• 53
  • विश्व उपभोक्ता दिवस
    नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > विश्व उपभोक्ता दिवस

    विश्व उपभोक्ता दिवस

    By Nepali Patro
    मार्च 20, 2017

    विश्व उपभोक्ता दिवस| अन्तर्राष्ट्रिय उपभोक्ता संघ (Consumer International Org.) नाममा इस्वी.सं १९६० अप्रिल १ मा विश्वभरि छरिएर बसेका सम्पूर्ण उपभोक्तामुखी संघ,संस्थाहरुको विभिन्न आवाजहरुको एकै प्रतिनिधित्व जनाउने र उपभोक्ताहरुको हक-हित र अधिकारको वकालत अनि सुनिश्चित गर्ने हिसाबले एक स्वतन्त्र र अधिकारिक संस्था खोलिएको थियो | जुन पछिगएर आजको मितिसम्ममा आउंदा ११५ देशहरुभन्दा बढिमा २२० थप भात्री संघ-संस्थानहरुको एक मातृ संघ भएर उब्रेर आयो र निरन्तर उपभोक्तामुखी भएर अन्तर्राष्ट्रिय रुपमा विश्वभरिका उपभोक्ताहरुको हक-हित र आधारभूत अधिकारहरुको अझ स-सक्त किसिमले सुरक्षित, सबल, प्रबर्द्धन एवं सुनिश्चित गर्नतिर काम गरिरह्यो |

    यस काम एवं उद्धेश्यले अझ बढि ऊर्जा तथा नयाँ आयाम वा भानु एक नौलो दिशा भेट्यो,जब त्यस बेलाका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति “जोन. एफ. केनेडी.ले” इस्वी.सं. १९६२ साल मार्च १५ मा विश्वभरिका उपभोक्ताहरुको हक-हित र आधारभूत अधिकारहरुको पक्षमा वकालत गरेको प्रवचनको प्रभावबाट बनेको ‘उपभोक्तामुखी अधिकारको बिल’ तथा ऐन-कानून सारा विश्वमा संयुक्त राष्ट्रसंघको रेखदेखमा लागु हुनपुग्यो | त्यसपश्चात् पछि गएर उनकै योगदानको सम्झना र कद्दर स्वरूप हरेक अंग्रेजी वर्षको मार्च महिनाको १५ तारिखको दिनलाई “विश्व उपभोक्ता (अधिकार) दिवसको” रुपमा विश्वभर मान्न र मनाइन थाल्यो |

    तसर्थ, विश्वभरिका मुलुकहरुमा उपभोक्ताहरुको हक-हित आधारभूत अधिकारहरुको ’bout चेतना,प्रबर्द्धन एवं अधिकारको मागपूर्ति, संरक्षण तथा सम्मान र त्यसको ठीक विपरित अस्वस्थकर बजार नीति अनि बजार-वस्तु प्रबर्द्धन र अनुत्तरदायी अथवा सामाजिक अन्यायका विरुद्धको लडाईं हेतु हरेक वर्षको मार्च १५ तारिख, विश्व उपभोक्ता(अधिकार) दिवस मनाइन्दै आइरहेको छ | यस दिन विशेषगरी विश्वभरिका संयुक्त राष्ट्रसंघको मातहतमा रहेका विभिन्न उपभोक्तामुखी संघ-संस्थानहरुले आ-आफ्नो कार्य-क्षेत्र, योजना र उद्धेश्यहरुको वार्षिक कार्यगति,प्रगति एवं प्राप्तिको समीक्षा गर्ने गरी विविध किसिमका सरकारी एवं गैर-सरकारी स्तरबाट कार्यक्रमहरु गरी मनाउँछन् | विश्व उपभोक्ता दिवसको चर्चा गरीरहँदा यसले अघि सरेको आठ विशेष आधारभूत अधिकारहरु र चार प्रमुख कार्यक्रमहरुको क्षेत्रगत विषयको नि चर्चा गर्नु जरुरी छ | जुन यस प्रकारका छन् |

    क.आठ विशेष आधारभूत अधिकारहरु :
    १.आधारभूत आवश्यकताको प्रप्ति र सन्तुष्टिको अधिकार,
    २.कुनै पनि वस्तु र सेवाको स्वस्थकर सुरक्षा,
    ३.कुनै पनि वस्तु एवं सेवाको उपयुक्त,सटिक र आवश्यक जानकारी,
    ४.उचित छानबीन र छनौटको अधिकार,
    ५.उपभोक्ताको इच्छा र चाहना अनुरुपको ऐन-कानून एवं सेवा विस्तार,
    ६.असुरक्षित,अस्वस्थकर र असन्तुष्ट सेवा र वस्तुको सटिक भरपाई एवं क्षतिपूर्ति,
    ७ कुनै पनि वस्तु र सेवाको अधिकारिक शिक्षाप्रदयी ज्ञान,

    ख. चार प्रमुख कार्यक्रमहरुको क्षेत्रगत विषय:
    १.उपभोक्तामुखी वित्तीय सेवाहरुको व्यवस्थापन,
    २. खाध्य सुरक्षा, संरक्षण र पोषणको व्यवस्था
    ३. उपभोक्तामुखी विश्वसनीय एवं भरपर्दो र सुरक्षित सूचना र समाचारको व्यवस्था गर्ने र
    ४. उपभोक्ताको न्यायको सुनिश्चितता र सुरक्षा हुन् |

    विश्व उपभोक्ता दिवस|

    Comments

      SUDARSAN GHIMIRE

      OOO Business 41% Target 0 lagat ko businesses

      Mahendra Bishwakarma

      Good nepali people

      md ezajul ali

      Bissesh yo chhaki ma sammajko bissesh abashtha thikgarnnn m shmjhirakhechhu

      siddh nath pandey

      okk

      vikash thapa

      nice

      Jhula Upadhyaya

      very good

      sanjib Waiba

      Nepal

      sanjib Waiba

      Nepal

      sanjib Waiba

      Nepal

      sanjib Waiba

      Nepal

      wwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww

      WWWWWWWQ y years ye at

      Deepmala Chaudhary

      about myself

      mahendra subedi

      mero kundali


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!