
विश्व वातावरण दिवस
विश्व वातावरण दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्षको जुन ५ तारिखको दिन विश्व स्तरमा बढ्दो किसिमको प्रदूषण र खराबीका कारण बिग्रिँदो विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वास्थ्यकर बनाइ राखी प्रकृति र हामी बस्दै गरेको पृथ्वीको बचाऊ गर्नका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ।
इस्वी सं. १९७२ जुन ५ देखि १६ तारिखको दिनसम्म बसेको संयुक्त राष्ट्रसङ्घको मातहतमा रहेको संयुक्त राष्ट्रिय वातावरण कार्यक्रम अर्थात् यु.एन.इ.पी.को निर्णय अनुसार विश्व स्तरको विद्यमान वातावरणीय खराबी, समस्याहरू र चुनौतीहरूको सम्बोधन प्राकृतिक हिसाबले स्वास्थ्यकर वातावरण विश्व मानव जातिको निमित्त लायक बनाउन आवश्यक चेतनामूलक अभियानहरू र कार्यक्रमहरू गर्ने अभिप्रायले पहिलोपल्ट इस्वी सं. १९७३ जुन ५ मा विश्व वातावरण दिवस ‘वातावरण बचाऊ र भएको एउटै जीवयुक्त पृथ्वी बचाऊ’ भन्ने नारासहित मनाइएको थियो।
विश्व वातावरण दिवस एक विश्व स्तरमा वार्षिक रूपले मनाइने विश्व स्तरको अभियान हो। जसले वातावरणसित प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने वातावरणीय दृष्टिकोणबाट लाग्ने समस्याहरू जस्तै फोहर मैला, प्रदूषित केमिकल,खाद्यान्नको कमी, वन जङ्गलको खडेरी प्राकृतिक प्रकोप र विनाश, बढ्दो विश्वको तापक्रम आदिको वृहत् रूपमा सम्बोधन गर्ने र त्यसको समस्याहरू र चुनौतीको समाधान गर्न आवश्यक कार्यक्रम ए योजनाहरूको निर्क्योल तथा तर्जुमा गर्ने काम गर्दछ वा गर्न मद्दतकार भूमिका निभाउँदछ।
विश्वभरिका मानिसहरू वातावरण सँग सम्बन्धित काम गर्ने विविध सङ्घसंस्थाहरू र विभिन्न राष्ट्रहरूसमक्ष संसारमा विद्यमान वातावरणीय दृष्टिकोणबाट देखिएका समस्याहरू चुनौतीको अवगत गराउने, तिनको संरक्षण र समाधानको लागि गर्नुपर्ने आवश्यक पहल तथा अभियानका कामहरू कार्यान्वयन, जागरण तथा चेतना जगाउन प्रमुख भूमिकाको रूपमा बर्सेनि मनाइने विश्व वातावरण दिवसको दिनले विशेष भूमिका खेल्ने गर्दछन्। हरेक वर्ष मनाइने विश्व वातावरण दिवसको दिन विशेष तर्जुमा गरिएका विविध वार्षिक नाराहरू अनुरूप मनाइने वातावरण दिवसको थप प्रभावकारिता ल्याउनको निमित्त योजनाबद्ध तरीकाले बर्सेनि मनाइन्छ। इस्वी सं. १९७३ बाट सुरु भएको विश्व वातावरण दिवसले वर्तमान समयसम्म आउँदा बर्सेनि निश्चित गरिएका वार्षिक अभियानमुखी नारा र कार्य योजना अनुरूपका कार्यसम्पादन तथा तर्जुमा गर्दै आएको छ।
विश्व वातावरण दिवसले विश्व वातावरणको बचाऊ संरक्षण संशोधन गरी हुनसक्ने प्राकृतिक विपत्तिलाई तार्ने, वातावरण मैत्री विश्व स्तरीय कार्य योजना र ऐन नीति कार्यान्वयन गर्न र गराउन मद्द्तगार भूमिका खेल्ने मुख्य उद्देश्यहरू राख्दछ।
जुन 5, 2022 3 वर्षहरु
new herne
जुन 5, 2022 3 वर्षहरु
date
जुन 5, 2023 2 वर्षहरु
Kati diwas manaune Kam kuro ekayira kumlo boki thimi tira. sadhai batawran diwas manau swoxa Banu.
जुन 5, 2023 2 वर्षहरु
good response.
जुन 5, 2023 2 वर्षहरु
very good.
जुन 8, 2023 2 वर्षहरु
saud Nara doti seyal 6
जुन 27, 2023 2 वर्षहरु
Babaran kritim vandapani prakritik sristheekartale junrupma srijanuvo BigarnetaHami Papi Manisharu hou