• 48
  • विश्व खेलकुद दिवस

    विश्व खेलकुद दिवस

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    अप्रील 6, 2021

    विश्व खेल दिवस:- विकास र शान्तिका लागि अन्तरास्ट्रिय खेल दिवस –  एक परिचय

    विश्व खेल दिवस:- विकास र शान्तिका लागि अन्तरास्ट्रिय खेल दिवस। विश्व खेल दिवस, हरेक वर्ष अप्रिल ६ को दिन संसारभर विभिन्न खेल सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै अवलोकन  तथा मनाउने गरिन्छ। आजको यस विश्व खेल दिवस लाई विकास र शान्तिका लागि अन्तरास्ट्रिय खेल दिवसको रूपमा पनि चिनिन्छ। विश्व खेल दिवस खेलको शक्तिको वार्षिक उत्सव पनि हो। विश्व खेल दिवस, खेल र खेलसँग सम्बन्धित मुद्दाहरूको शक्तिको रूपमा प्रयोग गर्दै समुदायको सामाजिक परिवर्तनको साथसाथै शान्ति र समझदारी बढाउन समेत प्रयोग हुने गर्दछ।

    विश्व खेल दिवस को स्थापना

    संयुक्त राष्ट्र सङ्घको साधारण सभाले विश्व खेल दिवस सन २०१३ को अगस्ट २३ का दिन  स्थापना गरेको थियो। यो दिवस अन्तरास्ट्रिय ओलम्पिक समिति (आइ. ओ. सी) बाट पनि २०१४, अप्रिल ६ देखि बाट समर्थित भएको दिवस हो। विश्व खेल दिवस अप्रिल ६, १८९६ मा ग्रिसको एथेन्समा आयोजित पहिलो ओलम्पिक खेलको उद्घाटनको सम्झनामा मनाउने गरिन्छ।

    विश्व खेल दिवस र खेलकुदको महत्त्व

    खेलकुदले प्रत्येक क्षेत्र र पेसाका कर्मीहरूको विकासमा अभिन्न भूमिका खेल्ने गर्दछ। खेलले स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्दछ र यसले हामी सबैलाई जे गर्छौँ त्यसमा निष्पक्ष र इमानदार हुन समेत पनि सिकाउँछ। विश्व खेल दिवस एक सार्वजनिक र अन्तरास्ट्रिय उत्सव भएता पनि यस दिन कुनै पनि देशहरूमा सार्वजनिक बिदा भने हुँदैन।

    विश्व खेल दिवसको उत्सव र गतिविधिहरू

    विश्व खेल दिवस उत्सव स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नको लागि आयोजना गर्ने गरिन्छ। र, यस दिवसले सम्भव भएसम्म धेरै भन्दा धेरै मानिसहरूलाई खेलमा पहुँच पुर्‍याउन अन्तरास्ट्रिय ओलम्पिक समितिको ध्यान केन्द्रित गर्ने कार्य गर्दछ। विश्व खेलकुद दिवस एक विशेष दिन हो जसले विश्वका अग्रणी खेलहरूका मानिसहरू र एथलीटहरूले समुदायहरूसँग काँध मा काँध मिलाएर काम गर्दै मानिसहरू र त्यस माथि पनि विशेष गरी बच्चाहरूको खेललाई समृद्ध पार्न खेलका विभिन्न अवसरहरू सृजना गर्ने कार्य गर्दछन्।

    संयुक्त राष्ट्र सङ्घ र अन्तरास्ट्रिय ओलम्पिक समिति का गतिविधिहरू

    आई.ओ.सी र संयुक्त राष्ट्र सङ्घ मिलेर खेललाई विश्वभरका देशहरूको समाजमा विभिन्न परिवर्तनका लागि प्रयोग गर्ने एक माध्यमको रूपमा दीर्घकालीन प्रतिबद्धता हरू सहित काम गरी रहेको छ। यस्ता परिवर्तनहरू विभिन्न प्रकारको सामाजिक परिवर्तन हरू हुन सक्छन्। यो उत्सव अवलोकन एवम् मनाउनु को मुख्य उद्देश्य भनेको स्वस्थ जीवनशैलीको विकास, निष्पक्ष प्रतिस्पर्धा, र भ्रातृत्वको भावना विकास गर्नु नै हो जुन उनीहरूका सबैभन्दा महत्त्वपूर्ण भूमिका हरू हुन् आउँछन्।

