• 48
  • विक्रम संवत् २०७९ सालको सार्वजनिक बिदाहरु
    नेपाली पात्रो > प्रमुख लेख > विक्रम संवत् २०७९ सालको सार्वजनिक बिदाहरु

    विक्रम संवत् २०७९ सालको सार्वजनिक बिदाहरु

    By सन्तोष कुमार देवकोटा
    मार्च 11, 2022

    विक्रम संवत् २०७९ सालको सार्वजनिक बिदाको सूची जारी हिन्दू पञ्चांगमा आधारित नेपालको आदि संवत् ‘विक्रम संवत्’ २०७९ को चाडवाड, उत्सव, पर्व तथा राष्ट्रिय दिवस समेटिएका आधिकारिक बिदाहरुको सूची सरकारले जारी गरेको छ ।

    नेपाल सरकार, गृहमन्त्रालयद्वारा जारी सूचना अनुसार विक्रम संवत् २०७९ मा ५२ दिन शनिवारको विदा रहेको छ भने ४३ दिन चाडवाड, उत्सव, पर्व, राष्ट्रिय, अन्तर्राष्ट्रिय बिदा सहित जम्मा ९५ दिन सार्वजनिक बिदा सार्वजनिक गरेको छ ।

    दसैका लागि असोज १६ गते फूलापाती/फुलपातीको दिन देखि २१ गते द्वादशीसम्म ६ दिन दसैं बिदा सुनिश्चित गरिएको छ भने दिपावली/तिहार बिदा कार्तिक ७ गते देखि ११ गतेसम्म तय गरिएको छ ।

    विक्रम संवतको  ’boutमा
    वैदिक सनातन हिन्दू परम्परा र वैदिक गणनाको आधारमा तयार हुने यसलाई सौर्य पात्रो पनि भनिन्छ । भारतवर्षको उज्जैनमा २२ सय वर्ष पूर्व जन्मिएका राजा विक्रमादित्य ले राजपाठ गरेको मानिन्छ । राज्यमा परोपकार तथा उदारताका पर्यायवाचीका रुपमा प्रसिद्ध उनले विक्रम सम्बतको सुरुवात गरेका हुन् । र यसलाई ३४ इशापूर्वमा लेखिएको दूर्लभ ग्रन्थ ‘ज्योतिर्विदाभरण’ ले पुष्टि गर्दछ । ‘ज्योतिर्विदाभरण’का अनुसार विक्रमादित्यले ५७ इशापूर्वमा सनातन वैदिक गणितको आधारशिलामा विक्रम सम्बतलाई जनमानसमा प्रयोगको लागि शुरुवात गरेका थिए ।

    नेपालमा विक्रम संवतलाई आधिकारिक रूपमा चन्द्र शमशेरले प्रयोग गरेको कुरा दस्तावेजहरुमा उल्लेख भएपनि राजा रामशाहको राजपाठ र त्त्यसअघिबाटै प्रयोग र प्रचलनमा रहेको भेटिन्छ ।

    जारी विदा विक्रम संवत् २०७९ को वैशाख १ गते बिहिबार देखि चैत्र मसान्तसम्म वर्षदिनभरिका लागि सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, नेपाल बाहिर रहेका सरकार/नेपालको कूटनीतिक नियोगको कार्यालयका लागि सार्वजनिक, पर्व, सट्टा बिदा तथा कार्यालय समय निर्धारण गर्नका लागि नेपाल सरकार, गृहमन्त्रालयले पञ्चांग निर्णायक समितिद्वारा जारी पञ्चांगको आधारमा हरेक वर्ष बिदा’bout सूचना जारी गर्ने गर्दछ ।

    (विदेशस्थित नेपाली नियोगहरुले सामान्यतः सम्बन्धीत मुलुकको सार्वजनिक बिदाहरुलाई ध्यानमा राखि बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैले व्यवस्थापन तथा समायोजन गर्ने व्यवस्था रहिआएको छ ।)

    जारी सूची अनुसार शनि’bout बिदाहरुः
    क) वैशाखः ३, १०, १७, २४, ३१
    ख) जेठः ७, १४, २१, २८
    ग) अषाढः ४, ११, १८, २५, ३२
    घ) साउनः ७, १४, २१, २८
    ङ) भदौः ४, ११, १८, २५
    च) असोजः १, ८, १५, २२, २९
    छ) कार्तिकः ५, १२, १९, २६
    ज) मंसिरः ३, १०, १७, २४
    झ) पुस: २, ९, १६, २३, ३०
    ञ) माघः ७, १४, २१, २८
    ट) फागुनः ६, १३, २०, २७
    ठ) चैतः ४, ११, १८, २५

    काठमाण्डौ उपत्यकामा मनाइने जात्रा बिदाहरुः
    क) गाईजात्राः साउन २७ गते शुक्रवार
    ख) इन्द्रजात्राः भदौ २४ गते शुक्रवार
    ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राः जात्रा हुने दिन (नेवा क्यालेण्डर तथा रिती तिथी अनुसार)
    घ) घोडेजात्राः चैत्र ७ गते

