• 137
  • गणतन्त्र दिवस

    गणतन्त्र दिवस

    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    मार्च 2, 2017

    नेपाली जनताले आफ्नाे शासकीय व्यवस्था आफैँले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धति स्थापित गर्न युगाैंयुगसम्म संघर्ष र बलिदान गर्नुपर्यो। फलस्वरूप युगाैंदेखि राजा तथा निश्चित वंशकुलले आफ्नाे तजबिजमा राजकीय सत्ता सञ्चालन गर्ने परिपाटीलाई सदाका लागि भत्काउँदै नेपालमा जननिर्वाचित संविधानसभाकाे पहिलो बैठकले वि.सं. २०६५ साल जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो। यही ऐतिहासिक कार्यकाे सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइन्छ।

    नेपालको इतिहासमा ‘राजा र रैती’ले उब्जाएको भेदभाव, निर‌ंकुशता र समाजमा व्याप्त असमानता एवं उत्पीडनका विषवृक्षहरू समूल नष्ट गरी सबैलाई समान नागरिककाे हैसियत प्रदान गर्ने कार्य यही लोकतान्त्रिक व्यवस्थाले गरेकाे हो। सबै जनताको सहभागितामा लाेकतान्त्रिक अभ्यासबाटै विविधतायुक्त समृद्ध राष्ट्र निर्माण गर्ने जनचाहनालाई अंग्रेजीको Republic तथा नेपालीको ‘गणतन्त्र’ शब्दले मुखरित गर्दछ। जननिर्वाचित प्रतिनिधिहरूमार्फत मुलुकमा तीव्र रूपले विकास गरी समान रूपमा सबै जनता समृद्ध बन्ने जनचाहनालाई कार्यगत रूपमा अघि बढाउने लोकतान्त्रिक पद्धतिलाई नेपालको संविधान २०७२ ले संस्थागत गरेकाे छ भने त्यही संविधानका आधारमा सम्पन्न संघीय, प्रादेशिक र स्थानीय निर्वाचनले त्यसको अभ्यासलाई जीवन्तता प्रदान गरेको छ।

    यतिबेला नेपालमा निर्वाचित संघीय, प्रादेशिक र स्थानीय सरकार क्रियाशील छन्। यतिबेला संसारको सबैभन्दा उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित शासन पद्धति संस्थागत गर्ने अभ्यासमा हामी समस्त नेपाली जनता लागिरहेका छौं । तर समतामूलक समावेशी समाज स्थापनामा मुलुकले जेजति समय खर्चिएको छ, त्यसको तुलनामा भौतिक विकास र आर्थिक समृद्धिका लागि राज्यको ध्यान पुग्न सकेको छैन। मुलुकमा अधिकारका लागि जति पनि संघर्ष भए, कर्तव्य पालना र समृद्धिका लागि त्योभन्दा बढी लगनशीलताको खाँचो देखिएको छ ।

    विकास र समृद्धिको बाटो मुलुकले अँगाल्न सकेको छैन। शासन पद्धति भन्दा पनि सुशासन, जनधनको सुरक्षा र समृद्धिको मार्ग अवलम्बन गर्न अब धेरै ढिलो भइसकेको छ। अहिलेको युगमा खानकै लागि र बाँच्नकै लागि संघर्ष गर्नु विडम्बना हो। अझ खाडी मुलुकको रापिलो मरुभूमिमा घर–परिवारबाट टाढा रहेर जीवनको ऊर्जावान् समय व्यतीत गर्न बाध्य लाखौं नेपालीहरूको मुलुकमै केही गरेर समृद्ध बन्ने चाहना कहिले पूरा होला ? रेमिट्यान्सको विकल्पमा मुलुकको भरपर्दो आम्दानी के होला ? राज्यले सोच्ने समय आएको छ।

