• 474
  • विजया दशमीका कृत्यहरू
    नेपाली पात्रो > चाडपर्व > विजया दशमीका कृत्यहरू

    विजया दशमीका कृत्यहरू

    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    नीलो आकाश। सूर्यको न्यानो स्पन्दन र शारदीय पूर्वी वायुको कोमल स्पर्श। फूलको मगमगाउँदो बास्ना। लेखनाथ पौड्यालले कवितामा भनेजस्तै हिलोमैलोको वर्षा हटेर आनन्दको वर्षा हुने समय। ठूला पिङ र रोटेपिङ अनि गाउँघरमै मेला। आहा, दशैं नाच्दै आउँछ। गीत गाउँदै आउँछ। मनको चंगा उडाउँदै र मालश्री धुन बजाउँदै आउँछ। निधारभरि रातो टीका र कानमाथि पहेंला जमरा लगाएर रमाउँदै आउँछ। घर–आँगन, गाउँ–सहर बाटोघाटो सबैतिर यसले आनन्दको बहार ल्याउँछ। विजया दशमी

    दशैं अर्थात् सद्भावको चाड। आत्मीयताताको चाड। हरेक नेपालीलाई एक सूत्रमा बाँध्ने चाड। असोज शुक्ल प्रतिपदा अर्थात् घटस्थापनामा जमरा राखी त्यस दिनदेखि दशमीसम्म १० दिन व्रत र नित्य पूजापाठ। नवमीसम्म दुर्गा सप्तशती (चण्डी), देवी भागवत आदि पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित आद्या शक्ति भगवतीका गुणानुवादको चर्चा–परिचर्चा, आराधना, उपासना गरी शक्ति प्राप्त गर्ने समय। अनि अनुष्ठानको विसर्जन गरी प्रसादका रूपमा टीका र जमरा ग्रहण रमाइलो दिवस।

    सम्पूर्ण आसुरी शक्तिमाथि दैवी गुणको विजय, असत्यमाथि सत्यको विजय, रावणमाथि रामको विजय, दुःखमाथि सुखको विजय, अभावमाथि ऐश्वर्यको विजय, रोगमाथि औषधिको विजय, वैमनस्यमाथि प्रेम र सद्भावको विजय, अधर्ममाथि धर्मको विजय तथा काम क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता आन्तरिक शत्रुमाथि मनको विजय प्राप्त गर्ने आध्यात्मिक पर्व। सुख, शान्ति, आरोग्य, समृद्धि र चौतर्फी विजयको घटजलले अभिषिक्त अभिषिक्त भई बाहुबल, उत्साह र उमंग प्राप्त गर्ने दिवस। सारा खुसी र सुखको शब्द बडादशैं। सबै नेपालीका घरघरमा चौतर्फी विजयको झन्डा फहराओस्, मनमनमा शान्ति र उमंग छाओस्, जनजनमा एकता र मित्रता बढोस्, रोग नासियोस्, शोकले मन नबिथोलियोस्, विजया दशमीको हार्दिक मंगलमय शुभकामना।

    बडा दसैँको टीका लगाउने शुभसाइत काठमाडौँ मा ११:५१ रहेको छ। बिदेशका विभिन्न देशहरूको शुभ साइतको लागी यहाँ थिच्नुहोला। 

    विजया दशमी अर्थात् बडा दशैंका कृत्यहरू

    क. नित्यपूजा सकेर जया, विजया सहित अपराजिताको पूजा गर्ने
    ख. तोकिएको साइतमा दुर्गा भवानीसहित स्थापित समस्त देवीदेवताको पूजा विसर्जन गरी विधिपूर्वक बिदाइ गर्ने।
    ग. शमीको दर्शन, पूजन गर्ने।
    घ. कलशको जलले अभिषेक लिने।
    ङ. तोकिएको शुभसाइतमा गुरु, पुरोहित एवं आफ्ना मान्यजनका हातबाट टीकाप्रसाद एवं आशीर्वाद ग्रहण गर्ने र खानपान गरी रमाइलो गर्ने।

    विजया दशमी अर्थात् बडा दशैंमा दैनिक पूजनादि एवं नवरात्रसम्बन्धी पूजन कार्य सकेर थालीमा अष्टदल लेखी दक्षिणतर्फ जया, उत्तरमा विजया र बीचमा अपराजिता देवीको स्थापना गरेर षोडशोपचारले तीनै देवीको पूजा गरी प्रार्थना गर्ने विधान छ। यसरी पूरा गरिसकेपछि:

