
अन्तर्राष्ट्रिय परिवार दिवस
“अन्तर्राष्ट्रिय परिवार दिवस” हरेक वर्ष मे १५ को दिन विश्वव्यापी रूपमा मनाईन्छ। परिवारको स्वास्थ्य, हेरविचार तथा एकता को महत्त्वहरुका साथ यो दिन नेपालमा पनि मनांउने क्रम बढदै गएको छ। सन २०२५ को अन्तर्राष्ट्रिय परिवार दिवसको विषयवस्तु “दिगो विकासका लागि परिवार-उन्मुख नीतिहरू: सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन तर्फ” राखिएको छ।
परिवार दिवसको अवधारणा सन् १९८० को बीचमा उठ्यो जब संयुक्त राष्ट्र संघले परिवार र परिवारको कल्याणकारी सवालहरुमा आफ्नो ध्यान केन्द्रित गर्न थाल्यो। सन् १९८३ मा, संयुक्त राष्ट्र सामाजिक विकास आयोगले आर्थिक र सामाजिक काउन्सिललाई दिएको सुझावको आधारमा “विकास प्रक्रियामा परिवारको भूमिका” भन्ने एक प्रस्तावना पारित गरियो जस्ले संयुक्त राष्ट्र संघका महासचिवलाई निर्णयकर्ताहरूमा चेतना बढाउने अनुरोध गर्यो। उक्त प्रस्तावनामा परिवारको विभिन्न समस्या र परिवारको आवश्यकताको सम्बन्धमा र साथ साथै ती आवश्यकताहरू पूरा गर्न विभिन्न प्रभावकारी तरिकाहरू वर्णन गरिएका थिए ।
सन १९८० को मे महिनामा, संयुक्त राष्ट्र संघको ४१औं सत्रको काउन्सिलले महासचिवलाई “विकास प्रक्रियामा परिवारहरू” भन्ने लेखमा अस्थायी एजेन्डा विचार गर्न आमन्त्रित गर्यो, जुन महासचिवलाई परिवार वर्ष सुरु गर्न अनुरोध गर्ने दृष्टिकोणले अघि सारिएको थियो। जस्मा परिवारको सम्बन्धमा विश्वव्यापी चेतनाको लागि विकास, अन्तरसरकारी र गैर-सरकारी संस्थाहरूका साथै सामान्यमा जनमतको विकास आदि बुंदाहरु उल्लेखीत गरिएको थियो । सन १९८९ को डिसेम्बर ९ मा, नयाँ प्रस्ताव पारित गरि संयुक्त राष्ट्र संघको साधारण सभाले “अन्तर्राष्ट्रिय परिवार वर्ष” घोषणा गर्यो।
सन १९९३ मा, संयुक्त राष्ट्र महासभाले प्रत्येक वर्षको मे १५ को दिन “अन्तर्राष्ट्रिय परिवार दिवस” को रूपमा मनाउनुपर्दछ भनि घोषणा गर्यो, जस्ले परिवारसँग सम्बन्धित मुद्दाहरूका वारेमा चेतना जगाउने र सामाजिक-आर्थिक, र जनसांख्यिकीय ज्ञानको बृद्धि गर्ने अवसर प्रदान गर्न मद्दत गर्छ। उक्त प्रक्रियाहरूले फरक फरक विकसित र अविकसित देशहरूको परिवारलाई पनि असर पार्दछ। सन २०१५ को सेप्टेम्बर २५ तारिखका दिन, संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरूको सर्वसम्मतिले दिगो विकास लक्ष्य (एसडीजी) लाई अपनाए, जसमा गरीबी, भेदभाव, दुरुपयोग, र रोकथामकारी मृत्युलाई अन्त्य गर्ने, तथा वातावरणीय विनाशलाई सम्बोधन गर्नका लागि १७ बुंदाको मार्गनिर्देशन दिएको छ।
यस द्रुत गतिको संसारमा उत्पन्न समस्याहरूबाट सबैभन्दा कमजोर व्यक्तिहरू र परिवारहरूलाई सुरक्षा प्रदान गर्ने सामाजिक नीतिहरूमा लगानीको महत्त्वलाई तीव्रताका साथ समाधान गर्नु पर्ने चुनौति देखिएको छ। परिवारहरू ति हुन् जसले जुनै पनि प्रकारको समस्याको प्रभाव वहन गर्छन्, आफ्ना परिवारका सदस्यहरूलाई हरेक आउनसक्ने हानिबाट बचाउँछन्, स्कूल जाने बच्चाहरूको हेरचाह गर्दछन्, र साथसाथै आफ्ना कामका जिम्मेवारीहरूलाई निरन्तरता दिन्छन्। यी लक्ष्यहरूको उपलब्धिको लागि, दिगो विकास लक्ष्य (एसडीजी) मा लागु गरिएका, परिवारहरू, र परिवार उन्मुख नीति र कार्यक्रमहरू महत्त्वपूर्ण छन्। हाम्रो अर्थव्यवस्था र समाजले सबैका लागि समानता बढाउन कार्य गर्ने तरीकामा पुनर्विचार र परिवर्तन गर्ने वास्तविक अवसर प्रदान गरेको छ।
