• 160
  • राशिअनुसार रत्न धारण
    नेपाली पात्रो > प्रमुख लेख > राशिअनुसार रत्न धारण

    राशिअनुसार रत्न धारण

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    सेप्टेम्बर 15, 2022

    राशि अनुसारका रत्न। पृथ्वीको भित्री सतहमा पाइने कडा तर प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्ता रत्नहरु उत्पत्तिस्थल लगायत विभिन्न आधारमा बहुमूल्य, अल्पमोली र संंस्लिष्ट गरि तीन प्रकारमा विभाजित गरिएका हुन्छन। हिरा-मोती जस्ता अती मुल्यवान/बहुमूल्य पत्थर/रत्नको साथै माणिक, मुगा, पन्ना, पुष्पराज, नीलम जस्ता अल्पमोली र संंस्लिष्ट रत्नहरू यस पृथ्वीको गर्भमा भेटिन्छन। यस्ता अधिकांश रत्नहरू प्राकृतिक रूपमा पृथ्वी भित्र खनिजको रूपमा बन्ने र रहने गर्छन। पृथ्वीको भित्री सतहमा रहेको ताप, दबाब, र तरल पदार्थको रसायन तथा विभिन्न अवस्थाहरूले अनेकन खनिज रत्नहरू स्व:उत्पादन हुने गर्छन। यी रत्नहरूका परमाणुहरू उच्च चापको कारण नै कडा बनेका हुन्। 

    पूर्वीय ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका अनुसार मानिसको जन्म-मिति, जन्म समूह, राशिफल, र चन्द्र/लुनार क्यालेन्डर/पात्रोको आधारमा यी सबै रत्नहरूको प्रयोगको विज्ञान वा तरीका तय गरिएका हुन्छन्। यस्ता रत्नहरू आभूषण वा गरगहनाको रुपमा प्रयोग हुनु समान्य भए पनि ज्योतिष शास्त्र अनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डली/लग्न अनुसार राम्रो तथा नराम्रो दुवै ग्रह हुने हुनाले मानव रूपी जीवनमा राम्रो ग्रहको फाइदा लिन र प्रतिकूल ग्रहको प्रभावबाट बच्न रत्नहरू धारण गर्ने सुझाव दिने गरिन्छ। कुनै पनि रत्न धारण गर्नुको प्रमुख उद्देश्य राम्रो ग्रहको आयु लम्ब्याउने हो जसले जीवनमा सकारात्मकता ल्याओस्। 

    ज्योतिषीय मान्यता अनुसार कमजोर ग्रहको नकारात्मकता घटाउन र राम्रो ग्रहको आयु बढाउन रत्नहरुको प्रयोग हुने हो। यसरी रत्नको प्रयोग गर्दै राम्रो जीवनका लागि ग्रहको आयु लम्ब्याउन सकिने विश्वास गरिन्छ। यस लेखको माध्यमबाट नेपाली पात्रोले फरक प्रकारका रत्नहरूका ’boutमा जानकारी दिदै रत्न र जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव प्राप्त गर्नका लागि कुन राशीको व्यक्तिले कुन रत्न धारण गर्ने लगायत धारण गर्ने बिधी समेत यस लेखमा समेटिएको छ। कसैले पनि कुनै उद्देश्य अनुरुप कुनै रत्न धारण गर्ने विचार गर्नुभएको भए ध्यान राख्नुस कि ति रत्नहरूलाई वैदिक मन्त्रहरूद्वारा प्राण प्रतिष्ठा पनि गर्नु पर्छ। विशेष ज्योतिषबाट प्राण प्रतिष्ठा नगरिएको रत्नलाई एक समान्य ढुँगाको रूपमा मात्र लिइन्छ।      