    प्रार्थना गर्ने मन्त्र

    जयदेवी जगन्मातर्जय विश्वविमोहिनि ।
    प्रसीद मम कल्याणि वाञ्छासिद्धिकरी भव ।।
    रूपं देहि यशो देहि भगं भगवति देहि मे ।
    पुत्रान् देहि धनं देहि सर्वान् कामांश्च देहि मे ।।
    महिषघ्नि महामाये चामुण्डे मुण्डमालिनि ।
    आयुरारोग्यमैश्वर्यं देहि देवि नमोSस्तु ते ।।

    यसैगरी नवग्रहपूजा, पाँच प्रकारका ध्वजा पताका आदिको पूजा गर्नुपर्छ। कुलदेवता र इष्टदेवताको पूजा गरी शांखजल एवं अर्घ्य चढाउनुपर्दछ।

    अन्त्यमा अर्घ्य दिने मन्त्र

    ॐ गन्धाक्षतैश्च संयुक्तं फलपुष्पयुतं तव।
    दत्तमर्घ्यं गृहाणेदं प्रसीद परमेश्वरी।।
    यसपछि क्षमा मागी दण्डवत् प्रणाम गर्नुपर्छ।

     

    देवी विसर्जन गर्ने विधि

    पूजास्थलमा प्रवेश गरी विसर्जनको शुभसाइतमा चन्दन, अक्षता, फूल लिएर घटस्थापनादेखि अपराजितासम्म आवाहन गरेका (नित्यपूजा गरिने बाहेक) देवीदेवताहरूलाई बिदाइको पूजा गर्दै यी मन्त्रहरू पाठ गर्नुपर्छ–

    ॐ दुर्गे देवि जगन्मातः स्वस्थानं गच्छ पूजिते ।
    संवत्सरे व्यतीते तु पुनरागमनाय वै ।।
    ॐ उत्तिष्ठ देवि चण्डेशि शुभपूजां प्रगृह्य च ।
    कुरुष्व मम कल्याणमष्टाभिः शक्तिभिः सह ।।
    गच्छ गच्छ परं स्थानं स्वस्थानं देवि चण्डिके ।
    यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे ।

    (हे जगन्माता दुर्गा देवी, हामीबाट पुजित हजुर अब हजुर आफ्नो स्थानमा जानुहोस् । एक वर्षपछि आश्विन शुक्ल प्रतिपदामा फेरि यहाँ आउनका लागि हजुर जानुहोस् । हे चण्डिका देवी, हजुर मैले अर्पण गरेको पूजा ग्रहण गरेर अब उठ्नुहोस् । हजुरले आफ्ना आठवटी शक्तिका साथ मेरो कल्याण गर्नुहोस् । हे देवी चण्डिका, अब आफ्नो धाममा जानुहोस्, जानुहोस् । जे–जति पूजा गरेँ, मैले गरेको पूजा परिपूर्ण बनोस्।)

    यसरी विसर्जन गरेपछि घटस्थापना गरेको कलश चलाएर हल्लाएर अलिकति ठाउँ सार्नुपर्छ। यसपछि नयाँ अक्षता जमरा आदि कुलदेवताहरूलाई चढाउनुपर्छ ।

    अभिषेक

    गुरु–पुरोहितले घटको जलले वैदिक वा पौराणिक मन्त्र उच्चारण गरी यजमान र उनका पत्नी, छोराछोरी लगायत परिवारका सबै जनालाई राखेर अभिषेक गर्नुपर्छ। अभिषेकमा पत्नीलाई बायाँ (देब्रेतिर) बसाउने गरिन्छ। अभिषेक लिने वैदिक मन्त्र–

    ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ॥ ॐ शान्तिः शान्तिः शान्तिः ॥

    टीकाजमरा एवं प्रसाद ग्रहण

    विजयादशमीको टीका-प्रसाद ग्रहण गर्न दिनभरि नै शुभ हुन्छ। देवीको प्रसाद ग्रहण गर्न साइत पर्खनुपर्दैन, आफ्नो अनुकूल समयमा प्रसाद ग्रहण गर्न सकिन्छ। तापनि शुभसाइतमा लगाउन अझ राम्रो हुन्छ।
    थालीमा अक्षता राखेर दही, रातो रङ आदि लगाई तलको वैदिक मन्त्र पढ्दै टीका मुछ्नुपर्दछ–

    आ ब्रह्मन्‌ ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्यः शूर इषव्योऽतिव्याधी महारथो जायतां दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्धिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्य यजमानस्य वीरो जायतां निकामे–निकामे नः पर्जन्यो वर्षतु फलवत्यो नओषधयः पच्यन्तां योगक्षेमो नः कल्पताम्‌॥

