• 91
  • छठ पर्व

    छठ पर्व

    By प्रा.डा. देवमणि भट्टराई
    मार्च 2, 2017

    संस्कृतको ‘प्रतिहारषष्ठी’ मूल शब्दबाट अपभ्रंश हुँदै केही अंश लोप भएर ‘छठ’ शब्द प्रचलनमा आएको हो। षष्ठिका भगवतीको पूजा–आराधनाका साथै सूर्यनारायणको उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाउने गरिन्छ । यसमा विशेष रूपले भगवान् सूर्यको उपासना हन्छ। शुद्धताका साथ छठपर्वको सामग्री तयार गरिन्छ। भारतीय संस्कृतिले ओतप्रोत भएका नेपाल, भारतलगायत दक्षिण एसियाका देशहरूमा यो पर्व धुमधामका साथ मनाइन्छ।

    यस पर्वमा षष्ठिका भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ भने पञ्चमीका दिनदेखि व्रत बसी षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट अर्थात् सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ

    नेपालको सन्दर्भमा मैथिल समुदायमा यसलाई बढी महत्त्वसाथ मनाइन्छ। आजकल पहाडी समुदायले पनि यस पर्वलाई महत्त्व दिँदै सूर्यको उपासना गर्ने गरेको पाइन्छ। ‘आरोग्यं भास्करादिच्छेत्’ अर्थात् रोगव्याधिरहित जीवन प्राप्तिका लागि सूर्यको आराधना गर्नुपर्छ भन्ने शास्त्रवचन रहेकाले सबै वर्ग, जाति, भाषा, लिंगका मानवमात्रले यो पर्व मनाउनुपर्ने देखिन्छ। यो पर्व मनाउँदा शरीर निरोगी हुनुका साथै सबैको कल्याण हुने शास्त्रीय फलश्रुति रहेको छ।

    अत्यन्त शुद्धताको पर्व
    छठ पर्व जहाँ मनाए पनि यसका विधि एवं शास्त्रीय पक्षहरू एकै प्रकारका रहन्छन्। धर्मशास्त्रको निर्देशनले नै छठ पर्व मनाएको पाइन्छ। कार्तिक शुक्ल चर्तर्थीदेखि छठ प्रारम्भ हुन्छ। प्रथम दिन व्रतालुले स्नान गर्ने, शुद्ध एवं नयाँ कपडा लगाउने शाकाहरी भोजन गर्नुपर्ने जस्ता नियम पालना गरिन्छ। प्रथम दिनलाई मैथिली भाषामा ‘नहाय खाए’ नामले जनाइन्छ।

    कार्तिक शुक्ल पक्ष पञ्चमी अर्थात् दोस्रो दिन व्रतालुहरू विशेष उपवास बस्छन्। बेलुकीपख व्रतालु आफैंले खिर–पुरी पकाउँछन्। घरको पूजाकोठा वा शुद्ध, चोखो ठाउँमा लगेर केराको पातमा त्यो खिर–पुरी आदि पक्वान्न र फलफूलहरू चढाएर छठीमाईको पूजा गर्छन्। त्यो प्रसाद परिवारमा वितरण गरी आफूले पनि लिन्छन्। यस दिनको पूजाको नाम हो– खरना।

    छठ पर्वको मुख्य एवं आकर्षक दिन भनेको तेस्रो दिन अर्थात् षष्ठी तिथि हो। यस दिन साँझमा अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइन्छ। स्थानीय भाषामा ‘सँझिया अरघ’ अर्थात् साँझमा दिइने अर्घ्य भनिन्छ। यस दिन व्रत बस्नेका घरका सबैले नयाँ लुगाकपडा लगाउँछन्। यस दिन पूजामा चाहिने आवश्यक सामग्री– फलफूल, नरिवल, केरा, स्याउ, सुन्तला र पक्वान्नमा ठेकुवा, भुसुवालगायत विशेष प्रसाद बनाएर नयाँ नाङ्लो, सुपो आदिमा राखेर मंगलगानका साथ पुरुष–महिला सबै नदी, पोकरी, तलाउ आदिको घाटतर्फ लाग्दछन्। केराको खम्बा, उखुको लाँक्रो आदि नदीकिनारमा गाडेर माटोको हात्ती त्यसको फेदमा राखेर आफ्नो क्षेत्र तय गर्दछन्। घाट वा जलाशयहरू आकर्षक रूपमा सजाइएको हुन्छ। जनकपुर, वीरगन्ज, सप्तकोसी, काठमाडौँका रानीपोखरी, गुह्येश्वरी, पशुपतिक्षेत्र, थापाथली आदि वाग्मतीका घाटहरू तथा मनोहरा, विष्णुमती आदि नदीका शुद्ध ठाउँमा गएर व्रतालुहरूले स्नान गरी अस्ताउँदो सूर्यतर्फ फर्किएर आधा शरीर पानीमा डुबाएर पूजा सामग्रीले सूर्यको पूजा गरी दूध एवं जलसहित सूर्यनारायणलाई अर्घ्य दिने गर्दछन्। यसरी अर्घ्य दिँदा यी मन्त्र उच्चारण गर्नुपर्दछ–

