विजया दशमी २०८२ को टीकाको उत्तम साइत, कुन देशमा कति बेला छ?

विजया दशमी २०८२ को टीकाको उत्तम साइत, कुन देशमा कति बेला छ?

By Nepali Patro
सेप्टेम्बर 21, 2025

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको बडा-दसैँ (विजया दशमी) को टीका ग्रहणका लागि विभिन्न देश अनुसारको शुभ साइत सार्वजनिक गरेको छ।

हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एकै प्रकृतिको मुहूर्त फरक समयमा हुने गर्छ। नेपालमा शुभ-मुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिका वा अन्य देशहरूमा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसै कारण स्थानीय पञ्चाङ्गबाट मात्र शुभ-मुहूर्तको ज्ञान लिन सकिन्छ । नेपालको पञ्चाङ्ग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ।

विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चाङ्ग अनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयङ्गम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको बडा दसैँमा विभिन्न देशका लागि टीका ग्रहण गर्ने शुभ साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसाद स्वरूप टीका र जमरा लगाउने विधान छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा यही २०८२ असोज ०४ गते जारी प्रेस विज्ञप्तिमा लेखिएको छ:  “यस समितिको २०८२/०६/०४ गते बसेको बैठकको निर्णय अनुसार विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूबाट विजया दशमीको टीकाको साइत’bout जिज्ञासा राखिएकाले देहायका देशहरूमा निम्नानुसारको साइत रहेको ब्यहोरा यो विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।”

विभिन्न स्थानका लागि टीका लगाउने शुभ साइत–

स्थान र देश दशमी साइत
काठमाडौ, नेपाल१६ आश्विन २०८२  प्रातः ११:५३ बजे
देहली, भारत०२ अक्टोबर २०२५ प्रातः ११:४९ बजे
न्युयोर्क, अमेरिका०१ अक्टोबर २०२५ प्रातः ११:२५ बजे
फ्रान्क्फार्ट, केन्टकी अमेरिका०१ अक्टोबर २०२५ प्रातः ११:५७ बजे
वोवेन्सोरो, केन्टकी, अमेरिका०१ अक्टोबर २०२५ प्रातः ११:०५ बजे
टेक्सास, अमेरिका०१ अक्टोबर २०२५ प्रातः ११:३३ बजे
वासिंगटन डिसी, अमेरिका०१ अक्टोबर २०२५ प्रातः ११:३५ बजे
क्यालिफोर्निया, अमेरिका०१ अक्टोबर २०२५ प्रातः ११:११ बजे
कोलोराडो, अमेरिका०१ अक्टोबर २०२५ प्रातः ११:२९ बजे
टोरन्टो, क्यानडा०१ अक्टोबर २०२५ प्रातः ११:५५ बजे
भ्यानकुभर , क्यानाडा०१ अक्टोबर २०२५ प्रातः ११:३३  बजे
टोकीयो, जापन०२ अक्टोबर २०२५ प्रातः ११:३१ बजे
सिड्नी, अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:४३ बजे
मेलबर्न, अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:१९ बजे
ब्रिसबेन, अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:५३ बजे
एडिलेड , अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:३५ बजे
क्यान्बेर्रा, अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:५१ बजे
तास्मानिया , अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:४५ बजे
पर्थ, अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:२५ बजे
डार्विन , अस्ट्रेलिया०२ अक्टोबर २०२५ प्रातः ११:४७ बजे
वेलिङ्टन, न्युजिल्यान्ड०२ अक्टोबर २०२५प्रातः ११:२३ बजे
लिस्बन, पाेर्चुगल०२ अक्टोबर २०२५ प्रातः ०९:२३ बजे
लन्डन, बेलायत०२ अक्टोबर २०२५ प्रातः ०९:१७ बजे
पेरिस, फ्रान्स०२ अक्टोबर २०२५ प्रातः ०९:५७ बजे
ओस्लो, नर्वे०२ अक्टोबर २०२५ प्रातः १०:०३ बजे
क्वालालम्पुर, मलेसिया०२ अक्टोबर २०२५ प्रातः ११:११ बजे
Abudabi, थाइल्यान्ड०२ अक्टोबर २०२५ प्रातः १०:५५ बजे
Doha, Qatar०२ अक्टोबर २०२५ प्रातः १०:१३ बजे
बैंकक, थाइल्यान्ड०२ अक्टोबर २०२५ प्रातः १०:४५ बजे
सियोल, दक्षिण कोरिया०२ अक्टोबर २०२५ प्रातः १०:५७ बजे
तेल अभिभ, इजरायल०२ अक्टोबर २०२५ प्रातः ११:३५ बजे
सिंगापुर०२ अक्टोबर २०२५ प्रातः ११:०९ बजे
हङकङ०२ अक्टोबर २०२५ प्रातः ११:४५ बजे
साउदी अरेबिया०२ अक्टोबर २०२५ प्रातः ११:५५ बजे
याङ्गुन, म्यानमार०२ अक्टोबर २०२५ प्रातः १०:२७ बजे
जेनेभा, स्वीट्जरल्याण्ड०२ अक्टोबर २०२५ प्रातः १०:२५ बजे
माल्टा ०२ अक्टोबर २०२५प्रातः १०:५५ बजे

 

स्रोत :विश्व ज्योतिष महासंघ


Dashain Sait Panchanga

माथि उल्लेखित शुभ साइत टीकाका निमित्त सबै भन्दा उपयुक्त समय निर्धारण गरिएको र सो दिन आफ्नो अनुकूल समयमा टीका लगाउन सकिने पनि उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।  

विजया दशमीको टीकाको साइत असोज २६ गते शनिवार बिहान ११ बजेर ३६ मिनेटको समय उत्तम रहेको छ । त्यस दिन बिहान ०८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ३६ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउनु उत्तम रहेको छ। टीका ग्रहण गर्दा पूर्वी मोहडा फर्किएर टीका लगाउने गरिन्छ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिएको छ ।

सदियौँदेखि नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाइँदै आइएको छ । उल्लासमय यस चाडमा विभिन्न पेसा र व्यवसायका क्रममा थाक-थलोभन्दा टाढा रहेका नेपालीहरू मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा नवदुर्गा भवानीको फरक ९ रूपहरूको विशेष पूजा, आराधना गर्ने गरिन्छ ।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