• 46
  • विजया दशमी २०८० को टीकाको उत्तम साइत, कुन देशमा कतिबेला छ ?
    नेपाली पात्रो > चाडपर्व > विजया दशमी २०८० को टीकाको उत्तम साइत, कुन देशमा कतिबेला छ ?

    विजया दशमी २०८० को टीकाको उत्तम साइत, कुन देशमा कतिबेला छ ?

    By Nepali Patro
    अक्टोबर 12, 2023

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८० सालको बडादशैं (विजया दशमी)को टीका ग्रहणका लागि विभिन्न देश अनुसारको शुभ साइत सार्वजनिक गरेको छ ।

    हरेक देशको स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने गरेको हुन्छ । नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा या अन्य देशहरुमा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ । त्यसैले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ । नेपालको पञ्चाङ्ग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ।

    विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चाङ्गअनुसार चाडपर्व मनाउदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८० सालको बडादशैंमा विभिन्न देशका लागि टीका ग्रहण गर्ने शुभ साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा यही २०८० असोज २२ गते जारी प्रेस विज्ञप्तिमा लेखिएको छः “यस समितिको २०८०/०६/२१ गते बसेको बैठकको निर्णय अनुसार विभिन्न देशमा वसोवास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइत सम्बन्धमा जिज्ञासा राखिएकाले विजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना सहित देहायका देशहरुमा निम्नानुसारको शुभ साइत रहेको ब्यहोरा यो विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।”

    विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–

    स्थान र देशदशमीसाइत
    काठमाडौ, नेपाल७ कार्तिक २०८०प्रातः ११ः०२ बजे
    देहली, भारत२४ अक्टोबर २०२३प्रातः १०:५५ बजे
    न्युयोर्क, अमेरिका२३ अक्टोबर २०२३प्रातः १०:४७ बजे
    केन्टुकी, अमेरिका२३ अक्टोबर २०२३प्रातः ११:३१ बजे
    टेक्सास, अमेरिका२३ अक्टोबर २०२३प्रातः ११:०३ बजे
    वासिंगटन डिसी, अमेरिका२३ अक्टोबर २०२३प्रातः १०:५३ बजे
    क्यालिफोर्निया, अमेरिका२३ अक्टोबर २०२३प्रातः १०:३१ बजे
    टोरन्टो, क्यानडा२३ अक्टोबर २०२३प्रातः ११:१७ बजे
    भ्यानकुभर, क्यानडा२३ अक्टोबर २०२३प्रातः ११:३५ बजे
    टोकियो, जापान२४ अक्टोबर २०२३प्रातः १०:४५ बजे
    सिड्नी, अस्ट्रेलिया२४ अक्टोबर २०२३प्रातः ११:१५ बजे
    मेलबर्न, अस्ट्रेलिया२४ अक्टोबर २०२३प्रातः ११:३५ बजे
    ब्रिसबेन,२४ अक्टोबर २०२३प्रातः १०:२५ बजे
    क्यानवेरा, अस्ट्रेलिया२४ अक्टोबर २०२३प्रातः ११:२१ बजे
    वेलिङ्टन, न्युजिल्यान्ड२४ अक्टोबर २०२३प्रातः ११:२१ बजे
    लिस्बन, पाेर्चुगल२४ अक्टोबर २०२३प्रातः ११:२३ बजे
    लण्डन, बेलायत२४ अक्टोबर २०२३प्रातः ११:३१ बजे
    पेरिस, फ्रान्स२४ अक्टोबर २०२३प्रातः ११:२५ बजे
    ओस्लो, नर्वे२४ अक्टोबर २०२३प्रातः ११:३५ बजे
    क्वालालम्पुर, मलेसिया२४ अक्टोबर २०२३प्रातः ११:१५ बजे
    अबुधावी, यूएई२४ अक्टोबर २०२३प्रातः ११:०५ बजे
    दोहा, कतार२४ अक्टोबर २०२३प्रातः ०९:५९ बजे
    बैंकक, थाइल्यान्ड२४ अक्टोबर २०२३प्रातः १०:३९ बजे
    सियोल, दक्षिण कोरिया२४ अक्टोबर २०२३प्रातः ११:३१ बजे
    तेल अभिभ, इजरायल२४ अक्टोबर २०२३प्रातः ०९:२५ बजे
    सिङ्गापुर२४ अक्टोबर २०२३प्रातः ११:०५ बजे
    हङकङ२४ अक्टोबर २०२३प्रातः ११:०१ बजे
    रियाद, साउदी अरेबिया२४ अक्टोबर २०२३प्रातः ०९:११ बजे
    याङ्गुन, म्यानमार२४ अक्टोबर २०२३प्रातः १०:३१ बजे
    जेनेभा, स्वीट्जरल्याण्ड२४ अक्टोबर २०२३प्रातः ११:५५ बजे

    विजया दशमीको टीकाको साइत कार्तिक ७ गते मंगलवार बिहान ११ बजेर ०२ मिनेटको समय उत्तम रहेको छ । त्यसदिन बिहान ११ बजेर ०२ मिनेट अघि देवी विसर्जन गरी मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउनु उत्तम रहेको छ । टीका ग्रहण गर्दा पूर्वी मोहडा फर्किएर टीका लगाउने गरिन्छ ।

    देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिएको छ ।

    सदियौंदेखि नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाइदै आइएको छ । उल्लासमय यस चाडमा विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपालीहरु मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा नवदुर्गा भवानीको फरक ९ रुपहरुको विशेष पूजा, आराधना गर्ने गरिन्छ ।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4679 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    Comments

      Pitambar Thapa

      Dear sir
      Indian ma kati baje Tika ko uttam sate
      please

      kamala Tamang

      India

      dilip sharma

      tika launi samaye

      Ashok Dhital

      good

      Krishna prasad ghimire

      Ghar ko manxele tika ko din tika lagauna asamarthan bhaye purnima bhitra lagauna milx ki mildaina kirpaiya bataidinu bhaye aabhari hune the

      Dashain ko tika dashain ko lagauna asamarthan bhayesi purnima bhanda agadi lagauna milx ki mildaina kirpaiya bataidinu bhaye avari hune the

      9819409742

      mayalu1234

      Amrit khatri

      ke hi chhaina


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!