राजतन्त्रबाट गणतन्त्रका दिनहरुसम्ममा नेपाली जनता स्वतन्त्र भए पछि परिवारको महत्त्व र एकता, परिवारमा आउने विभिन्न प्रकारका समस्या, परिवारको आश्रय आदि सामान्यतया सबै परिवारको प्रमुख समस्याहरु मध्ये एक भएको छ। यसैले परिवारको महत्त्वलाई बढावा दिन, यसमा एकता ल्याउन र विभिन्न कारणहरूबाट उत्पन्न हुने समस्याहरूको सामना कसरी गर्ने भन्ने कुरालाई प्रत्येक परिवारले उत्तम परिवारको कार्यान्वयनको प्रमुख कारकका रूपमा हेर्नु पर्ने भएको छ।
यद्यपि, नेपालमा “अन्तर्राष्ट्रिय परिवार दिवस” को अवधारणा धेरै मानिसहरुका लागि नयां हुन सक्छ तर बिस्तारै जनता यसको महत्त्वको सम्बन्धमा सजग हुँदै जांदैछन् र मानिसहरूले यस दिनलाई ठूलो उत्साहका साथ मनाउँछन् पनि। तर, सरकारी र अन्य गैर-सरकारी निकायहरूबाट अझै पनि देशभरि उत्तम परिवारहरू निर्माण गर्ने कार्यक्रम र अन्य पहलहरूको कमी टडकारो देख्न सकिन्छ। दुर्गम क्षेत्रहरूका परिवारहरुका लागि आधारभूत आवश्यकता र आश्रयहरू प्रदान गर्न वर्तमान सरकार र सम्वन्धित निकायहरूको लागि ठुलो चुनौती रहेको स्पस्ट रूपमा देख्न सकिन्छ, जुन परिवारको महत्त्वलाई बढावा दिन र उनीहरूसँग सम्बन्धित समस्या समाधान गर्न तत्काल ध्यान जानु आवश्यक छ।
आशाविना, कुनै सपना छैन र कुनै योजना छैन, यसैले हामी आशा गर्दछौं कि यस बर्षको “अन्तर्राष्ट्रिय परिवार दिवस” ले नीतिनिर्माताहरू, सरकारी र गैर-सरकारी निकायहरूको आँखा खोल्ने छ तथा नयाँ नियम र नितीहरु बनाई ती नियमहरूको कार्यान्वयन गर्नका लागि ढोकाहरु खोल्दै जानका लागि यो दिवसले महत्वपुर्ण भुमिका खेल्ने छ।
यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।
मे 15, 2020 5 वर्षहरु
Thanks
मे 15, 2020 5 वर्षहरु
Nice info
मे 15, 2020 5 वर्षहरु
सिटि नख
मे 15, 2021 4 वर्षहरु
अन्तर्राष्ट्रीय परिवार दिवस को महत्व सबै परिवार मा अवगत गराउन सके निश्चय नै पारिवारिक मिलन र उन्नयन बढ़ने थियो।
मे 15, 2022 3 वर्षहरु
अन्तर्राष्ट्रिय परिवार दिवस को अवसरमा सबै भन्दा पहिले सम्पुर्ण परिवार लाई धेरै धेरै शुभकामना।।
येस्ता चेतना मुलक कार्यक्रम सञ्चालन मा ल्याएको मा मेरो तर्फबाट प्रत्यक्ष धन्यवाद दिन चाहन्छु ।। सबै परिवार मा येस्ता सुचना पुर्याउन सक्ने हो भने अबस्य सबै, सधैं योजना कार जिवन के हो त भन्ने अथवा जिवन लाई कसरी सहज जिउन सकिन्छ भन्ने कुरा थाह हुनेछन् र
सधै सम्वि्दी का बाटा हरू अाउने छन् ।तेसैले यो अन्तर्राष्ट्रिय परिवार दिवस को अवसरमा मैले मेरा केही कुरा हरु यहाँ राख्न पाउदा धेरै खुसी छु। फेरि पनि सबै परिवार लाई शुभकामना दिन चाहन्छु ।
धन्यवाद ।।
मे 15, 2023 2 वर्षहरु
ghar
मे 17, 2023 2 वर्षहरु
Nothing
मे 21, 2023 2 वर्षहरु
doctor