    टीका मुछेपछि देवीपार्षदहरूलाई सुरुमा टीका–जमरा चढाउनुपर्छ। त्यसपछि घरको मूलथाम, मूलढोका आदिमा टीका लगाई गुरु–पुरोहित र मान्यजनका हातबाट टीका ग्रहण गर्नुपर्छ।

     

    टीका लगाउँदा दिइने आशीर्वाद

    सबैलाई टीका लगाउँदा सुरुमा देवीको आराधना गर्ने–

    जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
    सर्वमङ्गल–माङ्गल्ये शिवे सर्वार्थसाधिके ।
    शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ।।

    (जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध हे देवी, हजुरलाई नमस्कार छ । सम्पूर्ण मङ्गलमा माङ्गल्यस्वरूपा, कल्याण स्वरूपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरणमा लिने हे गौरी, नारायणी ! हजुरलाई नमस्कार छ ।)

    बालकलाई दिने आशीर्वाद

    यावद्गंगा कुरुक्षेत्रे यावत् तपति भास्करः ।
    सुमेरुर्निश्चलो यावत् तावज्जीवतु बालकः ।।
    ब्रह्मा करोतु दीर्घायुर्विष्णुः कुर्याच्च सम्पदाम् ।
    हरिः हरतु पापानि गात्रौ रक्षतु चण्डिका ।।

    (हे बालक ! जहिलेसम्म कुरुक्षेत्रमा गंगा बग्दछिन्, जहिलेसम्म सूर्यनारायणले ताप दिनुहुन्छ, जहिलेसम्म सुमेरु अटल रहन्छ, तबसम्म तिमी बाँच। ब्रह्माले तिमीलाई दीर्घायु बनाउनुहोस्। श्रीविष्णुले सम्पत्ति प्रदान गर्नुहोस्। श्रीहरिले सम्पूर्ण पाप हरण गर्नुहोस्। चण्डिका भगवतीले शरीरको रक्षा गर्नुहोस्।)

    बालिकालाई दिने आशीर्वाद

    यावन्मेरुधरापीठे यावच्चन्द्र–दिवाकरौ ।
    यावद् रामकथा लोके तावज्जीवतु बालिका ।।
    उमा गौरी शिवा दुर्गा भद्रा भगवती तथा ।
    कुलदेव्यथ चामुण्डा रक्षन्तु बालिकां सदा ।।

    (हे बालिका ! जहिलेसम्म धरापीठमा मेरु रहन्छ, जहिलेसम्म सूर्य र चन्द्रमा रहन्छन्, जबसम्म लोकले रामकथा गायन र श्रवण गर्छन्, त्यो बेलासम्म तिमी बाँच। उमा, गौरी, शिवा, दुर्गा, भद्रा, कुलकी देवी र चामुण्डा भगवतीले यी बालिकालाई सदैव रक्षा गरून्।)

    पुरुषलाई दिने आशीर्वाद

    आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
    ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।।
    शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

    द्रोणाचार्यका पुत्र अश्वत्थामाको जस्तै दीर्घायुष्य, राजा दशरथको जति श्रीसम्पत्ति (राज्यकोष), भगवान् श्रीरामचन्द्रको जस्तै शत्रुविनाश, राजा नहुषको जति ऐश्वर्य, वायुको जस्तो गति, दुर्याेधनको जति मानसम्मान, भीष्म पितामहजस्तै शूरोपना, बलरामको जति नै बल, युधिष्ठिरसमान सत्यता, विदुरको तुल्य ज्ञानविज्ञान र भगवान् नारायणको तुल्य कीर्ति हजुरलाई प्राप्त हऊन् ।

    महिलालाई दिने आशीर्वाद

    निवसतु तव गेहे निश्चला सिन्धुपुत्री ।
    प्रविशतु भुजदण्डे कालिका वैरिहन्त्री ।।
    तव वदनसरोजे भारती भातु नित्यम् ।
    अचलतु तव चित्तं पादपद्मं मुरारेः ।।

    (हजुरको घरमा महालक्ष्मी स्थिर भएर निवास गर्नुहोस्। हजुरका भुजाहरूमा शत्रुनाशिनी महाकालीले प्रवेश गर्नुहोस्। हजुरको मुखकमलमा महासरस्वतीले वास गर्नुहोस्। हजुरको चित्त मुरारि भगवान् श्रीहरिका चरणकमलमा लागिरहोस्।)

    पुरुष तथा महिला दुवैलाई दिन मिल्ने आशीर्वाद

    स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु ।
    गो–हस्ति–वाजि–धनधान्य–समृद्धिरस्तु ।।
    ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु ।
    सन्तानसौख्य–सततं हरिभक्तिरस्तु ।।

