यस वर्ष भाइटीकाको शुभ साइत ११ बजेर ३९ मिनेटमा 

यस वर्ष भाइटीकाको शुभ साइत ११ बजेर ३९ मिनेटमा 

By Nepali Patro
अक्टोबर 14, 2025

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीका लगाउन शुभ साइत रहेको छ।

समितिका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त शुभ रहेको छ। उनले सर्वसाधारणले भने मध्याह्नकालमा टीका लगाउन सक्ने बताएका छन्। यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सोही दिनदेखि यमदीप दान, धन त्रयोदशी र धनतेरस पर्व पनि मनाइनेछ। यस्तै कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्छ भने कात्तिक ३ गते सोमबार कुकुर तिहार, नरक स्नान र बेलुकी लक्ष्मीपूजा गरिनेछ। कात्तिक ४ गते मङ्गलबार गाई तिहार र गोवर्धन पूजा मनाइनेछ। कात्तिक ५ गते बुधबार गोरु तिहार, म्ह पूजा र नेपाल संवत् ११४६ को नयाँ वर्ष मनाइनेछ।

नेवार समुदायले गर्ने गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबार सम्पन्न हुने छ। यस दिन नेपाल संवत् अनुसार नयाँ वर्ष पनि मनाइने छ र यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुनेछ। भाइटीका र नेवारी भाषामा भनिने किजापूजा कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा हुने छ। शास्त्रसम्मत् रूपमा दाजुभाइलाई ज्येष्ठको क्रमानुसार टीका लगाउनु पर्ने व्यवस्था रहेको समितिले जनाएको छ।

यमपञ्चक पर्वमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमदीप दान गर्ने परम्परा छ। यस क्रममा काग र कुकुरलाई यमदूतका रूपमा मिठा परिकार दिनु पर्छ, जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