No Image

फूलपाती

By Nepali Patro in चाडपर्व .
मार्च 21, 2017

हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुको मान्दै गरिआएको चलनअनुरुप नेपाली पात्रोको आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ | यस दिन सबै नेपालीहरुको घरमा दशैंको पूजा सामग्रीस्वरूप फूलपाती भित्र्याउने चलन छ | बडादशैंको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्व रहन्छ | यस दिन काठमाडौँको टुँडिखेलमा बढाईं गरेपछि फूलपातीको रुपमा केरा,दारिम,धान, हलेढो,माने,कर्चुर, बेल, अशोक, र जयन्ती आदि नौ प्रकारका पातहरु प्रत्येकको नौं/नौं प्रतिका दरले दुर्गापूजा स्थापना गरेको ठाउँमा भित्रयाउँछन् | ती नौंवटा पातहरुमा क्रमश: नवदुर्गा स्वरुपिनी माता अर्थात् देवीहरू लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहरिणी,ब्रम्ह्माणी, रक्तचण्डिका र कीर्तिका देवीलाई आवाह्न गरेर घर-घरमा विधिवत पुजा-अर्चना गरिन्छ | अरु महत्वपूर्ण दिनसरी फूलपातीको दिन पनि सार्वजनिक विदा रहन्छ |

यसदिन काठमाडौँका नेवार समुदायका घर-घरमा प्राय विश्वकर्मा एवं विध्यादेवी महासरस्वतीलाई आवाह्न गरीकन विधिवत् तरीकाले पुस्तक,कपी, कलम, ज्यावलहरु, मेशिन-सामाग्रीहरु अनि कृषकका कोडाला, हँसिया, खन्तीहरु आदि इत्यादिको पनि स्थापना गरी पूजाआजा गरिन्छन् | त्यसका साथै किसानहरु भने खेतमा गई लत्तरम्म फलेको धनको बालाहरु पनि घरमा भित्र्याएर त्यसको पूजा गर्ने गर्दछन् | परापूर्वकालदेखि चलिआएको चलन अनुसार गोरखा दरबारबाट फूलपाती राजधानीको हनिमानढोका दरबारमा पनि भित्र्याउने गरिन्छ | यस दिनबाट झन् दशैंको बजारको मेला नै ठाउँ ठाउँमा लागेको हुन्छ जुन हेर्न लाएको हुन्छ |

Related Posts

बडादसैं का महत्त्वपूर्ण दिनहरू

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
अक्टोबर 25, 2021

Comments

    Sagar Kumar gelal

    फुलपाती को सुभकामना सबै दाजुभाइ दिदिबहिनी हरुमा


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!