    नमोऽस्तु सूर्याय सहस्रभानवे।
    नमोऽस्तु वैश्वानरजातवेदसे।।
    त्वमेव चार्घ्यं प्रतिगृह्ण देव।
    देवाधिदेवाय नमो नमस्ते।।१।।
    नमो भगवते तुभ्यं नमस्ते जातवेदसे।
    दत्तमर्घ्यं मया भानो त्वं गृहाण नमोऽस्तु ते।।२।।
    ज्योतिर्मय विभो सूर्य तेजोराशे जगत्पते।
    अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर।।।३।।
    एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते।
    अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर।।४।।
    एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते।
    गृहाणार्घ्यं मया दत्तं संज्ञया सहित प्रभो।।५।।

    यी पाँच मन्त्रले अस्ताउँदो सूर्यलाई षष्ठीका दिन साँझमा र सप्तमीको बिहान सूर्यपूजनादि गरी अर्घ्य तयार गरी उदाउँदो सूर्यलाई अर्घ्यदान गर्नुपर्दछ। यसरी सप्तमीका दिन उदाउँदो सूर्यको पूजा गरी अर्घ्य दिएर प्रार्थना एवं प्रणाम गर्नुपर्दछ। त्यसपछि कथा श्रवण आदि गरेर प्रसाद ग्रहण गर्नुपर्दछ। यसरी चतुर्थीदेखि सप्तमीसम्म चार दिनको अनुष्ठान पूरा हुन्छ ।

    छठ पर्वको पूजाविधि
    सूर्यको उपासना गरिने यस पर्वमा मुख्यरूपमा सूर्यको र छठीमाताको पूजा गरिन्छ।

    संकल्प
    पूर्वसंकल्प सिद्धिरस्तु। …….अद्येह मम कार्तिक–शुक्ल–षष्ठि–तिथौ सकल–दुःख–दारिद्र्य–भय–कुष्ठ्यादि–महाव्याध्यादि–रोग–निवारणपूर्वकं पुत्रपौत्रादि–धनधान्यादि–प्राप्त्यर्थं सकलकामना–सिद्धये च अद्य सायङ्काले षष्ठिदेव्याः सूर्यस्य च पूजनपूर्वकम् अस्तङ्गतमयं सूर्यम् अर्घ्यदानं तथा श्वप्रातःकाले च पूजनपूर्वकम् उदीयमानं सूर्यञ्च अर्घ्यदानमहं करिष्ये।
    (अर्थात्, आज कार्तिक शुक्ल षष्ठी तिथिका दिन सबै दुःखकष्टादि निवारणपूर्वक पुत्र, पौत्र, धन, धान्य प्राप्ति र सबै चाहना पूर्तिका लागि षष्ठी देवीको पूजा गरी म आज साँझमा अस्ताउँदै गरेका सूर्यलाई र भोलि बिहान उदाउँदै गरेका सूर्यलाई पूजन गरी अर्घ्यदान गर्दछु।)

    सामर्थ्यवालाले पूजा सामग्रीसहित नदी–तलाउ आदि जलाशयमा गएर आधा शरीर (नाभिसम्म) जलमा डुबाएर सूर्यको पूजा गरी अर्घ्य दिनुपर्दछ। अशक्तले तामाको थालीमा सूर्यको प्रतिमा बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्नुपर्दछ।

    सूर्यको ध्यानमन्त्र–
    नमः सवित्रे जगदेकचक्षुषे
    जगत्प्रसूति–स्थिति–नाशहेतवे।
    त्रयीमयाय त्रिगुणात्मधारिणे
    विरिञ्चि–नारायण–शङ्करात्मने।।
    तेजोरूपं सहस्रांशुं सप्ताश्वरथगं वरम्।
    द्विभुजं वरदं पद्मलाञ्छनं सर्वकामदम्।।

