
मार्च 20, 2017

हरेक वर्षको श्रावण महिनाको षष्ठीको दिनलाई हिन्दू सनातन धर्म शास्त्र एवं पुराणहरुमा उल्लेख गरिएअनुसार यस पृथ्वीलोक लगायत सारा ब्रह्माण्डका पालनकर्ता भगवान श्री हरि-विष्णुको कलि युगको अधर्म र असत्यको अन्तिम चरम अवस्थामा, भविष्यमा धर्म र सत्यको रक्षा र पुनर्स्थापना गर्न अन्तिम अर्थात् दशौँ आवतारको रुपमा यस मानवयुक्त पृथ्वीलोकमा अवतरण हुने कल्की अवतारको दिनलाई समस्त हिन्दू धर्मावलम्बी मानिसहरुले धुमधामका साथ विधि- विधान अनुरुप कल्की जयन्तीको रुपमा मनाइंदै आएको धार्मिक विश्वास र परम्परा छ | यसदिन हिन्दू नेपालीहरुले पनि भगवान विष्णुको शक्तिपुरुषोत्तम अवतार श्री कल्की भगवानको भक्तिगान, स्तुति एवं विधिवत् पूजाआजा र ध्यान, जप-तप गरीकन श्री कल्की जयन्ती मनाइन्छ |

हिन्दू धर्म ग्रन्थहरु एवं हिन्दू पुराणहरु मध्यको कल्की पुराण र श्री मद्भागवत् गीतामा कथन गरिएअनुसार वर्तमान कलियुगको अन्तमा पृथ्वीमा व्याप्त अत्याचार,पाप, अधर्म, लुटपाट, हत्या-हिंसा इत्यादिको अन्त्य गरी कलियुगको समापन अर्थात् समाप्ति गरेर सबै जीवप्राणीको उद्द्वार गर्न र सत्कर्म, धर्म र सत्यको रक्षा गरी सती युगको यस जगतमा पनर्स्थापना गर्न भगवान श्री हरि-विष्णुले अन्तिम अवतारको रुपमा कल्की अवतार भविष्यमा धारण गर्ने छन् भन्ने व्याख्यान गरिएको छ | ती नै ६४ विध्या एवं गुणयुक्त ब्रम्हाण्ड नायक, महाशक्तिपुरुषोत्तम अव्दितीय भगवान श्री कल्कीको जयन्ती हरेक श्रावण मास षष्ठीको दिनमा भगवान श्री कल्की अवतारको भक्ति र श्रद्धापूर्वक जप-तप ध्यान एवं विधिसंगत पूजाआजा गरीकन मनाइने प्रचलन हिन्दू समाजमा रहिआएको छ |

हिन्दू धार्मिक एवं पौराणिक कथन अनुसार भगवान श्री विष्णुको यी नै कल्की अवतारबाट पापी कलियुगको अन्त्य भई समस्त जीव र मानव जगतको भविष्यमा उद्द्वार तथा कल्याण हुने धार्मिक विश्वास र आस्था मानिसहरुमा रहेको पाइन्छ |  यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Comments

    Mim Raj Upadhyay

    नमस्कार सर, मेराे नाम मिमराज उपाध्याय हाे । मेराे ठेगाना घाेडाघाेडी नगरपालिका १ सुखड, कैलाली हाे । यस पात्राेमा छन् नि, विभिन्न वेवसाइटहरु जस्तै : online khaber, nagarik news, republic, जस्तै मेराे वेवसाइट राख्नकाे लागि के कस्ताे प्रावधान रहेकाे छ । कृपया जानकारी दिनहुन अनुराेध गर्दछु । सम्पर्क नं. 9865937863

    Subscribe my YouTube channel

    Rishiraj yadav

    student

    deepak Dangi

    manaune

    Tanka

    ❤️

    Narayan paudel

    जय श्री हरि

    Sushil Sharma

    so

    hemant bisy

    rasifal

    sadam rain

    hello farnad

    प्रदिप taamaang

    काल्किको कथा

    Bikash don

    Jay shree ram

    Bhuwan

    bb

    Bhuwan Baniya

    drive

    bishal raaz

    May the blessings of Lord Kalki bring you peace and prosperity. Happy Kalki Jayanti!””On this auspicious day of Kalki Jayanti, may the divine power of Lord Vishnu bring you happiness and success.””Wishing you a blessed Kalki Jayanti! May Lord Kalki remove all obstacles from your path.””May Lord Kalki bless you with courage and wisdom. Happy Kalki Jayanti!””Celebrate the birth of the future savior with devotion and joy. Happy Kalki Jayanti!”


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