
टाइफाइड रोगबाट बचाउन खोप अभियान
By सन्तोष कुमार देवकोटा in प्रमुख लेख .टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान देशैभर सञ्चालन हुँदैछ। बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगी टाइफाइड खोप अनिवार्य लगाऔँ। खोप लगाउने निश्चित मिति र स्थानको ’boutमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गरौँ।
यो खोप कसले लगाउनु हुँदैन?
यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन। साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुँदैन, तर बिरामी ठिक भईसकेपछि यो खोप लिन सकिन्छ। साधाराण बिरामी भएको अवस्था जस्तैः हल्का ज्वरो आएको, रुघा खोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ।
खोप निःशुल्क पाईन्छ। खोप सुरक्षित छ। खोपले जीवन रक्षा गर्छ।
#VaccinesWork #Typhoid #NepalHealth
अप्रील 8, 2022 12 महिनाहरु
Nepali congres is sensitive toward health care of country!s people
अप्रील 12, 2022 11 महिनाहरु
पाकिस्तान पछि नेपामा ल्याईएको परिक्षणात्मक खोपको पैरवी गर्नु बुद्धिमानि हो?
अप्रील 13, 2022 11 महिनाहरु
Your rights
अप्रील 29, 2022 11 महिनाहरु
tifaid khop