• 93
  • विश्व जनसङ्ख्या दिवस

    विश्व जनसङ्ख्या दिवस

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    जुन 28, 2021

    विश्व जनसङ्ख्या दिवस। जुलाई ११ को दिन हरेक वर्ष विश्व जनसङ्ख्या दिवस मनाउने गरिन्छ। यो दिवस संसारभर जनसङ्ख्या सम्बन्धी विषयहरूमा चेतना जगाउने उद्देश्यका साथ मनाउने गरिन्छ। सन १९८९ मा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) ले जनसङ्ख्या दिवस मनाउन सुरु गरेको थियो। विश्व जनसङ्ख्या दिवस सार्वजनिक चाखबाट प्रेरित भई संसारको जनसङ्ख्या ५ अर्ब पुगेको दिन स्थापना गरिएको थियो। “फाईब बिलियन डे”, भनेर समेत चिनिने उक्त दिन भने १९८७ को जुलाई ११ मा परेको थियो। विश्वको जनसङ्ख्या १ अक्टोबर २०११ मा ७ अर्ब पुगेको थियो। पछिल्लो तथ्याङ्क अनुसार विश्वको जनसङ्ख्या ८.११ अर्ब रहेको छ।   

    परिवार नियोजनको महत्त्व, गरिबी, लैङ्गिक समानता, मातृ स्वास्थ्य र मानव अधिकार जस्ता जनसङ्ख्या सँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूको सन्दर्भमा जनचेतना अभिवृद्धि गर्दै यो दिवस मनाउने गरिन्छ। सामान्य अवस्थामा जनसङ्ख्या वृद्धिले हामी कसैलाई पनि खासै असर गर्दैन भनेर सोच्ने गरिएता पनि वास्तविकता भने त्यो होइन। अधिक जनसङ्ख्यालाई अधिक खाना तथा अधिक शक्तिको आवश्यकता पर्दछ। जनसङ्ख्या वृद्धिको अनुपातमा खाना र शक्तिको आवश्यकता पूर्ति गर्न र त्यो चक्र जारी राख्न गाह्रो हुँदै जाने छ। यसरी जनसङ्ख्या वृद्धिको अनुपातमा सबैलाई बचाउन गरिने भिन्न भिन्न गतिविधिहरूले जलवायु परिवर्तनमा समेत ठुलो योगदान पुर्‍याई रहेको छ। हामी पृथ्वीको जुनसुकै स्थानमा बसोबास गरेता पनि हामी सबैलाई भने यसले समान असर गर्दछ।

    जनसङ्ख्याको बढ्दो समस्याहरू माथि प्रकाश पार्दै, वातावरणमा समेत त्यसले पार्ने नकारात्मक प्रभावहरूको विषयमा जनचेतना बढाउने कार्य गर्दै मनाइने भएकाले विश्व जनसङ्ख्या दिवस ले ठुलो महत्त्वको बोकेको छ। यो दिवसको प्रमुख उद्देश्य प्रत्येक व्यक्तिमा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु हो भने यसले परिवार नियोजनको महत्त्वलाई पनि उच्च प्राथमिकतामा राखेको छ। यो उत्सव, विश्वमा अहिले विद्यमान रहेको प्राकृतिक स्रोत माथि जनसङ्ख्याको असमान वितरण, जोखिम र परिणामहरूमा विशेष रूपमा केन्द्रित रहेको छ।

    नेपालको राष्ट्रिय जनगणना – २०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। जसमध्ये पुरुषको सङ्ख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको सङ्ख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) रहेको छ। नेपालीको औसत आयु ७०.५ वर्ष छ, जसमा महिलाको औसत आयु ७१.९ वर्ष र पुरुषको ६९ वर्ष छ। 

    फ्रान्स र ग्रिस लगायत स्यान मरिनो (स्यान मरिनो उत्तर-मध्य इटालीले घेरिएको हिमाली माइक्रो स्टेट हो जुन विश्वको सबैभन्दा पुरानो गणतन्त्रहरूमा पर्छ) को सबै भन्दा उच्च आयु -सम्भाव्यता ८३ वर्ष रहेको पाइन्छ।

