• 68
  • विश्व खेलकुद पत्रकार दिवस
    नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > विश्व खेलकुद पत्रकार दिवस

    विश्व खेलकुद पत्रकार दिवस

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    अप्रील 21, 2021

    परिचय

    विश्व खेलकुद पत्रकार दिवस, हरेक वर्ष जुलाई २ का दिन विश्वभर मनाइने गरिन्छ। विश्व खेलकुद पत्रकारहरूको सर्वोच्च संस्था ए.आइ.पी.एस (इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन) स्थापना भएको अवसरमा “विश्व खेलकुद पत्रकार दिवस” संसारभर मनाइने गरिन्छ। नेपाल पनि सन् २००६ मा ए.आइ.पी.एसको सदस्य बनेको थियो। फ्रान्सको पेरिसमा सन् १९२४ मा सम्पन्न भएको “गृष्म ओलम्पिक ” (समर ओलम्पिक) को अवसरमा एकै थलोमा भेला भएका खेल पत्रकारहरू मिलेर ए.आइ.पी.एस को स्थापना गरेका थिए। त्यहि दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस दिनको स्थापना १९९४ मा इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन को ७० औँ वार्षिकोत्सवको अवसरमा मनाउन थालिएको हो। 

    जुनै पनि खेलकुद कार्यक्रमहरूलाई चित्र र भिडियो (श्रव्य-दृश्य) को माध्यमबाट खेलकुद प्रेमी हरूको माझ पुर्‍याउने काम गर्नुहुने सम्पूर्ण खेलकुद पत्रकारहरूको सम्मानमा यो दिवस मनाउने गरिन्छ। यो संस्था अफ्रिका, अमेरिका, एसिया र युरोपका देशहरूमा स्थापित भएको छ। खेल-पत्रकारहरू यस संस्थामा आबद्ध भई खेलकुद समाचारहरू सम्प्रेषण, प्रकाशन, प्रवर्द्धन अनि प्रसारण गर्ने काम गर्दछन्।

    खेल पत्रकारहरूको भूमिका

    खेलकुद सम्बन्धी समाचार र खेलकुदका कार्यक्रमहरू लाई दर्शकहरू माझ पुर्‍याउन खेलकुद पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। खेलकुद हुँदै गरेको स्थान बाट आफ्नो जिउ-ज्यान समेत बाजी राखेर क्यामेराको मददले प्रत्यक्ष प्रसारण गर्ने काम समेत खेलकुद पत्रकारहरू कै मेहनतको फल हुने गरेको छ। हामीले घर बसी बसी खेलकुदका समाचारहरू हेर्न उनीहरूकै मेहनतले गर्दा पाएका छौ।  

    नेपालमा खेल पत्रकारिता

    नेपालमा खेलकुद पत्रकारहरूको छाता सङ्गठन नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्ड तथा विभिन्न कार्यक्रमहरू गरेर यो दिवस हरेक वर्ष मनाउँदै आएको छ। नेपालमा खेलकुदका ठुला ठुला कार्यक्रमहरू हुन नसके पनि भएका खेलकुदहरूमा पत्रकारहरूको उपस्थिति र भूमिका भने महत्त्वपूर्ण रहने गर्छ। 

    यो दिवस खेलकुद पत्रकारहरूको हकहित, सुरक्षा र व्यावसायिकताको लागि विश्व भरि मनाउने गरिन्छ। खेल समाचार सम्प्रेषणका क्रममा मृत्युवरण गरेका पत्रकारहरूको नामको सम्झना पनि आजको दिनमा गर्ने गरिन्छ।

    खेल पत्रकार – निष्पक्ष पत्रकारिता

    यस खेल पत्रकारिता खेलसँग सम्बन्धित खबरहरूको एक विशिष्ट प्रकार हो। प्राय सबै मिडिया समूह हरूसँग खेल पत्रकारिताको छुट्टै एउटा विभाग रहेको हुन्छ। आजको युगमा, संसारभरि शान्ति र भ्रातृत्वको खेल प्रवर्द्धन गर्न प्रयोग गर्न सकिने हरेक प्रकारका अवसरहरू सृजना गर्न खेल पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्छ। र, खेलले हामी सबैलाई हरेक काममा निष्पक्ष र इमानदार हुन पनि सिकाउँछ।

    खेल पत्रकारहरूमा ज्ञान

    सबै देश र राष्ट्रहरूबिच शान्ति र सौहार्दताको एउटा राम्रो उदाहरण बसाल्नु नै खेल पत्रकारिताको जिम्मेवारी पूर्ण काम हो।एउटा खेल पत्रकारले खेलको संसारलाई मात्र नभएर सम्पूर्ण विश्वलाई अझ राम्रो बनाउनको लागि भूमिका खेल्न सक्दछ। उसले संसारभरमा शान्ति र  आदर्शको उदाहरण समेत पनि दिन सक्छ। खेलकुद पत्रकारितामा भाषा, अभिव्यक्ति र सञ्चारको ज्ञानको साथ साथै खेलको तौर तरिका र नियमहरूका साथ साथै खेल सँग सम्बन्धित शब्दावलीहरूको  ’boutमा पनि सचेत हुन आवश्यक हुन्छ।