    विक्रम संवत् २०७९ को दशैं बिदाः
    क) असोज १६ गते (फूलपाती) आइतवार देखि असोज २१ गते (द्वादशी) शुक्रवार सम्म

    विक्रम संवत् २०७९ को तिहार/दिपावली बिदाः
    क) लक्षमीपूजा कार्तिक ७ गते सोमबारदेखि १० गते बिहीवार भाइटीका सम्म
    १) गाई तिहारः कार्तिक ८ गते मंगलवार
    २) म्हपूजा, नेपाल संवत्, गोवर्द्धनपूजा ९ गते बुधवार
    ३) भाइटीका/किजापूजाः कार्तिक १० गते बिहीवार

    राष्ट्रीय तथा अन्तर्राष्ट्रीय दिवसहरुको बिदाः
    क) विश्व मजदूर दिवस (अन्तर्राष्ट्रीय दिवस) मई १ – वैशाख १८ गते आइतवार
    ख) गणतन्त्र दिवस (राष्ट्रीय दिवस): जेठ १५ गते आइतवार
    ग) संविधान दिवस (राष्ट्रीय दिवस): असोज ३ गते सोमवार
    घ) राष्ट्रीय प्रजातन्त्र दिवसः फागुन ७ गते आइतवार
    ङ) अन्तर्राष्ट्रीय महिला/नारी दिवसः मार्च ८ – फागुन २४ गते बुधवार

    राष्ट्रीय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरुको बिदाः
    क) जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस: जेठ २१ गते शनिवार
    ख) निजामती सेवा दिवसः भदौ २२ गते बुधवार
    ग) राष्ट्रीय एकता दिवस (पृथ्वी जयन्ती): पुस २७ गते बुधवार
    घ) शहीद दिवसः माघ १६ गते सोमवार

    जन्म जयन्ती बिदाः
    क) बुद्ध जयन्तीः जेठ २ गते सोमवार (मुलुकभरि सबैलाई)
    ख) फाल्गुनन्द जयन्तीः कार्तिक २४ गते शुक्रवार (किराँत धर्मावलम्वीहरुलाई)
    ग) गुरु नानक जयन्तीः कार्तिक २२ गते मंगलवार (नेपाली सिख धर्मावलम्बिहरुलाई)

    चाड पर्व तथा उत्सव बिदाहरुः
    क) नयाँ वर्ष वैशाख १ गते बिहीवार
    ख) उभौली पर्व (राई, लिम्बू, याक्खा, सुनुवार, लगायत किराँत समूदाय) तथा चण्डी पूर्णीमा (वैशाख पूर्णिमा) जेठ २ गते सोमवार
    ग) रक्षाबन्धन, जनै पूर्णिमाः साउथ २७ गते शुक्रवार
    घ) श्रीकृष्ण जन्माष्टमीः भदौ ३ गते शुक्रवार
    ङ) घटस्थापनाः असोज १० गते सोमवार
    च) छठ पर्वः कार्तिक १३ गते आइतवार
    छ) किराँत समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पून्ही-ज्यापू दिवस (धान्य पूर्णिमा): मंसिर २२ गते बिहिवार
    ज) इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डेः डिसेम्बर २५ – पुस १० गते आइतवार
    झ) तमु ल्होसारः पुस १५ गते शुक्रवार
    ञ) सोनार ल्होसारः माघ ८ गते आइतवार
    ट) सोनार ल्होसारः माघ ८ गते आइतवार
    ठ) महाशिवरात्रीः फागुन ६ गते शनिवार
    ड) हिमाली आदिवासी जनजातीहरुले मनाउने ग्याल्पो ल्होसारः फागुन ९ गते मंगलवार
    ढ) इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) को दिन
    ण) इस्लाम धर्मावलम्वीहरुको पर्व इद (इद उल फितर) को दिन
    त) फागु पूर्णिमा/फगुवा/होलीः हिमाली तथा पहाडी जिल्ला लगायतका ५६ जिल्लाहरुमा फागुन २२ गते सोमवार तथा तराईका जिल्लाहरु क्रमशः धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (सुस्तापूर्व तथा सुस्ता पश्चिम दुवै), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर मा फागुन २३ गते का दिन

    विक्रम संवत २०७९ को अन्य सम्पूर्ण बिदाहरु’bout जानकारीका लागि नेपाल सरकार, गृहमन्त्रालयद्वारा जारी विज्ञप्ती जस्ताको त्यस्तैः

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4693 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना

    नयाँ वर्ष २०७९ का शुभ साइतहरू

    अप्रील 13, 2022
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    Comments

      रुद्र प्रसाद शर्मा भट्टराई

      ठीक छ।

      विरेन यादब

      सार्वजनिक बिदा हो

      Shyam

      holiday season

      योगेन्द्र कटुवाल

      सार्वजनिक बिदा

      Deepak Chaudhary

      awesome

      dipprakash chaudhary

      सबैको जय होस्

      padam bist

      म खुसी छु

      Ram Autar Mandal

      nice


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!