दर खाने दिन

दर खाने दिन

By Nepali Patro
मार्च 2, 2017

हिन्दू धर्म मान्ने महिलाहरुको महान पर्व हरितालिका तीजको दर खाने दिन तीजको मुख्य दिनको एक दिन अघावै हिन्दू पात्रो अनुसार भाद्र शुक्लपक्ष, व्दितीयाको दिनमा विवाहित महिलाले पतिको दीर्घायुको लागि तथा अविवाहितहरुले सुयोग्य पतिको इच्छा प्राप्तिको लागि बसिने तीजको व्रत बस्न पूर्व-तयारीको रुपमा आ-आफ्नो घर-माइतीमा विशेष गरी दूधबाट बनेका मीठा-मीठा परिकारहरु,खीर,सेलरोटी र फलफूल आदि इत्यादि तयार गरी नांचगान, रमाईलोका साथ दर खाने चलन रहेको छ |त्यसैलाई चलनचल्तीको भाषामा दर खाने दिन भनिँदोरहेछ |

दर खाने दिनको चलन तथा महत्व नेपालभरका साथसाथै भारतको कुनै कुनै ठाउँमा नि रहेको पाइन्छ | यस विशेष दिनमा महिलाहरुको माइतीपक्षले आफ्ना छोरी,चेलीलाई घर बोलाएर मीठा-मीठा परिकारहरु तयार पारी खुवाउने तथा मनका भावना,सुखदुख साटासाट गरी एकै ठाउँमा सपरिवार अर्थात् प्रायः महिलामात्र खाने बस्ने गर्दछ | यसरी दर खाने दिनबाटनै हरितालिका तीज पर्वको आरम्भ भएको मानिन्छ | यसरी वर्षदिनको एकचोटि दर खाने दिन मनाइने चलनले हाम्रो हिन्दि समाजमा विवाहित महिलाहरु आफु जन्मिएको घर,आमा,बुबा, भाइबहिनी सब छोडी श्रीमानसंग बाँकी जीवन बिताउनु पर्ने दुख पीडालाई कम अथवा बिर्साएर आफ्नो प्रिय माइतीको माया एवं सम्झनाको खाडललाई कम गर्न ठूलो मद्दत पुर्याएको हुन्छ | दर खाने दिन विधिवत् पूजाआजाभन्दा पनि मनोरंजनात्मक रहन्छ |

बढ्दो आधुनिकतासंगै दर खाने चलनमा केही फेरबदल तथा खाने परिकारहरुमा ठाउँअनुसार परिवर्तन भएतापनि दर खाने दिनको मूल मर्ममा खासै भिन्नता पाइएको छैन | भोलिपल्ट तीजको मुख्य व्रत दिनभर अन्नपानी केहिपनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन अवेर रातिसम्म आइमाई-महिलाहरु जागाराम बसी पेटभरी आ-आफ्नो पहुँच अनुसारको मीठो मीठो परिकारहरु तयारी गरी खाने र खुवाउने गर्दछन् | हिजोसम्म उही सनातन हिन्दू महिलाहरु मात्रले मनाउने दर खाने दिन आज आएर अरु धर्म,संस्कृतिका समुदायका महिलाहरुले पनि शोक, रहर वा देखासिकीमा मनाउन थालेको हाम्रो समाजमा हामी देख्न सक्दछौं | यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 

Related Posts

हरितालिका तीज

मार्च 1, 2017
By प्रा.डा. देवमणि भट्टराई

Comments

    Roshani Karmacharya

    thanks for Teej but utpadan r namuna vae ramro tadak vadaktale ajhai mahila doshro darjama x sochera manau aafno skill pradarshan Garu shuvakamana

    Roshani Karmacharya

    model productive hos.thanks

    sukla bishwokarma

    happy teej all women

    Ram Paras Yadav

    fbcci GVC phone number send karo please send
    fruits and vegetable kg milk chocolate kg and vegetable mix recipe by me kg kg milk kg milk gm of

    arun pandey

    I

    arun pandey

    I

    arun pandey

    I

    arun pandey

    I

    arun pandey

    I

    Nirmala Upreti

    yo saal pahilo choti teej ko brat basda ramro x ki nai please reply dinu hola

    Mon brd chetry

    Tija ko bela ma janu Paro kheta ma….

    Sanjaya Wosti

    Happy Teej

    santosh

    happy teej

    Raju

    didi baini nachne garxa sandei vari tijama aspali chei hami nachou vai haru beeicha bichei ma loo


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