रुद्राक्षको स्वरूप तथा यसको फाइदा
नेपाली पात्रो > प्रमुख लेख > रुद्राक्षको स्वरूप तथा यसको फाइदा

रुद्राक्षको स्वरूप तथा यसको फाइदा

By Santosh Devkota
मे 31, 2022

संस्कृतमा रुद्रको अर्थ भगवान् शिव तथा अक्षको अर्थ आँसु हो । आदिदेव भगवान् शिव शंकर (महादेव – Shiva – Mahadev) स्वयंमले तपस्या गरिरहेको समयमा उनको आँखाबाट पृथ्वीमा खसेको आँसुबाट यस चमत्कारी फलको उत्पत्ति भएको थियो । वैदिक सनातन हिन्दु मान्यता अनुसार साक्षात् भगवानको यस अंशलाई (रुद्राक्ष – Rudraksha) धारण गर्नाले मनुष्यलाई सुख, शान्ति प्राप्त हुन्छ । यदि कसैले कुनै पनि रुद्राक्ष धारण अथवा रुद्राक्ष पूजाको तयारी गर्नु अघि गाईको काँचों दुध या गंगाजनले स्नान गरेर मात्र सोमबारको दिन ‘ॐ नमः शिवाय’ अथवा गायत्री मंत्रको जाप गरेर धारण अथवा पूजा गर्नाले अत्यन्तै लाभकारी सिद्ध हुन्छ। कुनै पनि रुद्राक्षको प्रयोग गर्नु अघि पूजादीमा प्रयोग हुने शुद्ध तेलमा भिजाएर प्रयोग गरेमा रुद्राक्ष अत्यन्तै बलियो तथा गाढा कालो रङमा परिवर्तन हुन्छ ।

एकमुखी रुद्राक्ष: साक्षत् भगवान शिवको रुप हो। यो अत्यन्तै दुर्लभ रुद्राक्षमा पर्दछ। एकमुखी रुद्राक्ष अर्धचन्द्रकारको स्वरुपमा मात्रा हुने गर्दछ। यसलाई सम्पूर्ण रुद्राक्षहरुमा सर्वश्रेष्ठ मानिएको छ। यसलाई धारण गर्नाले या एकमुखी रुद्राक्षको पूजा मात्र गर्नाले उक्त घरमा माता लक्ष्मीको वास हुने गर्दछ । व्यापारिक वर्गका लागि अति उत्तम मानिएको यो रुद्राक्षलाई सर्व मनोकामना सिद्धि फलदायक तथा सर्वगुण सम्पन्न मानिएको छ। (यो सम्भावित हृदय रोग अथवा हृदय रोगीहरुको लागि अति उत्तम छ ।)

दुइमुखी रुद्राक्ष: यो अर्ध नारेश्वर (शिव, पार्वती) को रुवरुप हो । यसलाई धारण गर्नाले सांसारिक ऐश्वर्यको प्राप्ति हुने गर्दछ । दुइमुखी रुद्राक्ष श्रद्धा तथा विश्वासको प्रतीक पनि हो। यसलाई धारण गर्नाले पति-पत्नी (श्रीमान-श्रीमती) मा एकात्म्य तथा एकापसी समर्पण भाव प्रदान गर्दछ । (यो मानसिक शान्ति तथा गर्भ रक्षाका लागि अत्यधिक गुणकारी छ ।)

तीनमुखी रुद्राक्ष: यो त्रिभुवन अर्थात भगवान ब्रम्हा, विष्णु, महेशको स्वरुप हो। यो रुद्राक्ष ध्यान, ज्ञान तथा एकाग्रताका लागि अति फलदायी छ । यसलाई यस तथा बुद्धि बुद्धिदाता मानिन्छ। यो मन्द बुद्धि भएकाहरुका लागि अत्यन्तै उत्तम मानिन्छ । जो विद्यार्थीहरु पढनमा कमजोर छन्, उनीहरुका लागि तीनमुखी रुद्राक्ष धारण या पूजा अत्यन्तै फलदायी हुन्छ । (शारीरिक एवम् मानसिक तनाव कम गर्न यो प्रभावकारी छ।)

चारमुखी रुदाक्ष: यो सृष्टिकर्ता भगवान ब्रम्हाको रुप हो। यो ध्यान तथा योगका लागि विशेष मानिन्छ। यसको धारण गर्नाले नास्तिक पनि आस्तिक बन्दछ। यसको धारण गर्नाले आत्मविश्वास बढ्छ र आँटेको काममा सफलता प्राप्त हुन्छ । (यो रुक्तचाप तथा हृदयरोग भएकाहरुका लागि अत्यन्तै उत्तम हुन्छ ।)