    यी दुवै सङ्गठनहरू हातेमालो गर्दै, सँगै मिलेर वर्षौँदेखि विभिन्न परियोजना हरूमा काम गरिरहेका छन्। यी सङ्गठनहरूले उध्येस्य पूर्तिका लागि विभिन्न प्रकारका खेल कार्यक्रमहरू प्रयोग गर्ने गरेका छन्, उदाहरणका लागि ओलम्पिक खेल लाई लिन सकिन्छ। यी प्रयासहरू खास गरी सांस्कृतिक समझदारीको लागि तथा शिक्षा, सामाजिक विकास, स्वास्थ्य, र सर्वसाधारण जनताको अर्थतन्त्र सुधार गर्न का लागि समेत आवश्यक रहेको हुन्छ।

    हरेक खेल वा खेलले संसार परिवर्तन गर्ने शक्ति बोकेको हुन्छ भन्ने कुरालाई नकार्न हुँदैन र सकिँदैन पनि। हो, प्रत्येक खेलले संसार परिवर्तन गर्ने शक्ति र सामर्थ्य बोकेको हुन्छ। खेलकुद एक मौलिक अधिकार समेत पनि हो। खेल, स्कुल तथा विद्यालय जाने बाल-बच्चाहरूका साथै वयस्कहरूको लागि समेत पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ। खेलकुदले सामाजिक सम्बन्धलाई बलियो र पोषिलो बनाउन समेत पनि अत्यन्तै महत्त्वपूर्ण र शक्तिशाली भूमिका खेल्ने गर्दछ। खेलले दिगो विकास, शान्ति, र एकताको भावना को साथै सम्मान लाई बढावा दिन समेत एक उत्प्रेरकको रूपमा भूमिका खेल्ने गर्दछ। 

    खेल र स्वास्थ्यमा यसको फाइदा

    खेलकुद र विभिन्न प्रकारको शारीरिक गतिविधि को माध्यमबाट, हरेक व्यक्तिले आफ्नो अद्वितीय व्यक्तिगत कौशलका साथै सामूहिक शक्तिको समेत विकास गर्न सक्दछन्। खेल र शारीरिक गतिविधि हरूले हामीलाई एक अर्काको नजिक आउन मद्दत गर्नुका साथै यसले हाम्रो स्वास्थ्य सुधार गर्न रचनात्मक तरिकाहरूको माध्यम बाट समेत पनि मद्दत गर्ने गर्दछ।

    त्यस कारण, अन्तरास्ट्रिय खेल दिवसले शारीरिक गतिविधि, र खेलले समुदाय तथा संसारभरका प्रत्येक व्यक्तिको जीवनमा खेल्न सक्ने भूमिकालाई चिन्न सक्ने भरपुर अवसरहरू प्रदान गर्ने गर्दछ।

    नेपालमा विश्व खेल दिवस 

    नेपालमा पनि प्रत्येक वर्ष विश्व खेल दिवस विभिन्न कार्यक्रमहरू गरी अवलोकन गर्ने र मनाउने गरिन्छ। खेलमा लागेका खेलकर्मीहरू का साथै युवा खेलाडी वा अनुभवी खेल पेशेवरहरू यस उत्सव मनाउने उपलक्षमा यस दिन मैदान ओर्लिने गर्दछन्। विभिन्न खेलकुदका खेल प्रशंसकहरू, खेल प्रेमीहरू, र परिवारजनका साथै सबै प्रकारका खेलहरूको खेलाडीहरू यस दिन खेलका विशिष्ट स्थानहरूका साथै अन्य स्थानहरूमा भेला हुने गर्छन् र यस दिनलाई भव्यताका साथ मनाउने गर्दछन्।

