२०७९ सालमा लक्ष्मी पूजा र भाइटीकाको साइत
By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in
सूचना .
राष्ट्रिय पर्व दशैँ पछि नेपाली हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व सुरु हुँदै छ। त्यो हो २०७९ सालको तिहार वा यमपञ्चक। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको समयतालिकाअनुसार यस वर्षको तिहार कात्तिकको ५ गतेदेखि सुरु हुँदै छ। कार्त्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागतिहारदेखि सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म यो पर्व मनाइन्छ। पाँच दिवसीय यस पर्वलाई यमपञ्चक पनि भनिन्छ र यो विशेष गरी नेपालभित्र हर्षाेल्लासका साथ मनाइन्छ।
यो बर्ष कार्तिक ५ गते धन्तेरस र काग तिहार ६ गते परेको छ भने ७ गतेको दिन कुकुर तिहार र लक्ष्मीपूजा लगायत सुखरात्रि परेको छ। ८ गतेको दिन गाई तिहार (गाइपूजा) परेको छ। ९ गतेको दिन म्हः पूजा, गोवर्द्धन पूजा, र त्यसै दिन अर्को महत्वपुर्ण चाड नेपाल सम्वत् ११४३ पनि प्रारम्भ हुदै छ।
यस बर्षको भाई टिका (किजा पूजा) कार्तिक १० गते परेको छ। त्यस दिनको भाइटीकाको शुभसाइत बिहान ११ : ३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलेले जनाएको छ।
लक्ष्मीपूजाकाे उपयुक्त समय प्रदाेषकाल तथा निशीथ समय भन्ने शास्त्रवचन पाइन्छ। प्रदाेषकाल भनेकाे सन्ध्याकाल हाे। आफ्नाे स्थानमा हुने सूर्यास्त समयदेखि २ घडी अर्थात् ४८ मिनेटकाे समय नै सन्ध्या अर्थात् प्रदाेषकाल हाे। निशीथ भनेकाे मध्यरात्रि हाे। सूर्यास्त पछिको सन्ध्या अर्थात् प्रदाेषकाल देखि को समय लक्ष्मी पूजा को लागी उत्तम साइत हो। निशीथ भनेकाे मध्यरात्रि हाे।

भाइटीकाको शुभसाइत
अक्टोबर 21, 2022 8 महिनाहरु
Bhaitika ko din kasto x sahit
अक्टोबर 21, 2022 8 महिनाहरु
https://nepalipatro.com.np/blog/bhaitika-subha-sait-2079/
अक्टोबर 27, 2022 7 महिनाहरु
bbhaitika sahit
नोभेम्बर 23, 2022 7 महिनाहरु
suv sait
नोभेम्बर 24, 2022 7 महिनाहरु
नमस्कार नरेश जी,
शुभ साइत तथा मुहूर्तहरू जान्नको लागि कृपया यस लिंकमा जानुहोस।
https://nepalipatro.com.np/suva-sait
धन्यवाद
नेपाली पात्रो परिवार