• 96
  • ह्याप्पी न्यु इयर
    नेपाली पात्रो > चाडपर्व > ह्याप्पी न्यु इयर

    ह्याप्पी न्यु इयर

    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    जनवरी 1, 2020

    अंग्रेजी संवत् अर्थात् ईश्वी सन् को नयाँ वर्ष २०२४ को अवसरमा अंग्रेजी क्यालेन्डरका समस्त उपभोक्ता, पाठक, शुभचिन्तक र नेपाली पात्रोमा आबद्ध विश्वभरि रहनुहुने दाजुभाइ तथा दिदीबहिनीमा अंग्रेजी नयाँ वर्षले खुसी, उत्साह, उन्नति, समृद्धि र आरोग्य प्रदान गरोस्, हार्दिक मंगलमय शुभकामना, ह्याप्पी न्यु इयर।

    संसारभर आतिसबाजी, नाचगान, खानपान र शुभकामना आदानप्रदानका साथ भव्य रूपमा मनाइँदै गरेको नयाँ वर्षको इतिहास जिसस क्राइस्टको अनुमानित जन्मदिनसँग जोडिएको छ। रोम सभ्यता र इसाई धर्म परम्पराबाट विकसित अंग्रेजी क्यालेन्डर हाल संसारमा प्रायः सबै मुलुकले अँगालेको विश्वसनीय क्यालेन्डरका रूपमा स्थापित छ।

    ईश्वी संवत्

    ग्रेगोरियन पात्रोको रूपमा प्रसिद्ध यस क्यालेन्डरको इतिहास केलाउन प्राचीन रोम सभ्यतामा पुग्नुपर्ने हुन्छ। ईशापूर्व ४६ मा रोमेली सम्राट जुलियस सिजरले सौरमान (पृथ्वीले सूर्यलाई परिक्रमा गर्न लाग्ने समय) का आधारमा स्थापना गरेको पात्रो नै वर्तमान अंग्रेजी क्यालेन्डरको प्राचीन स्वरूप हो। उक्त पात्रोमा एक सौरवर्षको मान ३६५ दिन ६ घण्टा कायम गरिएको थियो। यस मानले ३६५ दिनको एक वर्ष हुने र प्रत्येक ४ वर्षमा एक दिन थपेर लिप इयर (अधिवर्ष) बनाउने नियम बनाइयो। शक्तिशाली रोमन साम्राज्यको उदय भएकाले उसबेला नै युरोपका धेरै स्थानमा जुलियन क्यालेन्डर लागू भएको थियो।

    कालान्तरमा जुलियन क्यालेन्डरमा कायम गरिएको सौरमानमा केही त्रुटि रहेको फेला पर्यो। रोमन पोप ग्रेगोरी तेह्रौंले सन् १५८२ मा तत्कालीन ज्योतिर्विदहरूको अनुसन्धान प्रस्तावका आधारमा वर्ष गणना पद्धतिलाई शुद्ध र व्यवस्थित बनाए। उनले परम्परागत जुलियन क्यालेन्डरमा देखापरेका समस्यालाई हटाई परिष्कृत र व्यावहारिक पात्रोका रूपमा स्थापित गरेपछि उक्त क्यालेन्डरलाई ग्रेगोरियन क्यालेन्डर भन्न थालियो। चान्द्रमास समेतलाई संयोजन गरी बनाइएको उक्त पद्धतिमा प्रत्येक ४०० वर्षको एक चक्र रहने विधान छ, जसमा ३०३ वटा ३६५ दिनवाला सामान्य वर्ष र ९७ वटा ३६६ दिनवाला अधिवर्ष रहन्छन्। वार्षिक दिन गणनाको विधि ३६५+१÷४–१÷१००+१÷४०० अनुसार एक सौरवर्षमा ३६५ दिन ५ घण्टा ४९ मिनेट १२ सेकेन्ड रहने नियम छ।