पाँचमुखी रुद्राक्ष: यो आदिदेव महादेव (पशुपातिनाथ) को साक्षात स्वरुप हो। यसलाई धारण अथवा पूजा गर्नाले मनुष्य दीर्घायु हुन्छ। यो अत्यन्त प्रभावशाली हुन्छ। पाँचमुखी रुद्राक्षको सानसानो दानाको माला पहिरिए या यस रुद्राक्ष डुबाएर राखिएको पानी पिउनाले हृदय रोग, रक्तचाप तथा मानसिक शान्तिका लागि लाभदायी हुन्छ ।

छ मुखी रुद्राक्ष: यो भगवान् कार्तिकेयको स्वरुप हो। यसलाई धारण गर्नाले आत्मविश्वासमा वद्धि हुनुको साथै ब्रम्हाचार्यमा पनि लाभदायी हुन्छ। यो धारण गर्नाले क्रोध, लोभ तथा गलत विचारको नाश हुन्छ । (यो चर्मरोग तथा घाँटी सम्बन्धी रोगका लागि अति प्रभावकारी छ ।)

सातमुखी रुद्राक्ष: यो धनधान्य तथा ऐश्वर्यकी देवी माता लक्ष्मीको साक्षात स्वरुप हो। यसलाई धारण गरेर मनुष्यले मान सम्मान, विजय तथा आकर्षक व्यक्तित्व प्राप्त गर्दछ । यो अनग्न रुपी हुन्छ । अनग्न माया, वासना तथा प्रेमको प्रतिक कामदेवको नामबाट परिचित छन्। यसलाई धारण गर्ने व्यक्ति सदैव अकर्षणको केन्द्र रहनुको साथै बंशीकरण (अनुवंशीकता) का लागि पनि लाभकारी हुन्छ । (यौन रोगका लागि पनि सातमुखी रुद्राक्ष लाभयादी छ ।)

आठमुखी रुद्राक्षः यो सिद्धिविनायक भगवान गणेशको स्वरुप हो। यो आठै दिशाहरुबाट ख्याति प्राप्ति तथा विजय प्राप्तिका लागि अति उत्तम हुन्छ । यसलाई धारण गर्नाले आकस्मिक धन प्राप्ति हुनुको साथै ग्रह शान्ति तथा मंगलकार्यहरुमा अति उत्तम मानिएको छ । यसले व्यापारमा श्रीवृद्धि ल्याउछ । (आँखा/नेत्र तथा चर्म रोगीहरुका लागि अति उत्तम मानिएको छ ।)

नौमुखी रुद्राक्ष: यो नवदुर्गा भगवतीको स्वरुप हो । नौमुखी रुद्राक्षलाई नौ शक्तिसम्पन्न मानिएको छ। यसलाई धारण गर्नाले अद्भूत शक्ति प्राप्त हुनुको साथै भूतप्रेतको भयबाट पनि मुक्ति प्राप्त हुन्छ। साथै यसले नवग्रहबाट पनि रक्षा गर्दछ। यसलाई धारण गर्नाले आत्मविश्वास बढ्छ। (यो शरीरिक पीडामा अति उत्तम हुन्छ ।)

दशमुखी रुद्राक्ष: यो भगवान् विष्णुको साक्षात स्वरुप हो। यसलाई दश अवतार मध्येको एउटा अवतारको रुपमा मानिएको छ। दसमुखी रुद्राक्ष धारण गर्ने व्यक्तिलाई प्रविधि, निर्माण, जागीर अथवा ब्यापार जस्तो सुकै काममा सफलता प्राप्त हुन्छ। धारण गर्नेले लौकिक तथा परलौकिक मनोकामना पुरा गर्दछ। यो रद्राक्ष समाजसेवी, कलाकार तथा काठ, ढुङ्गा माटोका काम गर्नेहरुका लागि अति उत्तम मानिएको छ।

एघारमुखी रुद्राक्ष: यो संकटमोचक भगवान हनुमानको साक्षात स्वरुप हो। यो रुद्राक्ष अत्यन्त प्रभावशाली हुन्छ। यसलाई धारण गर्नाले सदैव विजय प्राप्ति तथा धन प्राप्ति हुन्छ। यो महिलाहरुका लागि अत्यधिक महत्वपूर्ण हुन्छ। श्रीमान/पतिको सुरक्षा, दीर्घायु, उन्नति एवम् सौभाग्य प्राप्तिका लागि अति उत्तम छ ।