    ध्यानं समर्पयामि, श्रीसूर्याय नमः।
    आवाहनं समर्पयामि श्रीसूर्याय नमः।
    आसनं समर्पयामि, श्रीसूर्याय नमः। (आसनका लागि कुशको टुक्रा चढाउने।)
    पाद्यं समर्पयामि, श्रीसूर्याय नमः।
    अर्घ्यं समर्पयामि, श्रीसूर्याय नमः।
    आचमनीयं समर्पयामि, श्रीसूर्याय नमः।
    मलापकर्षस्नानं समर्पयामि, श्रीसूर्याय नमः।
    पञ्चामृतं समर्पयामि, श्रीसूर्याय नमः।
    शुध्दोदकस्नानं समर्पयामि, श्रीसूर्याय नमः।
    वस्त्रयुग्मं समर्पयामि, श्रीसूर्याय नमः।
    यज्ञोपतीवतं समर्पयामि, श्रीसूर्याय नमः।
    रक्तचन्दनानुलेपनं समर्पयामि, श्रीसूर्याय नमः।
    आचमनीमं समर्पयामि, श्रीसूर्याय नमः।
    अक्षतान् समर्पयामि, श्रीसूर्याय नमः।
    नानाविधानि पुष्पाणि, पुष्पमालां समर्पयामि, श्रीसूर्याय नमः।

    अङ्गपूजा–
    (फूल, चन्दन र सेता अक्षताले अङ्गपूजा गर्ने)
    ॐ मित्राय नमः, पादौ पूजयामि।
    ॐ रवये नमः, जङ्घे पूजयामि
    ॐ सूर्याय नमः, जानुनी पूजयामि।
    ॐ खगाय नमः, उरू पूजयामि।
    ॐ पुष्णे नमः, गुह्यस्थानं पूजयामि।
    ॐ हिरण्यगर्भाय नमः, कटिं पूजयामि।
    ॐ मरीचये नमः, नाभिं पूजयामि।
    ॐ आदित्याय नमः, जठरं पूजयामि।
    ॐ सावित्रे नमः, हृदयं पूजयामि।
    ॐ अर्काय नमः, स्तनौ पूजयामि।
    ॐ भास्कराय नमः, कण्ठे पूजयामि।
    ॐ अर्यम्णे नमः, स्कन्धौ पूजयामि।
    ॐ प्रभाकराय नमः, हस्तौ पूजयामि।
    ॐ अहस्कराय नमः, मुखं पूजयामि।
    ॐ प्रघ्नाय नमः, नासिकां पूजयामि।
    ॐ जगदेकचक्षुषे नमः, नेत्रे पूजयामि।
    ॐ सवित्रे नमः, कर्णौ पूजयामि।
    ॐ त्रिगुणात्मधारिणे नमः, ललाटे पूजयामि।
    ॐ विरिञ्चि–नारायण–शङ्करात्मने नमः, शिरः पूजयामि।
    ॐ तिमिरनाशिने नमः, सर्वाङ्गं पूजयामि।

    धूपं आघ्रापयामि, श्रीसूर्याय नमः।
    दीपं दर्शयामि, श्रीसूर्याय नमः।
    नैवेद्यं निवेदयामि, श्रीसूर्याय नमः।
    आचमनीयं समर्पयामि, श्रीसूर्याय नमः।
    करोद्वर्तनं समर्पयामि, श्रीसूर्याय नमः।
    फलं, ऋतुफलञ्च समर्पयामि, श्रीसूर्याय नमः।
    ताम्बूलं समर्पयामि, श्रीसूर्याय नमः।
    द्रव्यदक्षिणां समर्पयामि, श्रीसूर्याय नमः।
    नीराजनं समर्पयामि, श्रीसूर्याय नमः।
    मन्त्रपुष्पाञ्जलि समर्पयामि, श्रीसूर्याय नमः।
    प्रदक्षिणा समर्पयामि, श्रीसूर्याय नमः।
    नमस्कारान् समर्पयामि, श्रीसूर्याय नमः।
    विशेषार्घ्यं समर्पयामि, श्रीसूर्याय नमः।

    (विशेषार्घ्य दान गर्दा पनि माथि उल्लेख गरिएका अर्घ्यदानसम्बन्धी पाँच मन्त्रहरूको उच्चारण गरी पाँचपटक अर्घ्यदान गर्नुपर्दछ।)
    यसपछि पूर्णपात्रो, दक्षिणा आदि गरेर तलको मन्त्रले प्रार्थना गर्ने–

    यस्योदये स्याज्जगतः प्रबोधो
    यः कर्मसाक्षी भुवनस्य गोप्ता।
    कुष्ठादिक व्याधिविनाशको यः
    स भास्करो मे दूरितं निहन्यात्।।

