इद उल फित्र
नेपाली पात्रो परिवारको तर्फबाट हामी इद उल फितरको पवित्र पर्वको यस शुभ अवसरमा सबै मुस्लिम दाजु- भाइ, दिदी-बहिनी तथा सम्पूर्ण मुस्लिम घर्मालम्वि समुदाय हरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै, अल्लाहद्वारा मातृत्व, खुसी, शान्ति र समग्र विश्व मा जताततै समृद्धि प्रदानका लागि विनम्र धन्यवाद टकर्याउछौं ।
अरबी क्यालेन्डर अनुसार, जुन चन्द्रमान मा आधारित पात्रो हो, आज नवौँ महिनाको अन्तिम दिनलाई इद अल-फितर को रूपमा मनाइन्छ । आजको यस विशेष उत्सव इद अल-फितरलाई, इद उल- फित्र पनि भनिन्छ। यो उत्सव अरबी पात्रोको नवौँ महिनामा चन्द्रमाको अर्ध चन्द्राकार अवलोकनमा निर्भर गर्दछ। यस चाडको बखत मानिसहरूले खुसीसाथ गरिब, दिन दुखि: र खाँचोमा परेका मानिसहरूलाई भिक्षा, खाना र अन्य आवश्यक दैनिक वस्तुहरू इत्यादि वितरण पनि गर्दछन्। सबै वर्गका सबै मुस्लिमहरूले यो दिन मनाउँछन्, र उनीहरूले यो दिन आफ्नो गझ र क्षमता अनुसार राम्रो मिठो खाना र मिठाई आदि खाएर मनाउँछन्।
इद उल- फित्र उत्सव
इद अल-फितर वा इद उल फित्र, जसलाई “ब्रेकिंग अफ फास्ट फेस्टिभल” पनि भनिन्छ, यो मुस्लिमहरूले विश्वव्यापी रूपमा मनाउने धार्मिक चाड हो जुन रमजान अर्थात् महिनाभरि गरिने सूर्यास्त उपवासको समापन पनि हो। यो धार्मिक इद शव्वाल महिनाको एक मात्र दिन हो (शव्वाल चन्द्रमानमा आधारित इस्लामिक क्यालेन्डरको दसौँ महिना हो)। कुनै पनि चन्द्र हिजरीको सुरुको मिति (चन्द्रमान पात्रो मा १२ महिनाको ३५४ वा ३५५ दिनको एक वर्ष हुन्छ, र यही चन्द्रमान पात्रो अनुसार, वार्षिक उपवास र यसको लागि उपयुक्त समय, इस्लामिक बिदा, हज र अन्य अनुष्ठानहरूको उचित दिनहरू निर्धारण गर्न प्रयोग गरिन्छ।) महिना फरक फरक हुन्छ जुन विभिन्न स्थानका स्थानीय धार्मिक अधिकारीहरूले विभिन्न स्थानमा चन्द्रलाई हेरेका हुन्छन्, त्यस्तै गरी उक्त अवसर मनाउने दिन पनि स्थान अनुसार फरक हुन जान्छ।.
प्रसङ्ग
इद अल फितर मूल रूपमा इस्लामिक पैगम्बर मुहम्मदद्वारा सुरु गरिएको थियो। केही परम्परा अनुसार, यी चाडहरू मुहम्मदको मक्का बसाई पछि उनी मदीना गए पश्चात् त्यहाँ बाट सुरु गरिएको थियो। पैगंबर को एक प्रसिद्ध साथी, आनस् ले वर्णन गरेका छन:- जब पैगंबर मदीना आए, त्यहाँका मानिसहरू दुई विशेष दिनहरू मा आफूहरू मनोरञ्जन गरिरहेका थिए, खुसीयाली मनाइरहेका थिए। यस्तो देखेर, पैगंबरले बताउँदछ कि “सर्वशक्तिमान् अल्लाहले उत्सवको दुई दिन तय गरेका छन् र तपाईँहरू सबै पनि त्यही दुई दिन उत्सवको रूपमा अनुसरण गर्दा राम्रो हुन्छ किनकि तिनीहरू उत्तम दिनहरू छन्”। त्यसैले उनले उनीहरूलाई इद अल-फितर र इद अल-अधा मनाउन भने किनभने यी उत्सवका लागि उत्तम दिनहरू थिए। यसरी पैगंबर आफैले भने अनुसार इद अल-फितरको उत्सव मनाउने चलन सुरु भयो।
अनुष्ठान