    हीरा – अती मुल्यवान रत्नको रूपमा रहेको हिरा (Diamond) वृष र तुला लग्नमा जन्मिएका मानिसका लागि प्रमुख रत्नको रूपमा लिने गरिन्छ। त्यसै गरी कन्या र कुम्भ लग्नका लागि पनि हिरा अत्यन्त महत्वपूर्ण मानिन्छ। सामान्य अवस्थामा वृष एवं तुला राशि र शुक्रबारको दिन जन्म भएकाहरूका लागि पनि हीरा धारण गर्नु फलदायी मानिने गरिन्छ। यसले मकर लग्न भएकाहरूका लागि सन्तान प्राप्ती तथा बौद्धिक शक्ति बढाउनको निमित्त महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ। हिराको प्रयोगले पारिवारिक सुख पनि बढाउन मद्दत गर्ने विश्वास रहेको छ। हीराले उच्च आशाको प्रवर्धन तथा इश्वरीय शुद्धताको प्रतिनिधित्व गर्छ र जीवनमा शान्ति ल्याउछ। अर्कोतर्फ हिराले सम्बन्धमा स्पष्टता ल्याउनुका साथै दम्पतीहरूमा आपसी माया-प्रेम बढाउन समेत मद्दत गर्दछ। 

    शुक्रको दशा लागेको खण्डमा हीरा प्रयोग गरि दशाबाट उन्मुक्ति प्राप्त गरी लाभ उठाउन सकिन्छ।   

    धारण विधि : ज्योतिशीय परामर्स अनुसार हिरा धारण गर्नु पर्ने देखिएको खण्डमा सुन वा प्लाटिनियम जस्ता धातुमा हिरा जडान गरी कान्छी औंलामा शुक्रवार र मृगशिरा नक्षत्र  परेको दिन पारेर धारण गर्ने। तर, हिरा संग-संगै मोती र माणिक भने धारण गर्नुहुँदैन। हिरा अती मुल्यवान रत्न भएको हुँदा यसको सट्टा सेतो पुष्पराजको प्रयोग भने अवस्य गर्न सकिन्छ।

    माणिक – अंग्रेजीमा रूबी (Ruby) को नामले समेत चिनिने माणिक अर्को मूल्यवान रत्न हो। यो मेष, सिह धनु लग्न भएका तथा आइतबारको दिन जन्म भएका ब्यक्तिहरुको लागी अत्यन्त सकारात्मक मानिन्छ। मेष लग्नका व्यक्तिले माणिक धारण गर्दा यसको प्रभावले सन्तान प्राप्ति लगायत बौद्धिक शक्ति समेत वृद्धि हुन्छ। यस रत्नको प्रयोगले सिंह लग्न भएका ब्यक्तीहरूलाई सामर्थ्य प्रदान गर्नुका साथै आयु बढाउन पनि मद्दद गर्छ। धनु लग्नका मानिसहरूका लागि माणिक धारण गर्दा धनलाभ हुने विश्वास गरिन्छ। 

    सूर्यको दशा लागेको व्यक्ती लाई पूर्वीय ज्योतिष विज्ञान अनुसार माणिक वा रुवी धारण गर्ने सल्लाह दिइन्छ।  

    धारण विधि : सुन वा तामामा रुवी अर्थात माणिक राखेर साहिंली औंलामा आइतवार तिष्य नक्षत्र पारेर धारण गर्ने। माणिक सँग नीलम, गोमेद वा हिरा साथसाथै धारण भने गर्नु हुँदैन ।

    मोती – कर्कट लग्न भएका मानिसहरूका जीवनमा दीर्घायु तथा समृद्धि ल्याउने उद्धेस्यको लागी मोतीलाई अति उत्तम मानिएको छ। मोतीको धारणले वृश्चिक लग्न भएका मानिसलाई धन-सम्पती जोड्न सहयोग गर्छ। पूर्वीय ज्योतिष विज्ञान अनुसार मकर लग्न भएका व्यक्तिहरूले मोतीको धारण गर्दा पारिवारिक सुख प्राप्त गर्छन। सामान्यतया कर्कट राशि तथा सोमबारको दिन जन्म भएका व्यक्तिहरूले मोती धारण गर्नु अति फलदायी मानिन्छ।  उता मीन लग्न भएका मानिसहरूले पनि ज्ञानको वृद्धि लगायत सन्तान प्राप्तिको लागी समेत मोती धारण गर्ने सल्लाह ज्योतिष विज्ञानले दिन्छ।  