    अहिले मुलुकका संवैधानिक अंगहरू भागबन्डामा अल्झिएका छन्। शिक्षा, स्वास्थ्य, प्रशासन सबैतिर अन्योल र भ्रष्टाचार व्याप्त छ। कृषिप्रधान देशमा आज खेतबारी बाँझिँदै गएका छन्। हिमाल र पहाड रित्तिँदै छन् भने उब्जाउ भूमि धमाधम प्लटिङ हुँदै छन्। विकासको गति ठप्प छ। बिजुलीका परियोजना अझै पनि झोलामा थन्किएका छन्। मेलम्चीको पानी सम्झिएर उपत्यकावासी काकाकुल छन् । अर्थतन्त्रका अनेकौं ‘ब्ल्याक होल’ बाट मुलुकलाई जोगाउन सक्नु आजको चुनौती बनेको छ ।

    अभाव, गरिबी र भ्रष्टाचारबाट सर्वप्रथम मुलुकलाई उठाउन पहल गरिनुपर्दछ। अब आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउन गरिने विकास होइन, भएका स्रोत–साधनको उचित प्रयोग गरी भ्रष्टाचार निवारण, आर्थिक अनुशासन तथा सुशासन कायम गर्न सके मात्र पनि तीन तहका सरकारको आधा उद्देश्य पूरा हुन सक्छ र अहिलेको सन्दर्भमा गणतन्त्रकाे सार्थकता पनि। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

    गणतन्त्र दिवस

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4735 (16) { ["term_id"]=> int(12) ["name"]=> string(40) "राष्ट्रिय दिवस" ["slug"]=> string(13) "national-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(12) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["parent"]=> int(0) ["count"]=> int(26) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(12) ["category_count"]=> int(26) ["category_description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["cat_name"]=> string(40) "राष्ट्रिय दिवस" ["category_nicename"]=> string(13) "national-days" ["category_parent"]=> int(0) } } national-days राष्ट्रिय दिवस

    प्रजातन्त्र दिवस

    फ्रेवुअरी 26, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      MANBHADUR

      good

      Article ekdam ramro xa

      Priyanka Amatya

      sarbajanik bida hunxa hola

      pankaj pandeya

      राणा कालको र शाही सत्ता जस्तो बोल्नै नपाउने त छैन नि अब ।सबैले समान रूपले बाच्न पाउनु नै संघीय लोक तान्त्रिक गणतन्त्र हो।तर यो भएको छैन नेपाल मा ।

      dependra Kumar pun

      हुने खानेहरूले हुदा खानेहरूको अवस्था ’bout गहिरियर अवलोकन गरि उन्नति मुलक निकास खोज्नु पर्थ्यो तर विडम्बना हुदा खाने पनि हुने खाने बन्नलाई तछाडमछाडले फुर्सदै छैन चाहे कसैको ज्यानै ब्रवाद किन नहोस…..

      गोपाल तामाङ्ग

      नेपालमा गणतन्त्रको सहि मार्गलाई नेताहुरूले पच्छ्याउन नसकेकाेमा खेद प्रकट गर्दै गणतन्त्रको “जय” भन्न चाहन्छु अनि लेखकलाई धन्यवाद पनि दिन चाहन्छु ,धन्यवाद !!

      chet tamang

      शासक नयाँ आए तर पद्धति उस्तै रह्यो।

      ashish dahal

      no diwas at now because now value is less of gantantara diwas

      वाइ पि सि

      लेख विकासप्रेमी शासक र प्रशासकका लागि पर्याप्त छ तर भ्रष्ट शासक र प्रशासकका लागि भैंसीक‍ो अगाडि विण बजाउनु जतिकै ।

      Arjun bc

      चाहे राज तन्त्र होस चाहे प्रजा तन्त्र चाहे शाही तन्त्र होस चाहे राष्ट तन्त्र हो जे सुकै तन्त्र भए पनी नेपाल को विकास गर्ने कोई आउदैन जता पनी चोर नै चोर छन

      santosh Ku Sa

      Parjaa tanatar ta bhaye tra sistem ajhai birio jantale khojoko jaste bhayen jasko sataa usele logdown khataa jantaa marosh

      बिनोद कुमार मन्डल

      नेपाल मा गणतन्त्र को नाम अहिले लूटतन्त्र चलिरहेछ।

      यो लूटतन्त्र लाई समाप्त गर्नेसक्ने सरकार को खाचो देखिराछु।

      chintamanibhandari

      kam


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!