    फुटबल खेलाडीहरू उनीहरूको ट्याकलहरू, पासहरू, लामो किकहरू, छोटो किकहरू, अफसाइडहरू चार्ज गर्न बिर्सँदैनन् र विपक्षीको गोल पोस्टमा गोल हान्ने कार्य गर्ने गर्दछन्। यसै गरी, हामी भलिबल खेलाडीहरू लाई  पनि कहाँ बिर्सन सक्दछौँ र जसले ‘यो उत्सवको अवसरमा अधिक भन्दा अधिक राम्रो खेल प्रदर्शित गर्दै उत्कृष्ट खेल दर्शक सामु पस्किने प्रयास गर्ने गर्दछन्। 

    लामो दौड, छोटो दौड, वाकाथन, आदि पनि यस विश्व खेल दिवस को प्रेम का लागी आयोजित गर्ने गरिन्छ। आधा म्याराथन र पूर्ण म्याराथनहरू समेत पनि यस विश्वव्यापी उत्सवको दौरान आनन्द दिने र लिने अवसरको रूपमा यस खेल दिवस अन्तर्गत मनोरञ्जन प्रदान गर्ने खेलकुदको रूपमा राष्ट्रव्यापी रूपमा आयोजना गर्ने गरिन्छन्।

    गोल्फरहरूले समेत लिङ्क्स र पट्समा पनि हिट गरी तोकिएको समय भन्दा कम्तीमा नौ थप प्वालहरू प्राप्त गर्दै यस दिवसमा उक्त खेल प्रेमी हरूलाई खेलको आनन्द प्रदान गर्छन्। नबिर्सनुहोस्, हुप्सटरहरू (बास्केटबल खेलाडीहरू) पनि यस वार्षिक उत्सवको लागि तयारी गर्दै विभिन्न प्रतियोगिता मार्फत खेल प्रदर्शन गर्दै यस खेल दिवस लाई सार्थक बनाउन भरपुर मेहनत गर्ने गर्दछन्। खेल दिवस मनाउने क्रममा खेल पत्रकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहने गर्छ किनकि उनीहरूकै योगदानले गर्दा हामी खेल सम्बन्धी सूचना तथा समाचार हरू घर बसी हेर्न सक्छौ।

    कसरी यो दिन मनाउने गरिन्छ 

    विश्व खेल दिवस उत्सव विभिन्न ठाउँमा विभिन्न तरीकाले मनाउने गरिन्छ। खेल प्रेमी व्यक्तिहरू, साथी-भाइहरू वा परिवारका सदस्यहरूसँग भेला हुने र साधारण खेलहरू खेलेर आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने र स्वास्थ्य स्थिति अझ राम्रो बनाउने कार्य गर्न सक्छन्। आउनुहोस्, परिवार वा साथीहरूसँग यस दिवस सफल पार्न को लागी उपलब्ध कुनै पनि प्रकारका खेलहरू खेल्नुहोस् चाहे त्यो बाहिर खेलिने खेल होस् वा इनडोर खेलहरू नै किन नहोस्। खेल प्रेमीहरूले यस महत्त्वपूर्ण खेल उत्सवको दिनमा टेलिभिजनमा प्रसारण हुने सम्पूर्ण परिवारको मन पर्ने खेलहरू हेरेर आनन्द लिँदै यस खेल दिवस मनाउने काम पनि गर्न सक्दछन्। 

    अन्तमा

    यदि तपाईँ बाहिर जानुहुन्छ र खेल्नुहुन्छ, तर तपाईँको कौशल स्तर खेलमा कम भयो भनेर व्याकुल नहुनुहोस्। खेलको भरपुर रमाइलो लिनुहोस् तथा रमाइलो गर्नुहोस् र शारीरिक गतिविधिको आनन्द लिनुहोस्, यो नै खेलको रमाइलो पक्ष हो। तपाईँले खेलका ती क्षणहरू र तपाईँले खेल्नुहुने खेलको आनन्द लिनु नै सबभन्दा महत्त्वपूर्ण कुरा हो।  