    कुनै व्यक्तीलाई चन्द्रमाको दशा लागेको खण्डमा मोती धारण गर्नु एक अती उपयुक्त सल्लाहको रुपमा रहेको छ।  

    धारण विधि: ज्योतिष परामर्श अनुसार मात्र, मोतीलाई चाँदीमा राखेर औठी बनाई कान्छी औंलामा सोमवारको दिन रोहिणी नक्षत्र परेको दिन वा पुर्णिमाको दिन धारण गर्नु पर्छ। 

    मुगा – सिंह र कर्कट लग्न भएकाहरूका लागि अति लाभदायक मानिने मुगा, मेष र वृश्चिक लग्न भएकाहरूका लागी जन्म पत्थरको रूपमा लिइन्छ। मेष र वृश्चिक राशि भएका व्यक्तिहरू लगायत मंगलबार जन्म बार भएकाहरूका लागी समेत मुगा धारण अत्यन्त फलदायी मानिन्छ।  

    त्यसैगरी मंगलको दशा लागेको व्यक्तिले पनि दशाबाट मुक्ती पाउन मुगा धारण गर्नु उपयुक्त हुन्छ। 

    धारण विधि: मंगलवारको दिन अनुराधा नक्षत्र भएको दिन पारी सुनमा मुँगा जडित औठी माईली औंलामा धारण गर्नु पर्छ। तर, ज्योतिष बिज्ञान अनुसार मुगा सँग संगै हिरा र नीलम एकै साथ धारण भने गर्नु हुँदैन।

    पन्ना – वृष लग्नका मानिसहरूका लागि धनलाभ तथा ज्ञान वृद्धिमा अत्यन्त सहयोग पुर्याउने रत्न हो पन्ना। अंग्रेजीमा Emerald भनि पनि चिनिने पन्ना, धनु लग्न भएकाहरूलाई समान्य उपयोगी मानिन्छ। तर, कुनै ज्योतिष परामर्श बिना पन्ना धारण गरेको खण्डमा नकारात्मक असर देखिन्छ। ज्योतिषीय परामर्श बिना पन्ना धारण गर्दा अनावस्यक खर्च बढ्ने प्रवल सम्भावना रहन्छ। 

    तर, सिंह लग्न भएकाहरूका लागि भने पन्ना अत्यन्त लाभदायी रत्नको रुपमा मानिन्छ। धनु र मेष लग्न भएका व्यक्तीहरूको पारिवारिक सुख बृधि र व्यापार लगायत व्यवसायमा बढोत्तरी ल्याउन पनि पन्ना धारण गर्नु उत्तम रहन्छ। त्यसै गरी मिथुन र कन्या राशि लगायत बुधबार जन्म बार परेका हरूलाई समेत पन्ना अत्यत्न फलदायी हुन्छ। 

    बुधको दशामा परेका व्यक्तिहरुले त्यस दशाबाट छुटकारा पाउनको निमित पन्नाको धारण गर्नु पर्ने ज्योतिषीय बिज्ञानले बताऊछ।   

    धारण विधि: सुनमा पन्ना जडान गरी बुधवारको दिन उत्तराफाल्गुणी नक्षत्र पारेर कान्छी औंलामा त्यस औठीको धारण गर्नु पर्छ।   

    पुष्पराज (टोपाज) – टोपाजको नामले समेत चिनिने पुष्पराज रत्न, ज्योतिषीय बिज्ञान अनुसार धनु र मीन लग्न भएकाहरूका लागी उन्नति र सार्थक जीवनको लागि सहयोगी पत्थर/रत्नको रूपमा चिनिन्छ। सामान्यतया धनु र मीन राशि लगायत बिहीबारको दिन जन्म भएकाहरूका लागि पुष्पराज अति फलदायी मानिन्छ। कन्या र मिथुन लग्न भएकाहरूलाई आफुले चाहेको ब्यक्ती वा आफ्नो प्रेम/प्रेमिका प्राप्ति गर्ने उद्धेस्यमा यस रत्नले ठुलो सहयोग प्रदान गर्छ। पुष्पराज (टोपाज) ले दुवै लग्न (कन्या र मिथुन) का मानिसको दीर्घायुमा पनि धेरै ठुलो भूमिका खेल्छ। 