    विश्व जनसङ्ख्या दिवसको २०१८ को उत्सवमा केन्द्रित विषयवस्तु (थिम) “परिवार नियोजन: एक मानव अधिकार हो”, थियो। प्रत्येक वर्ष जनसङ्ख्या दिवसको विषयवस्तु भने फरक फरक चयन गरिएको हुन्छ। विश्व जनसङ्ख्या दिवस २०२० को विषयवस्तु “महिला र वालिकाहरूको स्वास्थ्य र अधिकार कसरी सुरक्षित गर्ने” राखिएको थियो। त्यसै गरी २०२१ मा “प्रजनन क्षमतामा कोभिड-१९ महामारीको प्रभाव” राखिएको थियो। “लैङ्गिक समानताको शक्तिलाई मुक्त गर्दै” भन्ने विषयवस्तुमा केन्द्रित भएर २०२३ को विश्व जनसङ्ख्या दिवस मनाइएको थियो। प्रत्येक सेकेन्ड विश्वमा ४.३ व्यक्तिले जन्म लिन्छन् भने २ व्यक्तिले मृत्यु वरण गर्छन्।  

    विश्व जनसङ्ख्या दिवसले हाम्रो जीवनमा जनसङ्ख्या वृद्धिले कसरी र के-कस्ता प्रभावहरू पार्छ भन्ने कुरा प्रस्ट पार्ने गर्दछ। विश्व जनसङ्ख्या दिवसको दिन सबैले भविष्यमा केन्द्रित भई जनसङ्ख्या बुद्धिलाई कम गर्न सकिने उपाय र प्रयासहरूमा जोड दिनु पर्छ। जनसङ्ख्याको वृद्धिले हाम्रा छोरा-छोरी, नाति नातिना र पनाति सम्म लाई असर पार्ने भएकाले हाम्रो सम्पूर्ण ध्यान जनसङ्ख्या-वृद्धि लाई न्यूनीकरण गर्ने उपायहरू माथि केन्द्रित हुनु पर्ने आजको मुख्य आवश्यकता हो।

    विश्व जनसङ्ख्या दिवस, हामी नेपालीको लागि एक नयाँ उत्सव भएता पनि उपलब्ध रहेका विभिन्न सञ्चार माध्यमहरू मार्फत यसलाई प्रचार गर्दै जनमानस सामु यसका उद्देश्यहरूको जानकारी दिलाउन सकिन्छ। आजको दिन, हामीले साथीभाइ र परिवारसँग पनि यस दिवस छलफल गर्दै मनाउन सक्छौ। हरेक व्यक्ति अनि समाजलाई जागरूक बनाउँदै हामी सबैले आफ्नो सामाजिक सञ्जाल लगायतको माध्यमहरू प्रयोग गर्दै सबैलाई यो दिवसको सन्दर्भमा जानकारी दिन सक्छौँ। आउनुहोस्, हामी सबै मिलेर आजको विश्व जनसङ्ख्या दिवसको अवसरमा जनसङ्ख्या वृद्धिको चाप कम गर्दै सबैको अधिकार को सम्मान गर्दै अगाडी बढ्ने प्रण गरौँ। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

    विश्व जनसङ्ख्या दिवस जनसङ्ख्या सम्बन्धी विषयहरूमा चेतना जगाउने उद्देश्यका साथ संसारभर मनाउने गरिन्छ।

    Comments

      सुन्दर राई

      मनुष्य भै जन्मिएँ र अरू को लागि केई गर्छु भन्ने सोच कसैमा छैन भने त्यो विश्व जनसंखया गणना मा नपरेकै नै उचीत छ।

      chandeshwar Sah

      Ramro

      रामनाथ यादव

      भगवान् ले सबै भन्दा सुन्दर, बुद्धिमान, ताकतवर, प्राणी मानीस लाई बनाईयो तर सबै भन्दा अप्राध गर्ने, अमानवीय कार्य, चोरी डकैती, लुटमार, ब्लातकार, भ्रष्टाचार, एक अर्कालाई दुख दिने अमानविय कार्य गर्ने मानिस नै हो भने जनसंख्या दिवस मनाएको के काम

      hark thapa

      jjhjhklexv


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!