विश्व वातावरण दिवस
विश्व वातावरण दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्षको जुन ५ तारिखको दिन विश्व स्तरमा बढ्दो किसिमको प्रदूषण र खराबीका कारण बिग्रिँदो विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वास्थ्यकर बनाइ राखी प्रकृति र हामी बस्दै गरेको पृथ्वीको बचाऊ गर्नका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ |
इस्वी सं. १९७२ जुन ५ देखि १६ तारिखको दिनसम्म बसेको संयुक्त राष्ट्रसङ्घको मातहतमा रहेको संयुक्त राष्ट्रिय वातावरण कार्यक्रम अर्थात् यु.एन.इ.पी.को निर्णय अनुसार विश्व स्तरको विद्यमान वातावरणीय खराबी, समस्याहरू र चुनौतीहरूको सम्बोधन प्राकृतिक हिसाबले स्वास्थ्यकर वातावरण विश्व मानव जातिको निमित्त लायक बनाउन आवश्यक चेतनामूलक अभियानहरू र कार्यक्रमहरू गर्ने अभिप्रायले पहिलोपल्ट इस्वी सं. १९७३ जुन ५ मा विश्व वातावरण दिवस ‘वातावरण बचाऊ र भएको एउटै जीवयुक्त पृथ्वी बचाऊ’ भन्ने नारासहित मनाइएको थियो |
विश्व वातावरण दिवस एक विश्व स्तरमा वार्षिक रूपले मनाइने विश्व स्तरको अभियान हो | जसले वातावरणसित प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने वातावरणीय दृष्टिकोणबाट लाग्ने समस्याहरू जस्तै फोहर मैला, प्रदूषित केमिकल,खाद्यान्नको कमी, वन जङ्गलको खडेरी प्राकृतिक प्रकोप र विनाश, बढ्दो विश्वको तापक्रम आदिको वृहत् रूपमा सम्बोधन गर्ने र त्यसको समस्याहरू र चुनौतीको समाधान गर्न आवश्यक कार्यक्रम ए योजनाहरूको निर्क्योल तथा तर्जुमा गर्ने काम गर्दछ वा गर्न मद्दतकार भूमिका निभाउँदछ |
विश्वभरिका मानिसहरू वातावरण सँग सम्बन्धित काम गर्ने विविध सङ्घसंस्थाहरू र विभिन्न राष्ट्रहरूसमक्ष संसारमा विद्यमान वातावरणीय दृष्टिकोणबाट देखिएका समस्याहरू चुनौतीको अवगत गराउने, तिनको संरक्षण र समाधानको लागि गर्नुपर्ने आवश्यक पहल तथा अभियानका कामहरू कार्यान्वयन, जागरण तथा चेतना जगाउन प्रमुख भूमिकाको रूपमा बर्सेनि मनाइने विश्व वातावरण दिवसको दिनले विशेष भूमिका खेल्ने गर्दछन् | हरेक वर्ष मनाइने विश्व वातावरण दिवसको दिन विशेष तर्जुमा गरिएका विविध वार्षिक नाराहरू अनुरूप मनाइने वातावरण दिवसको थप प्रभावकारिता ल्याउनको निमित्त योजनाबद्ध तरीकाले बर्सेनि मनाइन्छ | इस्वी सं. १९७३ बाट सुरु भएको विश्व वातावरण दिवसले वर्तमान समयसम्म आउँदा बर्सेनि निश्चित गरिएका वार्षिक अभियानमुखी नारा र कार्य योजना अनुरूपका कार्यसम्पादन तथा तर्जुमा गर्दै आएको छ |
विश्व वातावरण दिवसले विश्व वातावरणको बचाऊ संरक्षण संशोधन गरी हुनसक्ने प्राकृतिक विपत्तिलाई तार्ने, वातावरण मैत्री विश्व स्तरीय कार्य योजना र ऐन नीति कार्यान्वयन गर्न र गराउन मद्द्तगार भूमिका खेल्ने मुख्य उद्देश्यहरू राख्दछ|
जुन 5, 2022 3 वर्षहरु
new herne
जुन 5, 2022 3 वर्षहरु
date
जुन 5, 2023 2 वर्षहरु
Kati diwas manaune Kam kuro ekayira kumlo boki thimi tira. sadhai batawran diwas manau swoxa Banu.
जुन 5, 2023 2 वर्षहरु
good response.
जुन 5, 2023 2 वर्षहरु
very good.
जुन 8, 2023 2 वर्षहरु
saud Nara doti seyal 6
जुन 27, 2023 2 वर्षहरु
Babaran kritim vandapani prakritik sristheekartale junrupma srijanuvo BigarnetaHami Papi Manisharu hou