    वृहस्पतिको दशा:  ज्योतिषीय बिज्ञान अनुसार यदि कसैलाई वृहस्पतिको दशा लागेको छ भने त्यस दशाबाट उन्मुक्ति लिन ज्योतिषीय नियम अनुसार पुष्पराज लगाउने सल्लाह दिइन्छ।   

    धारण विधि: पुष्पराज (टोपाज) लाई सुनमा राखेर चोर-औैंलामा विहीवारको दिन तिष्य नक्षत्र परेको दिन धारण गर्नु पर्छ। ज्योतिष परामर्श अनुसार पुष्पराज सँगसंगै नीलम तथा हिरा एकैसाथ धारण भने कहिल्यै पनि गर्नु हुदैन। 

    नीलम – लामो आयु प्रदान गर्ने रत्नको रूपमा विश्वास गरिन्छ, अनि चिनिन्छ नीलम लाई। मकर र कुम्भ लग्न भएका ब्यक्ती हरूका लागि नीलम अत्यधिक उपयुक्त रत्नको रूपमा प्रख्यात छ। वृष र तुला लग्नहरूले निलम धारण गर्दा धारकको भाग्यवृद्धि हुन्छ। त्यसै गरी शनिबार जन्म भएकाहरूका लागि पनि नीलम धारण फलदायी मानिएको छ । 

    शनिको दशा: कुनै व्यक्तिलाई शनिको दशा लागेको छ भने त्यस दशाबाट उन्मुक्ति पाउने एक मात्र रत्न हो नीलम। 

    धारण विधि: ज्योतिष परामर्श अनुसार पञ्चधातु, सुन, अथवा फलाममा नीलम जडान गरी शनिवारको दिन श्रवण नक्षत्र पारेर माहिली औंलामा धारण गर्नु पर्छ।  तर, ज्योतिषीय बिज्ञान अनुसार नीलमलाई कहिले पनि मोती, मुगा, वा पुष्पराज संगै एकै साथ धारण गर्नु भने हुँदैन।

    गोमेद – बिशेष प्रकारको अत्यन्त राम्रो नतीजा पैदा गर्ने क्षमता राख्ने एक अर्को रत्न हो गोमेद। गोमेदलाई राहुको रत्न पनि भनिन्छ। अति कडा स्वभाव भएको रत्नको रूपमा समेत परिचित गोमेद धारणको असर धारकमा तत्कालै देखिन्छ। 

    कसैलाई सर्पयोग, नागदोष, राहुदोष जस्ता दोषहरू भएको खण्डमा त्यस्ता दोषहरूबाट बच्न गोमेद धारण गर्नु पर्दछ।

    धारण बिधि: दोष अथवा दशाको आधारमा राहुको दशामा सुन वा पञ्चधातुमा गोमेद राखेर बुधवार उत्तराफाल्गुणी नक्षत्रको दिन परेर साहिंली औंलामा धारण गर्नु पर्छ।  अरु रत्न संग जस्तै यस संग पनि केहि अर्का रत्नहरूको मेल नखाने हुदा गोमेद संग मोती, मुगा, माणिक अनि पुष्पराज जस्ता रत्न हरू भने साथ साथै धारण गर्नु हुँदैन ।

    वैदुर्यमणी (क्याट्स आइ ) – अन्य पत्थरको तुलनामा वैदुर्यमणी (क्याट्स आइ) एकदमै भिन्न प्रकारको रत्न हो। अन्य रत्नको प्रयोग गर्नुअघि जस्तै यस रत्नको प्रयोग अघि पनि ज्योतिष शास्त्रीको सल्लाह लिनु जरुरी रहन्छ। वैदुर्यमणीको प्रयोगबाट व्यक्तिले दुख: दरिद्रता हटाऊन सकिन्छ।  त्यसै गरि भुत-प्रेत जस्ता नकारात्मक तत्वहरूबाट उन्मुक्ति लिन को लागि पनि वैदुर्यमणी धारण गर्नु पर्छ। 

    केतुको दशा लागेको खण्डमा त्यसवाट उन्मुक्तिको लागी वैदुर्यमणी धारण गर्नु उपयुक्त हुन्छ। 