रोजा उपवासको एक महिनाको अन्त्य हुनु अघि, मुस्लिम समुदाय ईदगाहको ठाउँमा भेला हुन्छन् र नमाज पढद छन, अल्लाहलाई सम्पूर्ण मानवताको सुखको लागि प्रार्थना गर्दछन् कसैको जीवनमा पनि कुनै पीडा वा कष्ट नआओस् भनी प्रार्थना गर्छन्। त्यस पछि, एक अर्कालाई अँगालो मार्दै शुभकामना हरू एक अर्काबिच आदान प्रदान गरिन्छ। यो चाडले “विविधतामा एकता” को सन्देश दिन्छ र देखाउँदछ। भाइचारा बढाउन र सबैमा परोपकारको भावना जगाउनको निमित्त, यस चाडमा नियम अनुसार अभावमा रहेका, दिन दुखि: मानिसहरूलाई खाद्यान्न वितरण र चन्दा आदि दिने गरिन्छ । यस तरिकाले, इदको यस अवसरमा रोजा (उपवास) अवलोकन गरेपछि मानिसहरू अल्लाहलाई यो संसार, सबैका लागि बराबरीको संसार तथा अल्लाहको नाममा आफ्नो जीवन समर्पण गर्ने प्रार्थना गर्दछन्।
परम्परागत रूपमा, इद अल-फितर अर्ध चन्द्रमाको पहिलो दृश्यको रात सूर्यास्तको समयमा सुरु हुन्छ। तर, यदि चन्द्रमा चन्द्र महिनाको २९ औँ दिनमा तुरुन्त देखिएन भने (बादलले चन्द्रमा अवलोकन अवरुद्ध गर्ने कारण वा घाम अस्ताए बित्तिकै पश्चिमी आकाश बढी उज्यालो छ भने), त्यस दिनको छुट्टी अर्को दिन मनाइन्छ। इद अल फितरको मिति इस्लामिक क्यालेन्डरमा सधैँ समान हुन्छ, तर ग्रेगोरियन क्यालेन्डरमा भने यो प्रत्येक क्रमिक वर्षको लगभग ११ दिन अगाडि पर्दछ किनकि इस्लामिक क्यालेन्डर एक चन्द्रमान पात्रो हो जबकि ग्रेगोरियन एक सौर्य मान पात्रो। त्यस कारण, यदि इद ग्रेगोरियन क्यालेन्डर वर्षको पहिलो दश दिनमा पर्दछ भने, उही ग्रेगोरियन पात्रो वर्षको अन्तिम दश दिनमा दोस्रो इद पर्दछ। विभिन्न स्थानमा इद अल- फित्र एक देखि तीन दिन को लागी मनाइन्छ भने केही ठांउ हरूमा समय अभावका कारण तिन दिन नै नमनाइने पनि हुन सक्छ। इदको दिनमा उपवास गर्न निषेध गरिएको छ, र यस दिनको लागि विशेष प्रार्थनाहरू सिफारिस गरिएका छन् ।
इदको प्रार्थना मण्डली खेतहरू, सामुदायिक केन्द्रहरू, वा मस्जिदहरू जस्ता खुला क्षेत्रमा गरिन्छ। इदको प्रार्थना पछि प्रवचन र त्यसपछि अल्लाह सङ्ग सारा संसार भर रहेका सबै जीवित प्राणीहरूको लागि आशीर्वाद तथा माफी, दया, र शान्ति, को लागि आग्रह एवं अपिल गरिन्छ। प्रवचनले मुस्लिम समुदायलाई इदको अनुष्ठानहरू जस्तै जकातको निर्देशन दिन्छ। इदको उपदेश, इदको प्रार्थना पछि हुने गर्दछ, प्रत्येक हप्ताको शुक्रवारको प्रार्थना जस्तो नभई प्रार्थनाभन्दा पहिले उपदेश दिने गरिन्छ। प्रार्थना पछि, मुस्लिमहरू तिनीहरूका आफन्तहरू, साथी-भाइहरू, र परिचितहरू भेट्न जान्छन् वा घर, सामुदायिक केन्द्रहरू, वा भाडामा लिएको हलमा ठुलो उत्सवहरू आयोजना गर्दछन् र इद अल-फितर अत्यन्त उत्साहका साथ मनाउँदछन्।
इस्लामलाई सुन्नी, सिया, इबादी, अहमदिया, र सुफीवाद जस्ता धेरै प्रमुख मुस्लिम शाखाहरूले प्रतिनिधित्व गर्ने भएकोले र यी सबै शाखाहरूको इद अल फितर मनाउने आ-आफ्नो परम्परा तथा तरिका भएकोले यो उत्सव शाखा अनुसार केही फरक भने हुन सक्दछ।