अन्तर्राष्ट्रिय नारी दिवस
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > अन्तर्राष्ट्रिय नारी दिवस

अन्तर्राष्ट्रिय नारी दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
मार्च 7, 2021

परिचय-; विश्व नारी दिवस वा अन्तर्राष्ट्रिय महिला दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्ष मार्च महिनाको ८ तारिखको दिन पर्ने गर्छ। आजको यस महत्त्वपूर्ण दिवसको उपलक्षमा सम्पूर्ण नारी स्वरूप दिदी बहिनी, आमा, हजुरआमा लगायत समग्र नारी स्वरूपलाई “नेपाली पात्रो” परिवारको तर्फ बाट मुरी मुरी शुभ-कामना तथा सम्मान व्यक्त गर्दछौ।

पहिले पहिले यस दिन लाई “अन्तराष्ट्रिय महिला दिवस” को नाम बाट पनि चिनिने गरिन्थ्यो, जुन अहिलेको समयमा पनि प्रयोग गर्ने गरिन्छ । यस दिवसको ’boutमा विभिन्न श्रोत, यस दिवस ’bout उपलब्ध जानकारी तथा विवरणहरूको अध्ययन गर्दा “विश्व नारी दिवस” वा “अन्तर्राष्ट्रिय महिला दिवस” १९ औँ शताब्दीको सुरु देखि नै मनाउन थालिएको अनुमान लगाउन सकिने पर्याप्त आधारहरू पाउन सकिन्छ।

यस दिवसको सुरुवातको समयमा यसलाई “अन्तर्राष्ट्रिय तथा विश्व कर्मशील नारी दिवस” भनेर भनिने गरेको दस्ताबेजहरू समेत पाइन्छ। समयको चक्र सँगै जब विस्तारै- बिस्तारै विभिन्न अन्तराष्ट्रिय देशहरूमा यस दिवस मनाउने चलनको विस्तार भए सँगै नाम पनि केही रूपमा रूपान्तरण भएर “विश्व नारी दिवस” हुन गएको हो भन्न सकिन्छ।

विश्वभर नारी हकहित अधिकार
नेपाल लगायत विश्वका प्राय: जसो सबै राष्ट्रहरूमा नारी शक्तिको उत्थान र आधिकारिक समानताका नाराहरू सहित यस दिन भव्यताको साथ मनाउने गरिन्छ। यस अवसरमा संसारमा यस दिवसको ’boutमा “अन्तर्राष्ट्रिय संस्कार तथा संस्कृति” नै विकास भएको छ। यसै अनुरूप विभिन्न गतिविधि र कार्यक्रमहरू गरी “विश्व नारी दिवस” मनाइने गरिन्छ।

विश्व २१ औँ शताब्दीको उत्तरार्ध सम्म आई पुग्दा अहिलेका दिनहरूमा विश्वका हरेक राष्ट्रहरूले विश्व नारी दिवसलाई निरन्तरताको प्रयास अनुरूप, कडा प्रयत्न मार्फत अझ बढी स-शक्त एवम् सचेत भएर विश्वका हरेक नारी र तिनका शक्तिलाई एकतामा बाँध्ने कार्य गरी रहेका छन्। र, उल्लेखित उध्येस्य हरूका पूर्तिको लागी नवीन आयामतिर पूर्ण विश्वासका साथ लम्किनुपर्ने आवश्यकता देखिए अनुरूप पुरै विश्व त्यतातिर लम्किएको अवस्था समेत पनि देख्न सकिन्छ।

नारी दिवसको अवसरमा नेपाल र विश्वभरमा समारोह
विश्वभर रहेका महिला अधिकार सँग सम्बन्धित विभिन्न सरकारी तथा गैर-सरकारी सङ्घ-सस्थाहरु, यस विश्व नारी दिवसको अवसरको दिन विभिन्न सशक्त कार्यक्रमहरू आयोजना गर्ने गर्दछन्। यस्ता कार्यक्रमहरू लैङ्गिक विभेद, महिला माथि हुने घरेलु हिंसा लगायत महिला र पुरुष बिच रहेका विभिन्न असमानताहरूको अन्त्यको लागी अनेकौँ सशक्त अभियानहरूको वकालत गर्दै शान्तिपूर्ण नारा र जुलुस,सभा तथा गोष्ठी, एवं अनेक कार्यक्रमहरू गरी नेपाल लगायत विश्व भर मनाउने चलन रहेको छ।