    धारण बिधि:  ज्योतिषको सल्लाह अनुसार वैदुर्यमणीलाई सुन, पञ्चधातु वा फलाममा जडान गरि साहिंली औंलामा विहीवारको दिन तिष्य नक्षत्र पारेर धारण गर्नुपर्दछ।

    अन्त्यमा आफ्नो राशी अनुसार कुन रत्न धारण गर्ने भन्ने द्विविधामा हुनुहुन्छ भने हामीलाई (उप.प्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) +977 9823506636 सम्पर्क गर्नु होस्।

    राशी अनुसारका रत्न’bout अंग्रेजी सामाग्रीका लागि यहाँ थिच्नुहोस्। 

    Comments

      Bipin Thakur

      Rashi fal

        सन्तोष कुमार देवकोटा

        नमस्कार बिपिन जी,
        यस विषयमा हाम्रो गुरु जिु हरु बाट थप जानकारी लिनका लागि कृपया यस लिन्कमा गएर ज्योतिषीय परामर्श लिनुहोस।
        https://bit.ly/3BzLKax

        धन्यवाद
        नेपाली पात्रो परिवार

      Rabin baniya

      image

      suman khadgi

      kumbh rashi lai kun ratna
      thik huncha

        सन्तोष कुमार देवकोटा

        नमस्कार सुमन जी,
        यस विषयमा हाम्रो गुरु जिु हरु बाट थप जानकारी लिनका लागि कृपया यस लिन्कमा गएर ज्योतिषीय परामर्श लिनुहोस।
        https://bit.ly/3BzLKax

        धन्यवाद
        नेपाली पात्रो परिवार

      parasuram koirala

      Kanya rashi

        सन्तोष कुमार देवकोटा

        नमस्कार पर्शुराम जी,
        यस विषयमा हाम्रो गुरु जिु हरु बाट थप जानकारी लिनका लागि कृपया यस लिन्कमा गएर ज्योतिषीय परामर्श लिनुहोस।
        https://bit.ly/3BzLKax

        धन्यवाद
        नेपाली पात्रो परिवार

      pulkitGohibaryadav

      ratanlagaonhot
      karaceho maro

      Ram parsad chaudhary

      भविष्य कस्ताे छ

        सन्तोष कुमार देवकोटा

        नमस्कार राम प्रसाद जी,
        आफ्नु भविष्य जान्नका लागि कृपया यस लिन्कमा गएर ज्योतिषीय परामर्श लिनुहोस।
        https://bit.ly/3BzLKax

        धन्यवाद
        नेपाली पात्रो परिवार

      Rajkumar timsina

      kumbha radhika lagi detail ma jankari pau.

        नमस्कार,
        यस विषयमा हाम्रो गुरु जिु हरु बाट थप जानकारी लिनका लागि कृपया यस लिन्कमा गएर ज्योतिषीय परामर्श लिनुहोस।
        https://bit.ly/3BzLKax

        धन्यवाद
        नेपाली पात्रो परिवार

      jhankar saud

      राशी अनुसारका रत्न

        नमस्कार,
        यस विषयमा हाम्रो गुरु जिु हरु बाट थप जानकारी लिनका लागि कृपया यस लिन्कमा गएर ज्योतिषीय परामर्श लिनुहोस।
        https://bit.ly/3BzLKax

        धन्यवाद
        नेपाली पात्रो परिवार

      Hana Raj Sardar

      knk

      जीवन पन्थी

      मकर रासीकाे लागि सबैभन्दा उत्तम रत्न कुन हुन्छ यसलाई कसरी धारण गर्न सकिन्छ

        नमस्कार,
        यस विषयमा हाम्रो गुरु जिु हरु बाट थप जानकारी लिनका लागि कृपया यस लिन्कमा गएर ज्योतिषीय परामर्श लिनुहोस।
        https://bit.ly/3BzLKax

        धन्यवाद
        नेपाली पात्रो परिवार

      prabin kumar shah

      i

      shailesh kushwaha

      kam

      Nisha bhattarai

      birchhik rasi kun Ratna dharana garnuparchha

      ramji kumar yadav

      good


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!