बाह्रमुखी रुद्राक्ष: यो भगवान सूर्यको स्वरुप हो। यसलाई धारण गर्नाले सूर्य झै तेजस्वी, ख्याति प्राप्त, मान सम्मान तथा महत्वपूर्ण व्यक्तित्व प्राप्त हुन्छ। यो धारण गर्ने व्यक्तिको वाणीमा चातुर्यता उत्पन्न हुनुको साथै राजनीतिक वर्ग, शासक तथा शक्तिशाली व्यक्तिहरुका लागि यो अति उत्तम छ । (यो हृदयरोग तथा चर्म रोगका लागी अति उत्तम मानिएको छ।)

तेर्ह्रमुखी रुदाक्ष: यो कामदेवको स्वरुप हो। यो रुद्राक्षले कामरस, रसायन तथा ऐश्वर्य तथा सिद्धिहरुको पूर्ति गर्दछ । यसको धारण गर्नाले इन्द्रदेव तथा कामदेव, सांसारिक कामनाहरुको पूर्ति एवम् अरुलाई आफ्नो बसमा (वशीकरण) राख्न मद्दत गर्छ । (यो यौनरोग तथा रक्तचाप जस्तों समस्याहरुमा अति फलदायी हुन्छ ।)

चौद्धमुखी रुद्राक्षः यो साक्षात कुबेर स्वरुप देवगुणले युक्त हुनुको साथै अत्यन्तै दूर्लभ रुद्राक्षमा पर्दछ। पूराणका अनुसार पय चौध विधा चौथ साध मनु, चौध इन्द्र, चौध लोकको साक्षात देव स्वरुप हो । यी तीनै लोकको स्वामी आदिदेव महादेवको स्वरुपमा पूजा गर्ने गरिन्छ । यो अत्यन्तै महत्वपूर्ण रुद्राक्षमा पर्छ किनकी यसलाई दुइमुखी देखि लिएर चौंध मुखीसम्मको सम्पूर्ण गुणसम्पन्न मानिएको छ । व्यापारी वर्गका लागि यो रुद्राक्ष अत्यन्तै महत्वपूर्ण छ । यसले मनुष्यको छैठौं इन्द्रियलाई जगाउने कार्य गर्दछ । (कुनै पनि महिला अथवा पुरुषले यसलाई धारण गर्दा  कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्नुका साथै निर्णयात्मक क्षमतालाई बढाउँदछ।

गौरीशंकर रुद्राक्ष: यो रुद्राक्ष शिव पार्वतीको प्रतीक हो। प्राकृतिक रुपमा जोडिएको दुई रुद्राक्षको सिङ्गो स्वरुपलाई गौरीशंकर रुद्राक्ष भनिन्छ। यसलाई धारण गर्नाले भगवान शिव-शंकर तथा माता पार्वती दुवै समान रुपले प्रसन्न हुनुहुन्छ। (दाम्पत्य जीवनका लागि अति फलदायी यो रुद्राक्षले नवग्रह शान्तिका लागि अति फलदायी तथा आकस्मिक दुर्घट्नाबाट बच्नका लागि उपयोगी मानिन्छ।)

गणेश रुद्राक्षः यो रुद्राक्ष मंगल मुर्ती श्री गणेशको साक्षात स्वरुप हो। गणेश रुद्राक्षमा लम्बोदर सुँड निस्किएको हुन्छ। यही सुँडका कारण यसलाई गणेश रुद्राक्ष भन्ने गरिन्छ। यसलाई धारण गर्ने अथवा पूजा गर्ने मनुष्यलाई उसको नवग्रह सम्बन्धी गतिविधि अथवा धार्मिक कार्य या घाटातर्फ अग्रसर उद्योगपतिहरुलाई लाभदायी हुन्छ । (यो रुद्राक्ष सर्वसिद्धिदाता रुद्राक्ष ब्यापार उन्नतिमा सहयोगी मित्र जस्तै हुन्छ ।)

Comments

    phanindra bhatta

    give me more infomation sometime

    phanindra bhatta

    good

    krishna

    रुद्रक्ष

    shrawan manandhar

    धेरै राम्रो सुचना


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!