• 60
  • फाल्गुनान्द जयन्ती
    नेपाली पात्रो > चाडपर्व > फाल्गुनान्द जयन्ती

    फाल्गुनान्द जयन्ती

    By Nepali Patro
    मार्च 20, 2017

    नेपालको पूर्वीय लिम्बुवान क्षेत्रका किरात नेपालीहरुको महागुरु अर्थात् महान नेताको उपनामबाट इतिहासमा चिनिनुहुने एक धार्मिक किराते नेताको नाम फाल्गुनान्द लिङ्गदेल हो |नेपालका लिम्बु जातिका नेपालीहरुमाझ आफ्नो मौलिक धर्म र किरात जातको सामाजिक, सांस्कृतिक एवं धार्मिक उत्थान र विकासको निमित्त उनले गरेका योगदान तथा उपदेशहरुका कारण लिम्बु-किरात जातिका धार्मिक गुरु अर्थात् नेता फाल्गुनान्द लिङ्गदेल निकै चर्चित तथा प्रशंसनीय छन् | सन् १८८५ अर्थात् वि.सं.१९४२ मा आजैको दिन कार्तिक २५ गते जन्मिएर सन् १९४९ अर्थात् वि.सं. २००६ मा बित्नु भएका किरात नेता फाल्गुनान्द लिङ्गदेल एक नेपालका ऐतिहासिक महत्व र परिचय बोकेका महापुरुष हुन् |

    धेरै लामो समयसम्म गुमनाम भई इतिहासको गर्भमै अस्तित्व विलिन हुन लागेको किरात धर्म,संस्कृति, जात र सभ्यतालाई यिनै महापुरुषले उज्जागरण गरी नेपाली इतिहासको मूलधारमा उभ्याएका थिए | यिनले दिएका अनेकन ज्ञान र उपदेशमध्ये परापूर्वकालमा नेपाली समाजमा कुनैपनि जन्म, विवाह तथा मृत्युपश्चात् गरिनुपर्ने कर्मकाण्ड, पूजा इत्यादिका निमित्त गरिने पशुबलि आदि गरिनु नहुने उनको उपदेशका कारण आजसम्म पनि सबै धर्म र जातिका नेपाली मानिसले पनि यिनको विचारलाई अनुकरण गर्ने र सम्झिने गरेका छन् |

    किरात धर्म र संस्कृतिको संस्थागत स्थापना, विकास र प्रवर्द्धनको लागि यिनले मठमन्दिरहरु अर्थात् किरात भाषामा ‘मानघिम’ र हस्त अभिलेखसमेत् बनाउन भ्याए | जसले किरात धर्म, संस्कृति र जातको अस्तित्व बचाई राख्न र अगाडि बढाउन र राष्ट्रिय पहिचानमा ल्याउन चुनौतीपूर्ण योगदान दिलाए | तसर्थ तीनै महापुरुष फाल्गुनान्द लिङ्गडदेललाई किरात समुदायले मात्र नभई राष्ट्रले समेत् हरेक वर्ष सम्झिने गर्दछ |

    Comments

      khambu kb

      16 राष्ट्रीय बिभुती पनि थप्नु पर्यो नि।

      tekam limbu

      कृपया गुरु शब्द प्रयाेग गरे पश्चात नेता शब्द प्रयोग नगर्दा ठिक हुन्थयो कि?
      एवंम १६औ राष्टिय बिभुति भनेर जानकारि गराउन उपयुक्त होला
      कि?

      tekam

      कृपया गुरु शब्द प्रयाेग गरे पश्चात नेता शब्द प्रयोग नगर्दा ठिक हुन्थयो कि?
      एवंम १६औ राष्टिय बिभुति भनेर जानकारि गराउन उपयुक्त होला
      कि?

        Nepali Patro

        यहाँको अमूल्य सुझावका लागि धन्यवाद ।

      Upendra Makhim

      महान समाज सुधारक किराँत धर्म गुरु धर्म गुरु अङ्सिमाङ फाल्गुनन्द भनेर लेख्नु होस।असुद छ लेखाइ हरु।

      बिरमान लिम्बु

      नमस्कार सेवारो। महागुरुको परिचय शान्द्र्भिक छ। तर उहाँ नेताको होइनन गुरु हुन। उहाँ १६ रष्टृय बिभुती हुन। धन्यवाद ।

      सुजन तिगेला लिम्बु

      महागुरु फाल्गुनन्द कुनै नेता नभएर महान बिचार र सत धर्म सत बिचार भएका युग पुरुष हुन जसले नेपालमा प्रचिन काल देखि रहेको किरात धर्म तर बध्यता , बिबस्ता र परिस्थितिले लोप हुन लागेको सोहि किरात धर्मर्लाई पुनः उत्थान तथा सम्रक्षण गर्नु भएको हुनाले किरात धर्माबलम्बीहरुको महा गुरु भन्ने गरिन्छ तर नेता भनेको पार्टी भित्र आबद्द ब्यक्ति हुनाले उहाको कुनै पार्टी नभएकोले फाल्गुनन्द कुनै नेता नभएको कुरा जानकारी गराउछु ।

      Bijay Kumar mandal

      2078/7/25 tim2:40pm जन्मेको बचाको नाम के रासी बात

      Aashish Rai

      sabai kura uttam cha tara mahan samaj sudharak tatha rastriya bibhuti ko naam Falgunanda Lingden ho , thar “Lingdel” hoina . kripaya sachhaunu hola . dhanyabad

      raju pandey

      वहा एउटा उज्यालो शक्ती प्रा पत धर्म गुरु हो । म यो चाहान्छु सबैं मानव जाति को लागि एउटा मार्ग दर्शन पशु बली एउटा पापको बाटो हो पशु बली न गरनु भन्नु भयेको छ । र फाल्गुनन्द महाराज को सन्देश हरेक जन जन र मानव मात्रको कल्यान हो ।जय हो जय जय फाल्गुनन्द ।

      सुबास लिम्बु

      किराँत धर्म गुरु फाल्गुनन्द लिङ्ग्देन भनिदिनु होला नेता हुनु हुन्न उहा र अक्षर लेखाई मा केहि अशुद्ध त्रुटी हरु छन

      ललित नारायण ठाकुर

      शिक्षा


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!