विजया दशमी २०८० को टीकाको उत्तम साइत, कुन देशमा कतिबेला छ ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८० सालको बडादशैं (विजया दशमी)को टीका ग्रहणका लागि विभिन्न देश अनुसारको शुभ साइत सार्वजनिक गरेको छ ।
हरेक देशको स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने गरेको हुन्छ । नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा या अन्य देशहरुमा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ । त्यसैले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ । नेपालको पञ्चाङ्ग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ।
विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चाङ्गअनुसार चाडपर्व मनाउदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८० सालको बडादशैंमा विभिन्न देशका लागि टीका ग्रहण गर्ने शुभ साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा यही २०८० असोज २२ गते जारी प्रेस विज्ञप्तिमा लेखिएको छः “यस समितिको २०८०/०६/२१ गते बसेको बैठकको निर्णय अनुसार विभिन्न देशमा वसोवास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइत सम्बन्धमा जिज्ञासा राखिएकाले विजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना सहित देहायका देशहरुमा निम्नानुसारको शुभ साइत रहेको ब्यहोरा यो विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।”
विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–
स्थान र देश | दशमी | साइत |
काठमाडौ, नेपाल | ७ कार्तिक २०८० | प्रातः ११ः०२ बजे |
देहली, भारत | २४ अक्टोबर २०२३ | प्रातः १०:५५ बजे |
न्युयोर्क, अमेरिका | २३ अक्टोबर २०२३ | प्रातः १०:४७ बजे |
केन्टुकी, अमेरिका | २३ अक्टोबर २०२३ | प्रातः ११:३१ बजे |
टेक्सास, अमेरिका | २३ अक्टोबर २०२३ | प्रातः ११:०३ बजे |
वासिंगटन डिसी, अमेरिका | २३ अक्टोबर २०२३ | प्रातः १०:५३ बजे |
क्यालिफोर्निया, अमेरिका | २३ अक्टोबर २०२३ | प्रातः १०:३१ बजे |
टोरन्टो, क्यानडा | २३ अक्टोबर २०२३ | प्रातः ११:१७ बजे |
भ्यानकुभर, क्यानडा | २३ अक्टोबर २०२३ | प्रातः ११:३५ बजे |
टोकियो, जापान | २४ अक्टोबर २०२३ | प्रातः १०:४५ बजे |
सिड्नी, अस्ट्रेलिया | २४ अक्टोबर २०२३ | प्रातः ११:१५ बजे |
मेलबर्न, अस्ट्रेलिया | २४ अक्टोबर २०२३ | प्रातः ११:३५ बजे |
ब्रिसबेन, | २४ अक्टोबर २०२३ | प्रातः १०:२५ बजे |
क्यानवेरा, अस्ट्रेलिया | २४ अक्टोबर २०२३ | प्रातः ११:२१ बजे |
वेलिङ्टन, न्युजिल्यान्ड | २४ अक्टोबर २०२३ | प्रातः ११:२१ बजे |
लिस्बन, पाेर्चुगल | २४ अक्टोबर २०२३ | प्रातः ११:२३ बजे |
लण्डन, बेलायत | २४ अक्टोबर २०२३ | प्रातः ११:३१ बजे |
पेरिस, फ्रान्स | २४ अक्टोबर २०२३ | प्रातः ११:२५ बजे |
ओस्लो, नर्वे | २४ अक्टोबर २०२३ | प्रातः ११:३५ बजे |
क्वालालम्पुर, मलेसिया | २४ अक्टोबर २०२३ | प्रातः ११:१५ बजे |
अबुधावी, यूएई | २४ अक्टोबर २०२३ | प्रातः ११:०५ बजे |
दोहा, कतार | २४ अक्टोबर २०२३ | प्रातः ०९:५९ बजे |
बैंकक, थाइल्यान्ड | २४ अक्टोबर २०२३ | प्रातः १०:३९ बजे |
सियोल, दक्षिण कोरिया | २४ अक्टोबर २०२३ | प्रातः ११:३१ बजे |
तेल अभिभ, इजरायल | २४ अक्टोबर २०२३ | प्रातः ०९:२५ बजे |
सिङ्गापुर | २४ अक्टोबर २०२३ | प्रातः ११:०५ बजे |
हङकङ | २४ अक्टोबर २०२३ | प्रातः ११:०१ बजे |
रियाद, साउदी अरेबिया | २४ अक्टोबर २०२३ | प्रातः ०९:११ बजे |
याङ्गुन, म्यानमार | २४ अक्टोबर २०२३ | प्रातः १०:३१ बजे |
जेनेभा, स्वीट्जरल्याण्ड | २४ अक्टोबर २०२३ | प्रातः ११:५५ बजे |
विजया दशमीको टीकाको साइत कार्तिक ७ गते मंगलवार बिहान ११ बजेर ०२ मिनेटको समय उत्तम रहेको छ । त्यसदिन बिहान ११ बजेर ०२ मिनेट अघि देवी विसर्जन गरी मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउनु उत्तम रहेको छ । टीका ग्रहण गर्दा पूर्वी मोहडा फर्किएर टीका लगाउने गरिन्छ ।
देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिएको छ ।
सदियौंदेखि नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाइदै आइएको छ । उल्लासमय यस चाडमा विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपालीहरु मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा नवदुर्गा भवानीको फरक ९ रुपहरुको विशेष पूजा, आराधना गर्ने गरिन्छ ।
अक्टोबर 22, 2023 1 वर्ष
Dear sir
Indian ma kati baje Tika ko uttam sate
please
अक्टोबर 11, 2024 3 महिनाहरु
10:55 morning
अक्टोबर 23, 2023 1 वर्ष
India
अक्टोबर 24, 2023 1 वर्ष
tika launi samaye
अक्टोबर 26, 2023 1 वर्ष
good
अक्टोबर 27, 2023 1 वर्ष
Ghar ko manxele tika ko din tika lagauna asamarthan bhaye purnima bhitra lagauna milx ki mildaina kirpaiya bataidinu bhaye aabhari hune the
अक्टोबर 27, 2023 1 वर्ष
Dashain ko tika dashain ko lagauna asamarthan bhayesi purnima bhanda agadi lagauna milx ki mildaina kirpaiya bataidinu bhaye avari hune the
अक्टोबर 30, 2023 1 वर्ष
mayalu1234
नोभेम्बर 7, 2023 1 वर्ष
ke hi chhaina