    यो दिन साथीहरू र परिवार सँग समय बिताउँदै, एक दिन को लागी भए पनि अभ्यास गर्न सकिन्छ तसर्थ एक दिनको लागी भए पनि कुनै एक मन पर्ने मनोरञ्जनात्मक खेलको आनन्द र खेल दिवस को उत्सव मनाउने अवसर लाई भरपुर सदुपयोग गर्ने गरौँ। विश्व खेलकुद दिवस मनाउन र अनुभव गर्नका लागि मात्र यो उत्तम दिन वा मार्ग नभएर यो त जीवन जिउने कला वा भनौँ जीवन मनाउने एउटा सब भन्दा उत्तम तरिका समेत पनि हो।

    खेलकुदले विभिन्न मोटर कौशल (motor-skill) विकासमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्दछ, साथै खेलाडीहरूलाई निष्पक्ष खेल, आपसी समझदारी, आदि जस्ता विभिन्न गुणहरू विकास गर्न समेत ठुलो मद्दत गर्ने गर्दछ। विश्व खेलकुद दिवसको अवसरमा विभिन्न स्तरमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेर नेपाल भर विभिन्न स्थानहरू मा मनाउने गरिन्छ। 

    यस अवसरमा सामुदायिक स्तर, राष्ट्रिय स्तर, जस्ता विभिन्न स्तरमा आयोजना गरिएका खेलकुद प्रतियोगिताहरू बाहेक, यो दिन सबै प्रकारका खेल र खेलको महत्त्व एवम् लाभको ’bout आम जनतामाझ विभिन्न छलफल र अन्तर्क्रिया आदान प्रदान गर्ने पनि गरिन्छ। आउँ आजै देखि, यस विश्व खेल दिवसको दिनको उपलक्षमा प्रण गरौँ, हामी सबै हरेक दिन कुनै एक वा धेरै प्रकारका खेल र शारीरिक गतिविधि हरूमा सम्मिलित भई स्वछ र स्वस्थ जीवन यापन गर्ने कार्यको थालनी गरौँ।

    विश्व खेल दिवसको उपलक्षमा नेपाली पात्रो प्रयोगकर्ता एवम् ब्लग पढनु हुने सम्पूर्ण  पाठक वृन्द हरूमा शुभ -कामना।

     

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4754 (16) { ["term_id"]=> int(13) ["name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["slug"]=> string(18) "international-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(13) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["parent"]=> int(0) ["count"]=> int(43) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(13) ["category_count"]=> int(43) ["category_description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["cat_name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["category_nicename"]=> string(18) "international-days" ["category_parent"]=> int(0) } } international-days अन्तराष्ट्रिय दिवस

    विश्व पर्यटन दिवस

    जुलाई 1, 2020
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4805 (16) { ["term_id"]=> int(13) ["name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["slug"]=> string(18) "international-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(13) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["parent"]=> int(0) ["count"]=> int(43) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(13) ["category_count"]=> int(43) ["category_description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["cat_name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["category_nicename"]=> string(18) "international-days" ["category_parent"]=> int(0) } } international-days अन्तराष्ट्रिय दिवस

    विश्व शान्ति दिवस

    जुलाई 1, 2020
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4720 (16) { ["term_id"]=> int(13) ["name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["slug"]=> string(18) "international-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(13) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["parent"]=> int(0) ["count"]=> int(43) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(13) ["category_count"]=> int(43) ["category_description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["cat_name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["category_nicename"]=> string(18) "international-days" ["category_parent"]=> int(0) } } international-days अन्तराष्ट्रिय दिवस

    विश्व आदिवासी दिवस

    जुलाई 1, 2020
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4757 (16) { ["term_id"]=> int(13) ["name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["slug"]=> string(18) "international-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(13) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["parent"]=> int(0) ["count"]=> int(43) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(13) ["category_count"]=> int(43) ["category_description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["cat_name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["category_nicename"]=> string(18) "international-days" ["category_parent"]=> int(0) } } international-days अन्तराष्ट्रिय दिवस

    Comments

      RANJAN GAJIREL UPADHYAYA

      Namaskar Hajur
      Mero Ghar Asssam tezpur (Tupia) ho r
      hajur ko no dina saknu hunxa

      chida

      Need translation

        सन्तोष कुमार देवकोटा

        Namaskar! Please follow this link for the translation https://blog.nepalipatro.com.np/?p=2311

      mangal sah

      samachar

      amodh

      bat boll

      Tani sahani

      cricket player


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!