    यसरी षष्ठीका दिन बेलुका र सप्तमीका दिन बिहान पूजा गरी ५ पटक मन्त्र उच्चारणपूर्वक विशेष अर्घ्य दिने र कर्म समापन गरी षष्ठीका दिन जाग्राम वसेर सप्तमीका दिन अर्घ्यदान गरेपछि प्रसाद ग्रहण गरी सूर्यपरायण भएर दिन बिताउनुपर्दछ।

    उपसंहार
    छठ पर्व वैदिक कालदेखि नै मनाउँदै आएको जनविश्वास छ। प्रकृतिपूजक नेपाली समाज सूर्य–चन्द्रमालाई प्रत्यक्ष देवता मान्ने र सूर्यको गतिअनुसार यावत् धार्मिक कृत्य सम्पादन गर्ने हाम्रो अनादि परम्परा रहेकाले सूर्यपूजा, चन्द्रमा पूजा अग्निपूजा आदिले पनि यी पर्व, व्रत र उपासनाहरू अनादि कालदेखि गरिँदै आएको छ।

    छठ पर्वलाई एकता एवं सामाजिक सद्भावको पर्वका रूपमा पनि हेर्न सकिन्छ। जलाशयका समीपमा गएर पूजा गर्नेहरूको भीडमा जातीय भेदभाव देखि“दैन भने देशी–विदेशी, हिन्दु–मुस्लिम, पहाडी–मधेसी आदिमा कुनै भेदभाव देखिँदैन। एक–आपसमा सहयोगको भावना विकसित भएको त्यहाँ देख्न सकिन्छ। दसैं–तिहारजस्तै वर्षौंवर्षको भेटघाट पनि यस पर्वले गराउँछ। दसैं, तिहार, छठपर्व एवं होलीजस्ता पर्वले पारिवारिक एवं सामाजिक भेटघाटका लागि विशेष अवसर जुटाएको देख्न सकिन्छ।

    सूर्य प्रत्यक्ष देवता भएकाले सूर्यको किरण वा प्रकाशबाट पहेँले रोग (जन्डिस) जस्ता अनेकौं रोगहरू आफैं निको हुन्छन्। घाम ताप्दा पाइने अनेक प्रकारका किरणले हाम्रो शरीरलाई तातो पार्दा शरीर दुख्ने, पोल्ने, रुघाखोकी, सर्दी आदि रोगहरू पनि स्वतः निको भएर जान्छन्। यो अनुभव गर्न सकिने तथ्य हो। सूर्य शक्तिशाली देवता हुन्।
    जुन सूर्यनारायणको उदयले यो संसारलाई जगाएर प्रेरणा दिएर चराचर जगतलाई कर्ममा तल्लीन गराउनुहुन्छ, प्रेरणा दिनुहुन्छ, संसारलाई कुष्ठी आदि भयानक रोगव्याधिबाट जोगाएर सुरक्षा प्रदान गर्नुहुन्छ, स्वयं कर्मशील भएर सबैलाई समयमा कर्म गर्न प्रेरणा प्रदान गर्नुहुन्छ, यस्ता सूर्यनारायणको उपासना गर्नाले दुःख–दारिद्र्य हटी सकारात्मक ऊर्जा प्राप्त हुन्छ। त्यही ऊर्जाले मानिसमा इच्छाशक्ति जागृत हुन्छ र सकारात्मक सोचाइका साथ अघि बढ्दा धन–धान्य र अप्राप्त लक्ष्मीको प्राप्ति एवं प्राप्त लक्ष्मी चिरकालसम्म जोगाइराख्न सूर्य भगवानले सहयोग पुर्याउनुहुन्छ। अकाल मृत्यु, अपमृत्यु, महामारी आदिबाट सुरक्षा प्रदान गर्नुहुन्छ र सूर्यनारायणको उपासना गर्नाले सम्पूर्ण कामना पूर्ति हुन्छन् भनिएको छ। यसर्थ छठ पर्वमा सूर्यनारायणको उपासना सबै जाति, वर्ण, धर्म, आश्रमका मानिसहरूले गर्न आवश्यक छ।

    Comments

      Dipendra Kumar mandal

      rojgar

      Dipendra Kumar mandal

      kam

      7day agen

      arjun Kumar

      are you ok with you and We hope that is not available for this video guys have a great day ☺️☺️☺️☺️

      अज्ञात
      Reem Adhikari

      footballer

      Reem Adhikari

      409

      Bhuban khanal

      Happy parba

      Riteshyadav

      business

      jaylal ram

      Nepal Hindu rast
      jay Shiree ram

      jaylal ram

      Nepal Hindu rast
      jay Shiree ram 409

      balkishun kharbind

      yo app dherai ramari raheko xa

      balkishun kharbind

      yo app dherai ramari raheko xa


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!