    ‘ईश्वी संवत्’ लाई छोटकरीमा ‘एडी’ भनिन्छ। यसको पूरा रूप एन्डोमिनी होस्टी क्रिस्टी हो, जसको अर्थ हुन्छ– जिसस क्राइस्ट जन्मिएको वर्ष। जिसस क्राइस्ट जन्मिएको एक सातापछि प्रारम्भ भएको संवत् ईश्वी सन् हो। त्यसैले उनी जन्मनु भन्दा अघिको समयलाई ईसापूर्व, अंग्रेजीमा ‘बिफोर क्राइस्ट’ वा त्यासको छोटकरी रूपमा ‘बीसी’ भनिन्छ। एडी क्राइस्ट जन्मिएपछिको वर्षगणना हो भने बीसी जन्मअघिको। त्यसैले बीसीमा उल्टो गणना हुन्छ, जहाँ २००० बीसीको ५०० वर्षपछि १५०० बीसी आउँछ।

    नेपालमा प्रचलित विक्रमसंवत् भन्दा ईश्वी संवत् ५६ वर्ष ९ महिना १५ जतिले कान्छो छ। अर्थात् रोमेली सभ्यताको ईश्वी सन् प्रारम्भ हुनुभन्दा करिब ५७ वर्षअघि नै नेपालमा राजा विक्रमादित्यले विक्रमसंवत् स्थापना गरिसकेका थिए। प्राचीन रोमेली सभ्यतामा क्यालेन्डरका विषयमा एकरूपता थिएन, विवाद थियो। चान्द्रमासका आधारमा चलेका अनियमित क्यालेन्डरलाई विभिन्न शासकहरूले प्रयोग गर्ने गरेका थिए। पाश्चात्य जगत्’मा जुलियस सिजरले त्यसलाई नियमन गर्ने आदेश दिए। जसअनुसार ईशापूर्व ४५ को जनवरी १ तारिखका दिनदेखि सूर्यको गतिअनुसार एक वर्षमा ३ सय ६५ दिन हुने व्यवस्था भयो। प्रत्येक चार वर्षको अन्तरालमा एक दिन थपेर ३ सय ६६ को एक वर्ष हुने भयो । वर्षभरका महिनालाई पनि ३१ र ३० दिनमा विभाजन गरियो। अपवादका रूपमा फेब्रुवरीलाई २८ दिनमा सीमित गरियो। जुन वर्षलाई चारले भाग गर्दा शेष रहँदैन, त्यो वर्षको फेब्रुवरी महिनामा २९ दिन बनाई ‘लिप इयर’ अर्थात् अधिमासयुक्त वर्ष हुने व्यवस्था मिलाइयो।

    क्यालेन्डर सुधारमा उल्लेखनीय योगदान पुर्याएका जुलियस सिजरको ईशापूर्व ४४ मा मृत्यु भयो। वर्षको सातौं महिनामा उनको जन्मोत्सव परेकाले उनको सम्मानका लागि त्यस महिनाको नाम ‘जुलाई’ राखियो । यो क्यालेन्डरको सुधारमा सम्राट अगस्टसले पनि सहयोग गरेका हुनाले उनको नामबाट आठौं महिनाको नाम ‘अगस्ट’ राखियो । यसरी स्थापित जुलियन क्यालेन्डरमा त्रुटि रहन गएकाले रोमन पोप ग्रेगोरीले सुधार गरे, जुन अहिले संसारले अंगीकार गरेको छ। ठाउँठाउँको परम्परा र संस्कृतिअनुसार चलेका वर्षगणना पद्धतिलाई जुलियन–ग्रेगोरियन क्यालेन्डरले समेट्न नसके पनि सबैले गणना गर्न सक्ने र व्यवहारोपयोगी भएकाले संसारभर यसलाई अंगीकार गरिएको हो।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4763 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    ग्याल्पो लोसार

    फ्रेवुअरी 27, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4764 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    विक्रम संवत्, नयाँ वर्षको संकल्प

    अप्रील 14, 2018
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      JIT BAHADUR THAKURI

      HAPPY NEW YEAR 2021

      Amrit

      Khoi Nahi God job

      jankariko lagi dhanyabad

      jankariko lagi dhanyabad

      Bathu Ram Bamjan

      Happy New Year 2021

      subodh shah

      Good

      sumit kumar jha

      padhaai Gai Kuchh

      mukunda khadlka

      good

      sanjip khadka

      next year calendar

      Mithun rajput

      kushi

      Dipesh sahani

      23

      लोकनाथ पौड्याल

      सम्पूर्ण मित्रहरूलाई र जन जनमानस मा २०२३सालको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

      vijay kumar kurmi

      bisnesha

      saroj kumar sah

      happy new year


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!