
ईद अल-आजहा – बकर इद
इस्लामिक क्यालेन्डर अनुसार हरेक वर्ष अलग-अलग मिति अर्थात् दिनमा परी द-अल-हिज्जाको दशौँ दिनबाट शुरु भई चार दिनसम्म चल्ने मुस्लिम धर्मावलम्बीहरु अर्थात् मुसलमानहरुको इद-उल- फित्रपछिको दोश्रो सबभन्दा ठूलो त्योहार, चाडपर्व अर्थात् इदलाई वकर इद भनिन्छ | यसलाई ठाउँ एवं देशैपिच्छे अलग अलग नामले चिनिने वा मनाइने भएतापनि मूल धार्मिक आस्था तथा विश्वास एकै भएको पाइन्छ भने प्राय इद-अल-अढा, वा कुर्बानीको चाडपर्वको नामले बढि चिनिने र मनाइने गरिन्छ, वकर इदलाई | इद-उल- फित्रपछिको दोश्रो ठूलो चाडको बेलामा मुस्लिम समुदायमा बढो हर्षोउल्लास एवं खुशीयालीको माहोल रहन्छ | यस विशेष दिन मुस्लिम धर्मावलम्बीहरु एक आपसमा आफ्ना इष्टमित्र, आफन्तहरुबीच आशीर्वाद, स्नेह माया तथा शुभकामना आदानप्रदान गर्ने गर्दछन् |
मुस्लिम धार्मिक ग्रन्थ कुरानमा उल्लेख गरिएको प्रसंगअनुसार अल्लाहले हजरत इब्राहिम/इब्राहमसंग आफ्नो सबैभन्दा प्यारो वस्तुको बली माग्दाखेरीमा हजरत इब्राहिमले आफ्नो प्यारो पुत्र हजरत इस्माइलको बली स्वरूप कुर्बानी दिनसम्म तत्परता देखाएको हुँदा त्यसै दिनको सम्झना तथा उनको कुर्बनीको तत्परताको सम्मानमा हरेक वर्ष त्यस दिनदेखि बक्र इद अर्थात् कुर्बनीको इद, इद-अल-अढा मनाउन थालिएको हो भन्ने विश्वास र मान्यता राखिन्छ |
वकर इदको दिनमा मुस्लिम समुदायका मुसलमानहरु विहानै उठेर नुहाई धुवाई गरेर इदगार अर्थात् मस्जिदमा गई नमाज पढेर अल्लाहको इवादत गर्ने र पछि घरमा फर्केर आफ्नो रोजाई अनुसारको पशुबली अर्थात् कुर्बानी दिने गरेर मनाउने गर्दछन् | विश्वका अन्य मुस्लिम मुलुकहरुमा झैँ नेपालका मुस्लिम समुदायका मुसलमानहरु पनि मस्जिदमा एकचित्त भई नमाज पढ्ने, धार्मिक ग्रन्थ कुरान पाठ गर्ने तथा इवादत गर्ने गर्नुका साथै आ-आफ्नो घरमा पशुबली अर्थात् कुर्बानी दिएर वक्र इद वडो हर्षउल्लासका साथ शुभकामना,भाइचारा एवं आशीर्वाद आदानप्रदान गरी मनाइन्छ |
वक्र इदको बेलामा साउदी अरबियाको पवित्र मक्का-मढिना हज गर्न जाने नेपाल लगायत संसारका विभिन्न मुस्लिम राष्ट्रका मुसलमान-तीर्थयात्रीहरुको पनि ठूलो मेला लागेको हुन्छ | अन्य मुस्लिम राष्ट्रमा झैँ नेपालमा पनि मुसलमानहरुले आ- आफ्नो हैसियतमा खसी,बोका, भेंडा वा बाख्रा इत्यादिको बली दिने चलन बढि छ |यसरी कुर्बानी दिइएको मासु तीन भागमा बाँडिन्छ | जसमध्ये पहिलो भाग आफ्नो परिवारको लागि, दोश्रो आफ्ना इष्टमित्रको लागि र तेश्रो भाग गरीबहरुको लागि छुट्याउने प्रचलन मुस्लिम समुदायमा छ | यस दिन हिजोआज नेपालमा पनि सार्वजनिक विदा दिन थालिएको छ |

government-notice-for-bakar-eid
जुन 15, 2024 1 वर्ष
ma chei bhabchu hami sanatani le e sab bakhan garnu nei bekar xa
जुन 16, 2024 12 महिनाहरु
Eid mubarak all muslim comunity
जुन 16, 2024 12 महिनाहरु
Eid Mubarak to all my islamic friends
जुन 17, 2024 12 महिनाहरु
Eid al adha Mubarak
जुन 17, 2024 12 महिनाहरु
teacher
जुन 17, 2024 12 महिनाहरु
happy Bakra Eid all muslim brothers and sister
जुन 23, 2024 12 महिनाहरु
kumyahi koshi 5