नेपालमा पनि नारीहरूका हक-हित, तिनका अधिकारहरूको सुनिश्चितता, र हरेक क्षेत्रमा नारी एवम् पुरुषलाई समान अवसरको आधार तथा अधिकारको सुनिश्चितता गर्न यस दिन विभिन्न कार्यक्रम हरू गरी मनाउने गरिन्छ। त्यसै गरी यस उद्देश्य पूर्तिका लागि सबै छेत्रका प्रबुद्ध व्यक्तिहरू एकजुट भई लागिपरेको पनि देख्न सकिन्छ। यस विश्व नारी दिवसको दिन नेपाल र विश्वका केही देशहरूमा महिलाहरूका लागि सार्वजनिक बिदा समेत पनि घोषणा गरिएको छ।

अहिलेको समयमा नेपालमा मात्र नभई संसार भरनै नारीहरूलाई समान सामाजिक अधिकारको अवधारणा भित्र ल्याउने काम भइरहेको छ। र, त्यसै गरी नारीहरूको राजनैतिक, पारिवारिक, शैक्षिक, एवं अन्य अधिकारहरूको लागी सम्बन्धित सरकारी, गैर-सरकारी लगायतका सङ्घ-सस्थाहरुका साथ-साथै महिला अधिकारकर्मीहरूलाई समेत समेटेर बर्सेनि थप ऊर्जा एवं उत्साह प्रदान गर्ने काम गर्दै सारा विश्व नै नारी स-शक्तिकरणको अभिभारा बोकेर अघि बढिरहेको कुरा सबैमा सर्वविदित भएकै विषय हो।

यस दिन नारी दिवसको अवसरमा सरकारी, गैर-सरकारी लगायतका सङ्घ-सस्थाहरुका साथ-साथै महिला अधिकारकर्मीहरू एवम् सर्वसाधारण समेत उपस्थित भएर विभिन्न कार्यक्रमहरूको आयोजनाका साथै अनेक स्थान बाट नारी अधिकार सम्बन्धी प्ले -कार्ड हरू बोकेर र्‍याली हरुको पनि आयोजना गर्ने गरिन्छ।

नेपालमा नारीहरूको अवस्था
आजको यस नारी दिवसको अवसरमा, हामी नेपालीले राष्ट्रको महत्त्वपूर्ण नेतृत्व तहमा समेत नारीलाई छनौट गरेको विषयलाई बेवास्ता गर्न कदापि पनि सकिँदैन। यसरी देशको नेतृत्व तहमा समेत नारीलाई छनौट गरेर राष्ट्रपति जस्तो गरिमामय पदमा हामीले एक नारिनै रोजिसकेका छौ। तर, पनि देशमा रहेको कमजोर कानुन, कानुनी प्रावधान तथा नेपाली समाजमा सदियौँ देखि रहेको पैतृक अनि लैङ्गिक संरचनाका कारण दैनिक जसो समाचार माध्यमहरूमा महिला हिंसाका अनेकौँ घटनाहरू सार्वजनिक हुने गर्दछन् ।

यस्ता घटनाहरूले हामीले आजको दिन मनाउँदै गरेको “नारी दिवस” का कार्यक्रमहरू लगायत हामी सम्पूर्ण नेपालीलाई समेत गिज्याई रहेका छन्। त्यति मात्र हैन कानुनी उपचारको बाटोमा रहेका तगारो र समाजमा रहेका अनेकौँ अड्चनहरूका बिच कति घटनाहरू अनेकन् मुखौटा तथा शक्तिहरूका बिच लुकाइने, दबाइने गरिएको उदाहरण हरू प्रशस्त देखिने गरेका नै छौ।

आजको, यस नारी दिवसको दिन नारी अधिकार प्रति समर्पित भएर सम्पूर्ण अधिकारकर्मी, सङ्घ-संस्था देखि कानुन निर्माता, कानुनका पालनकर्ता तथा राज्य अनि हामी सम्पूर्ण सर्वसाधारण यस्ता जघन्य अपराधहरू प्रति एकजुट भई त्यस्ता अपराध हुनै नदिनका लागि प्रण गरौँ।

अन्त्यमा
नारी र पुरुषलाई एक रथका दुई पाङ्ग्राको रूपमा लिने गरिन्छ, अर्थात् रथ एक पाङ्ग्राले मात्र चल्न सक्दैन। यस्ता कुरा पाठशालामा निबन्धहरू समेत लेख्ने, पढाउने गरिन्छ तर पनि पाठ्यक्रममा भने बाबु -नानी हरूलाई अझै पनि “बाबा अफिस जानु हुन्छ र आमा घरको कम गर्नु हुन्छ” भन्ने खालको बिरोधभास पूर्ण शिक्षा दिने काम भई रहेको छ।

जबकि विद्यालयहरूमा अधिकांश शिक्षकहरूमा पुरुष भन्दा साना विद्यार्थी लाई पठन पाठन गराउने महिला शिक्षिका हरू नै बढी रहेका पाइन्छ। यसरी हेर्दा ती साना नानी हरुले निबन्ध लेख्ने र पढ्ने कुरा र बाहिर देखका कुराहरू मेल नखाने हुँदा कहीँ यी विद्यार्थी हरू नै भ्रमित हुन सक्ने स्थिति रहेको छैन र ?