    खेल पत्रकारले मात्र नभई सबै पत्रकार तथा हरेक पेसा मा लागेकाहरूले समयको माग अनुसार आफू लाई अपडेट अर्थात् परिमार्जन गर्न पनि आवश्यक हुन्छ। अनि मात्र खेलकुद र खेल पत्रकारितामा पनि उत्तिकै विकास र सम्भावना हरू प्रस्फुटित हुने छन्। खेल पत्रकारितामा नयाँ प्रविधिको प्रयोग गर्दै यसलाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा पनि खेल पत्रकारितामा लाग्ने हरुले विचार पुर्‍याउनु पर्ने हुन्छ।

    खेल र खेल पत्रकारिताको सम्बन्ध

    खेलकुद र खेल पत्रकारिता एक अर्काका पूरक हुन्। खेल नभएको खण्डमा खेल पत्रकारिताको पनि आवश्यकता नहुन सक्छ। त्यसैले खेलकुद र खेल पत्रकारिताको महत्त्व र सम्बन्ध अहिलेको समयमा धेरै देख्न सकिन्छ। पत्रकारिताको छेत्रमा खेल पत्रकारिताले अलग्गै महत्त्व बोकेको हुन्छ। खेल सम्बन्धी विशेष टिप्पणी एवं समाचार नै खेल पत्रकारिताको विषय हो।

    विभिन्न स्तर जस्तै राष्ट्रिय, अन्तरास्ट्रिय, जिल्ला अनि राज्य स्तर गरी विभिन्न स्तरमा खेलकुदको ’boutमा जानकारी दिने काममा खेल पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। पत्रपत्रिका, रेडियो एवम् टेलिभिजन र अरु डिजिटल माध्यम सहित सबै क्षेत्रमा खेल पत्रकारहरूको उपस्थिति रहेको हुने हुनाले हामीले खेल सम्बन्धी सबैजसो समाचार पढ्न, सुन्न र हेर्न  समेत सक्छौ। यसरी विभिन्न प्रकार र विभिन्न स्तरमा खेलिने खेलहरूको समाचार सम्प्रेषण गर्ने कार्य गर्नुहुने सम्पूर्ण खेल- पत्रकार हरूको भूमिका को ’boutमा छलफल एवम् अन्तरक्रिया तथा विभिन्न कार्यक्रम गरेर खेल-पत्रकारिता दिवस मनाउने गरिन्छ।

    खेल सम्बन्धी विशेष टिप्पणी र विस्तृत समाचार प्रस्तुत गर्ने गराउने र खेल सम्बन्धी सम्पूर्ण जानकारी दिने काम खेल पत्रकारको हुने भएकोले यो एउटा महत्त्वपूर्ण पेसाको रूपमा रहेको कुरालाई कसैले नकार्न सक्दैन । सुस्म र खोजपूर्ण पत्रकारिताको जगको रूपमा खेल पत्रकारिता रहेको हुन्छ। 

    खेल पत्रकारिता को मर्म

    खेलको नियम र तौर तरिका हरुको शब्दावलीको पूर्ण जानकारी र ज्ञान नभएको खण्डमा खेल पत्रकारिता को मर्म भने स्थापित गर्न सकिँदैन। यस पेसामा भाषाको पनि समुचित ज्ञान महत्त्वपूर्ण रहेको हुन्छ, भने सच्चाई प्रकट गर्ने र गराउने साहस हुनु पनि यस पेसाको एक महत्त्वपूर्ण अङ्गको रूपमा हेर्न सकिन्छ। तेज गतिमा लेख्न, र भन्न अनि प्रस्तुत गर्न सक्नु बाट यस पेसामा प्रगति गर्न सकिन्छ। 

    हरेक पेसाको महत्त्व भए झैँ  खेल पत्रकारिता को अझ झन् बढी महत्त्व खेल प्रेमीहरूको रुचि लाई बुझेर ठिक शब्द एवम् भाषाको प्रयोग गर्दै खेल प्रेमी हरूलाई खेलको ’boutमा ठिक जानकारी दिने महत्त्वपूर्ण काम खेल पत्रकारको हुन्छ । यसै कारणले यस पेसालाई एक उत्तम पेसाको रूपमा हेरिने गरिएको छ।

    अन्तमा

    नेपालमा ठुला खालका खेलकुद गतिविधि धेरै हुन नसकेको कारणले गर्दा खेल पत्रकारिता समेत पनि सोचेजस्तो रूपमा अगाडि बढ्न नसकेको देखिन्छ। तर पनि भविष्य राम्रो हुने सम्भावना सधैँ आत्मसात् गर्दै अगाडी बढ्नु नै खेल प्रेमी देखि खेल पत्रकारहरू समेत को अभिभारा हुन आउँछ।  यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

     

    Comments

      ramkumar budhathoki

      football
      game

      8951210138

      prem

      khem Singh Bhandari

      physics project is very important

      sunil sharma

      kheti

      9814520233
      Aryan vsw

      that’s fine any education boys girls just very imperfect in important


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!