• 105
  • गुरु नानक जयन्ती
    नेपाली पात्रो > चाडपर्व > गुरु नानक जयन्ती

    गुरु नानक जयन्ती

    By Nepali Patro
    मार्च 20, 2017

    विश्वमा शिख धर्मका प्रथम संस्थापक, प्रवर्तक एवं गुरु नानक देवको हरेक वर्षको कार्तिक शुक्ल-पूर्णिमाको दिन शिख धर्मावलम्बीहरुले बढो आस्था र भक्तिभावका साथ विश्वभर गुरु नानक जयन्ती मनाउने गर्दछन् | राष्ट्रिय स्तरमा ठूलो महत्व बोक्न नसकेतापनि नेपालमा डेढसय वर्षअघि जसोबाट मात्र प्रवेश भएको शिख धर्म आजको दिनसम्ममा निकै धेरै अनुयायी बढिसकेका छन् |

    यस गुरु नानक जयन्तीको दिन शिख धर्मावलम्बीहरु आफ्नो गुरु नानकको सम्झनामा उनको विशेष पूजापाठ गर्ने, विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरु गर्ने र सन्देशमूलक, प्रचारात्मक ढंगले प्रभातफेरी इत्यादि गरी नेपालमा मनाउने चलन बसेको छ भने छिमेकी मुलुक भारत लगायतका अन्य विश्वका मुलुकहरुमा शिख धर्मावलम्बीहरुले गुरु वाणीहरुको पाठ तथा ‘गुरुग्रंथ सहिब’ नामक धर्म पुस्तकको पूरा अखण्ड पाठ गरीकन भजन आदि गाएर विविध धार्मिक कार्यक्रमहरु संचालन गरी गुरु नानक जयन्ती एक गुरुपर्वको रुपमा मनाइन्छ |

    शिख धर्मको ऐतिहासिक ग्रन्थ तथा पुस्तकहरुको व्याख्यन अनुसार वर्तमान पाकिस्तान मुलुकको लाहोर भन्ने ठाउँको तलवंडी भन्ने ठाउँमा वैशाख ३ बिक्रमी सम्वत् १५२६ मा अर्थात् १५ अप्रिल इश्वी सं. १४४९मा भएको थियो | तरपनि प्रवर्तक गुरु नानकको गुरुग्रंथको मुताबिक कार्तिक शुक्ल पूर्णिमाको दिन नै शिख धर्मका प्रचारक तथा गुरु सन्त श्री नानक देवको पुण्य जन्मजयन्ती तथा प्रकाश वर्ष मनाउने गरिन्छ |

    हिन्दी साहित्यमा गुरु नानक देवलाई एक रहस्यवादी सन्त तथा समाज सुधरकका रुपमा व्याख्या एवं उल्लेख गरिएको पाइन्छ भने उनले दिएका मानवीय जातपात र धर्मको एकता,भक्ति र शक्ति बीचको सन्तुलन,आत्मा र परमात्मा अथवा ईश्वरको यथार्थता एवं सत्यता र आध्यात्म तथा सेवा आदि इत्यादिको ’boutमा मानव समाजलाई दिएका दिव्य ज्ञान तथा उपदेशहरुलाई आजसम्मपनि शिख धर्मावलम्बीहरुले पवित्र धार्मिक गुरु ग्रन्थको रुपमा पूज्ने र पढ्ने गरिन्छ | यिनले आफ्ना अनुयायीहरुको लागि भनी दिएका ईश्वर- शक्ति-भक्ति, मेहनत,सोच, विश्वास, समानता र साढा भोजन आदि ’boutको सिद्धान्तहरु आजसम्म पनि संसारभर प्रसिद्ध छन् |

    Comments

      Nirmal kapadyal

      good

      आनन्द प्रसाद पौडेल

      राम्रो छ

      shubhawti Kumari ram

      Padhae ko barema jankarii

      subhawti kumari ram

      Padhae

      subhawti kumari ram

      Bihe

      manoj kumar kalwar

      aaj ko garhan Katie based to

      Saroj adhikari

      गुरु नानक जयन्ती

      Rajnish Kumar Kushwaha

      student

      गुरुको संक्षिप्त जीवनी पनि राख्न सके अझ जानकारीमूलक हुनेछ

      गुरुको जीवनी पनि राखिदिनु राम्रो

      Raj Xettri

      nice

      हरि कृष्ण खरेल

      जय गुरु नानक सत्शृयकल जि

      jit bahadur bithari

      garibi

      mayakarki

      work

      sanoj
      ARJUN

      MERO VAGYA KO BAREMA


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!