बडादशैंको टीकाको उत्तम साइत
By
Nepali Patro
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी प्राप्त भएको छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ।
यस वर्ष बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ । विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ ।
