• 26
  • निजामती सेवा दिवस

    निजामती सेवा दिवस

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    सेप्टेम्बर 6, 2022

    “निजामती सेवा दिवस। आज भाद्र २२, अर्थात् निजामती सेवा दिवस। यस अवसरमा दिवसको (२०७८-८२) नारा “व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन” लाई चरिथार्थ गर्ने निजामती कर्मचारीहरुका साथ आज देशभरि बिभिन्न कार्यक्रमहरू गर्दै यो दिवस मनाइदै छ। 

    बि. स. २०१३ मा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारि “निजामती सेवा दिवस” दिवस मनाउन थालिएको हो।  बि. स. २०६० देखि भने निजामती दिवस हरेक बर्ष मनाउँदै आइएको छ। आजको दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने लगायत पूर्व कर्मचारी (सेवा निवृत) हरुलाई समेत सम्मान गर्ने जस्ता बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गर्दछ।

    निजामती सेवा दिवसको अवसर पारेर हरेक बर्ष १ जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि रु दुई लाख, ३० जनालाई निजामती सेवा पुरस्कार अनुसार जनही रू ५० हजार र १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार अन्तर्गत जनही एक लाख को पुरस्कार प्रदान गरिने कानुनी प्राबधान समेत रहेको छ। नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन। 

    वि.सं. २०१३ मा विधीवत स्थापना भएको निजामती सेवा विभिन्न कालखण्ड पार गर्दै ६६ वर्ष पुगीसकेको छ। यस अन्तरालमा देशमा विभीन्न शासन व्यवस्थाहरु देख्दै, भोग्दै अहिलेको मजबुद अवस्थामा आइपुग्दा पनि यो स्वयमा आलोचनामुक्त रहन भने सकेको छैन। यस्का संंरचनात्मक जटिलता र व्यवस्थापनमा रहेका कमजोरीका कारण यदाकदा जनमुखी हुन नसकेको भनी जनताको गुनासो खेपिरहन परेको छ।

    त्यसै गरी सरकारमा रहेका वा नरहेका तर जिम्मेवार राजनैतिक नेतृत्वले आफ्नो नितीगत कमजोरीलाई लुकाउन कर्मचारीलाई नै दोष दिने प्रवृत्ति कायमै रहेको समेत देखिन्छ। तर यी सबै विवादहरुको वावजुद पनि निजामती सेवा सबैको प्रमुख आकर्षण र सबैभन्दा ठुलो रोजगारीको केन्द्र रहेकोमा भने कुनै संका भने छैन। 

    निजामती सेवा दिवसको अवसरमा नेपाली पात्रोको तर्फ बाट निजामती कर्मचारी लगायत सम्पूर्णमा न्यानो शुभ-कामना। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।  निजामती सेवा दिवस

    Comments

      Narad Gautam

      राम्रो छ ।

      niraj

      good


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!