• 27
  • धन्वन्तरि जयन्ती

    धन्वन्तरि जयन्ती

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    अक्टोबर 21, 2022

    धन्वन्तरि जयन्ती. आज काग तिहार, कृष्ण पक्ष त्रयोदशी को दिन धन्वन्तरि जयन्ती पनि हो। पुराणहरूमा उल्लेख भए बमोजिम देव र असुरहरू मिलेर समुद्र मन्थन गर्ने क्रममा विभिन्न बस्तुको प्रादुर्भाव हुने बेलामा अमृतको कलश लिएका भगवान् विष्णुको अंशका  रूपमा आजको दिन धन्वन्तरिको प्रादुर्भाव भएको थियो। यसै मान्यता अनुसार आजको दिन धन्वन्तरि जयन्ती मनाउने गरिन्छ भने धन्वन्तरि लाई अयुर्बेदको प्रवर्तक को रूपमा पनि उल्लेख गरिएको छ।

    त्यसैले वैद्य-हकिम लगायत ब्राह्मण समाजले यस शुभ तिथिमा भगवान् धन्वन्तरिको पूजा गरी ‘धन्वन्तरि जयन्ती’ मनाउने गर्छन्। आयुर्वेदका पिता धन्वन्तरिको सम्झनामा धनतेरस मनाइन्छ भन्ने कुरा कमैलाई मात्र थाहा हुन् सक्छ ।  उनले नै शल्यक्रिया जस्तो जटिल र महत्त्वपूर्ण आविष्कार गरेको मानिन्छ। त्यसै कारण आयुर्वेदका विद्यार्थीहरूले यो दिन “आरोग्य दिवस” को रूपमा मनाउँछन्।

    विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भए पश्चात् नेपालमा विधिवत् रूपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको हो। आयुर्वेद क्षेत्रमा लागेका व्यक्तिहरूको पहलमा वि.सं. २०५६ देखि धन्वन्तरि जयन्ती  लाई आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको छ। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा रहेको छ।धनतेरस र धन्वन्तरी जयन्ती

    वैदिक हिन्दु दर्शनका चार उपवेद मध्येको एक “आयुर्वेद” को पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी इत्यादि हातमा लिएर  समुद्रमन्थन को अन्तिममा भगवान विष्णुका एक अंश को रुपमा उनको प्रादुर्भाव भएको थियो त्यसैले धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रको संस्थापक समेत मानिन्छन् । धन्वन्तरिले आयुर्वेद शास्त्रमा हज्जारौं ग्रन्थ लेखेको भनिए पनि अहिले केवल एक ग्रन्थमात्रै हाम्रो सामु छ । यसलाई ‘धन्वन्तरि संहिता’ भनिन्छ । यही ग्रन्थ आयुर्वेदको मूल ग्रन्थ हो ।

    विभिन्न ग्रन्थहरू अनुसार, समुन्द्र मन्थन क्षीर सागर (दूधको सागर: जुन भगवान् नारायण र उनकी पत्नी लक्ष्मीको चतुर्मास अवधि अर्थात् नारायण 
    सुकला हुने चार महिनाको वासस्थान भनेर पनि चिनिन्छ त्यस स्थान मा भएको थियो। कैलाश पर्वतको मुनि रहेको मानसरोवर पोखरी नै त्यो ठाउँ 
    हो। त्यहाँ पुग्ने भक्त हरू मानसरोवरमा नुहाउनेर श्राद्ध जस्ता कार्य समेत गर्छन्। तर त्यही मान सरोवर नजिकै रहेको पोखरी जसको नाम राक्षस 
    पोखरीको नामले प्रख्यात छ त्यसमा भने भक्तजनलाई नुहाउन निषेध गरिएको छ । धन्वन्तरी जयन्ती
    
    आज धन्वंतरी जयन्ती, समुन्द्र मन्थन भएको दिन आयुर्वेदका प्रवर्तक श्री धन्वंतरीको जन्म जयन्ती को रूपमा मनाउने चलन रहेको छ जो समुद्र 
    मन्थनबाट एक कलश (कमण्डलु) मा अमृत र अर्को हातमा अनेकौँ औषधीय वनस्पतिहरू बोकी निस्किएका वा प्रादुर्भाव भएका थिए।

    धन्वन्तरि भगवानले प्रकृर्तिमा नै रहेका जडीबुटीबाट समस्त मानव जीवनको स्वास्थ्य को रक्षा गरी मनुष्य जीवन को उद्धार गरेको हुनाले यस दिनलाई वैध, कविराज आयुर्बेदाचार्य हरुले धन्वन्तरि भगवानकाे सम्झनामा विविध कार्यक्रम गरी मनाउने चलन रहेको छ ।

    धन्वन्तरि जयन्तीको अवसरमा आज काठमाडौँ स्थित सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, लगायत नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., यसै गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर आदि तथा निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पताल हरूमा समेत विविध कार्यक्रम गर्ने र धन्वन्तरि जयन्ती मनाउने गरिन्छ । धन्वन्तरी जयन्ती

    आयुर्वेदका देवता श्री धन्वन्तरिको सम्मानमा मनाइने धन्वन्तरी जयन्ती  को अवसरमा नेपाली पात्रोको तर्फ बाट सम्पूर्ण मानवमा हार्दिक शुभ- कामना।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4617 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    भाइटीका

    मार्च 2, 2017
    By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4584 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    काग तिहार

    मार्च 2, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      lal bahadur ghalan

      xaina


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!