    (हजुरको कल्याण होस्। कुशल रहनुहोस्। चिरायु बाँच्नुहोस्। गाई, हात्ती, घोडा तथा धनधान्यले समृद्धि भइरहोस्। हजुरको मनग्य ऐश्वर्य होस्। विजयी हुनुहोस्। शत्रु नासियून्। सन्तानबाट सदैव सुख प्राप्त होस्। भगवान् श्रीहरिमा भक्तिभाव रहिरहोस्।)

    लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।
    वर्द्धन्तां बन्धुवर्गाः सकल–रिपुगणा यान्तु पातालमूले ।।
    देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्द–पुष्पेन्दु–शुभ्रा ।
    जीव त्वं पुत्रपौत्रैः सकल–सुख–युतैर्हायनानां शतञ्च ।।

    (हजुरको घरमा कमलजस्तै नयन भएकी माता लक्ष्मीले वास गर्नुहोस्, माता सरस्वतीले कण्ठमा (वाणीमा) वास गर्नुहोस्। बन्धुवर्गको वृद्धि हुनुका साथै शत्रुहरू पातालको फेदमा धसियून्। चमेली फूलजस्तै सुवासयुक्त तथा पूर्णचन्द्रमा जस्तै चम्किलो कीर्ति देश–देशान्तरसम्म फैलियोस्। सम्पूर्ण सुख, ऐश्वर्यले सम्पन्न भई छोरा–नाति समेत ठूलो परिवारजनका साथ सय वर्षसम्म हजुर बाँच्नुहोस्।)

    मन्त्रार्थाः सफलाः सन्तुः पूर्णाः सन्तु मनोरथाः ।
    शत्रूणां बुद्धिनाशो¤स्तु मित्राणामुदयस्तव ।।
    अव्याधिना शरीरेण मनसा च निराधिना ।
    पूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम् ।।

    (मन्त्रका आशयहरू सफल बनून्, सम्पूर्ण मनोरथ पूर्ण हऊन्। शत्रुहरूको बुद्धि (बल वा शत्रुता) नाश होस् र मित्रहरूको उदय होस्। शरीर निरोगी र मन चिन्तारहित होस्। याचकहरूको आशा पूरा गर्दै हजुर सय वर्षसम्म बाँच्नुहोस्।)

    भद्रमस्तु शिवञ्चास्तु महालक्ष्मीः प्रसीदतु ।
    तुष्यन्तु त्वां सदा देवाः सम्पदः सन्तु सुस्थिराः ।।

    हजुरको मंगल होस्, कल्याण होस्, हजुरदेखि महालक्ष्मी प्रसन्न हुनुहोस्। सबै देवताहरू सदैव प्रसन्न हुनुहोस्। सम्पत्तिहरू (हजुरको घरमा) स्थिर भइरहून्।

    सदा बसतु बैकुण्ठं सदा दर्शनकेशवः ।
    सदाप्तिर्देवलोकेषु सदा जीवी सदा सुखी ।।

    सदैव (मरणोपरान्त) बैकुण्ठलोकमा वास मिलोस्। सदैव केशव (नारायण) को दर्शन प्राप्त होस्। सदैव देवलोकहरूमा बस्न पाइयोस्। सदैव जीवित र सुखी हुनुहोस्। विजया दशमी

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4645 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    राष्ट्रिय पर्व विजया दशमी (बडा दशै)

    अक्टोबर 12, 2024
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4794 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व
    No Image array(1) { [0]=> object(WP_Term)#4785 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    घटस्थापना

    अक्टोबर 2, 2024
    By Nepali Patro
    No Image array(1) { [0]=> object(WP_Term)#4799 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    बडादसैं का महत्त्वपूर्ण दिनहरू

    अक्टोबर 25, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4800 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    तिहार – यमपञ्चक

    अक्टोबर 26, 2019
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      Bhiuram magar

      Bhiuram magar lalita magar samar magar

      Rupesh karki

      Rupesh

      khem limbu

      tika koti babi sulu hunxho

      khem bdr thapa

      tika koti baji sulu hunxho

      Bipal Bk

      माया

      विजय बुढा क्षेत्री

      happy दसैं शुभकामना all Hindu जन

      Debendra dangi

      dashain subhasayad

      INDRA KUMAR CHETRY

      tapai le deko partek sujab hamilai ramro lago dhanyabad cha hajur lai

      sarbjeet Gupta

      driver

      Kumar bkk

      hello send me mantra of dashain please please

      khadga dhungana

      nepali panchaga bata sadai ko suchanaprpta hos.


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!