अहिले को समयमा त पुरुषले घरको काम गर्ने र नारीले बाहिरको काम गर्ने पनि त चलन सुरु भई सकेको छ। यस कारण शिक्षाविद् हरुले अबका पाठ्यक्रमहरू बनाउँदा समय र परिस्थिति अनुसारको पाठ्यक्रम बनाउन तिर पनि ध्यान दिने हो कि ? नत्र ती वाल मस्तिष्कमा ती निबन्धहरूको मात्र छाप पर्‍यो भने पछि आउने पुस्ता पनि नारी भान्छा र पुरुष बाहिरको काम भन्ने बुझेको खण्डमा समस्या अझ जटिल हुन् सक्ने कुरा लाई मध्ये नजर गर्नु पर्ने हुन्छ।

निबन्धमा पढिएझैँ नर (पुरुष) र नारी एकै हुन् र एकले गर्ने काम अर्कोले पनि गर्नुहुने र पर्छ पनि भन्ने बुझाई ठुलोले मात्र हैन विद्यालय स्तर देखिनै शिक्षा दिएर आउँदा दिनहरूका लागि नयाँ सोच र बुझाई भएका नयाँ पुस्ता हरुको उत्पादन गर्नु पर्ने अहिलेको समय को महत्त्वपूर्ण माग हो भन्ने कुरालाई नकार्न सकिँदैन।

आऔँ, आजको दिन हामी सबै ती सम्पूर्ण नारी पात्रहरू, जसले हामीलाई यस संसार देख्न लायक बनाए, ज-जसले हाम्रो यो अमूल्य जीवनमा स्नेह र माया तथा ममताको वर्षा गरेका गरै छन्, र जीवन साथी बनी जीवनका हरेक पाइलाहरूमा साथ दिएका छन्, ती सम्पूर्ण नारीहरू प्रति फेरि पनि कृतज्ञ बनौँ। र, सदा सर्वदा उनीहरूलाई सम्मान गर्ने, र गरिरहने प्रतिबद्धता व्यक्त गर्दै आजको यो नारी दिवस लाई पूर्ण रूपमा सफल बनाऔँ।

Comments

    manishakulung523@gmail.com

    good hellip

    Shailendra Kumar Yadav

    Nari Divasko sukhad kamna…

    yogesh Bogat i

    happy nari diwas all

    amit

    nari laxi ka svrup hoti hi

    Dev Bilash

    I am a social activist and advocate for Women and Child Rights

    Dharmendra Yadav

    very nice calendar

    roshani karmacharya

    Mari diwas ba mahila diwas manaeko smaranko lagi r arule Pani silos vanera ho. yo ati ramro tara adhikarko sathma duty ko Pani aavas kunuprax ahile mahila hinsa aafnai pariwar it’s dherai x purush Pani pidit mahilako halma Kam x tara Pani yo ptrisatta vaneko mahila purush dubaima hunx banana attitude ho kasari dubaima sadvabana lyaune sadprayad garnu parx. ahile varkharsi bsbule xorilai yon hinsa gari cora janmaeko khabar dine ati ranjit netaharu ba shaktibata otprot hune perdonlr aru ashaktamathi shosan garne ki help ahile ta shosan matra garirakhrx kasari hatsune aafsibsta duty gari purush raxek r vxek dubai yedi raxek vaeko vae yo Kira uthdaina so raxek huna janu suvakamans

    test test

    happy nari diwas

    rojit

    informative post

    सुबास चन्द्र बन

    नारीदिवसलाइ भब्यरुपमा सम्मान गरौ नारीदिवसलाइ मेरो तर्फबाट अनगिन्ती शुभकामना

    Anil Kumar mandal

    Women is a. teacher who teach .our beby behaviour and save our cullturs .She Respect men so .We also save our cullturs.women is a great theori . We can lurn knowlege about cullturs. so,We Request my friend safe women.


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!