महत्वपूर्ण सूचना!

महत्वपूर्ण सूचना!

By Krishma Joshi
जुलाई 16, 2025

नेपाल पंचांग निर्णायक समितिको गणना आधार र नेपाली पात्रोको मिति गणना विधिमा केही भिन्नताका कारण २०८२ सालको असार महिनामा ३२ दिन भए पनि एपको पुरानो संस्करणमा ३१ दिन मात्र देखिएकोमा उत्पन्न भएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।

हामीले प्रत्येक वर्ष फागुन/चैतमा आगामी वर्षको स्वतः उत्पन्न हुने पात्रो डेटा नेपाल पंचांग निर्णायक समितिको निर्णयअनुसार तुलना गरी तिथि, पंचांग र इभेन्टहरू अपडेट गर्दछौं। त्यसपछि एप अपडेट पनि पठाउछौं। तर, जसले पुरानो संस्करण प्रयोग गरिरहनुभएको छ, उहाँहरूकोमा यो अपडेट प्राप्त नभएका कारण गलत मिति देखिएको छ।

अब भने, नेपाली पात्रो एपको नयाँ संस्करणमा सुधार गरिएको सही मिति समावेश गरिएको छ। कृपया एप अपडेट गरी नवीनतम संस्करण प्रयोग गर्न अनुरोध गर्दछौं।

तपाईंहरूले हामीमा राख्नुभएको विश्वास र निरन्तर साथप्रति हामी धेरै धन्यवाद व्यक्त गर्दछौं।


एन्ड्रोइड र आईओएसको लागि एप अपडेट गर्नुहोस्


-नेपाली पात्रो

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