भाषा दिवस

भाषा दिवस

By Nepali Patro
मे 6, 2025

भाषा दिवस वैशाख २४ गते मनाउने निर्णयप्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०को कार्यान्वयनको अवसरमा गरिएको हो। ऐन अनुसार बागमती प्रदेशमा अब नेपाल भाषा तामाङ भाषा प्रदेशका कामकाजमा व्यवहारिक रुपमा प्रयोगमा ल्याइएका छन्।

गत वर्ष २०८१ वैशाख २४ गते काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा आयोजित विशेष समारोहमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले भाषा दिवसको उद्घाटन गरेका थिए। सो कार्यक्रममा प्रदेश सरकारको तर्फबाट नेपाल भाषा तामाङ भाषा दुवैलाई प्रदेश सरकारका कार्यालयहरूमा प्रयोगमा ल्याउने निर्णय सार्वजनिक गरिएको थियो।

नेपालको भाषिक विविधता

नेपाल बहुभाषिक राष्ट्र हो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ मातृभाषा छन्। यीमध्ये, १३ नयाँ भाषा २०७८ को जनगणनामा थपिएका छन्, जसले नेपालमा भाषिक विविधता अझ फराकिलो भएको देखाउँछ। तर, धेरै भाषाहरू लोप हुने खतरामा छन्, जसले भाषा संरक्षणको आवश्यकतालाई अझ जोड दिएको छ।

बहुभाषिकता समावेशी शासन प्रणालीतर्फको अग्रसरता

प्रदेश सरकारले पारित गरेकोप्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०ले प्रदेशमा बहुभाषिकता भाषिक विविधताको सम्मान गर्दै समावेशी शासन प्रणालीलाई संस्थागत गर्ने लक्ष्य लिएको छ। ऐनको दफा अनुसार नेपाली भाषासँगै अन्य जातीय भाषाहरूलाई पनि कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको , यद्यपि व्यवहारिक प्रयोगका लागि मन्त्रालयले आवश्यक निर्देशिका तयार पार्नुपर्ने व्यवस्था छ।

बागमती प्रदेशमा विविध जातीय, भाषिक सांस्कृतिक समुदायहरू बसोबास गर्ने भएकाले यो ऐनले भाषागत पहिचानको संरक्षण प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। विशेषगरी नेपाल भाषा तामाङ भाषालाई सरकारी पत्राचार, सूचना प्रकाशन, तथा सार्वजनिक सञ्चारमा समेत प्रयोगमा ल्याउने योजना , जसले समुदायको भाषिक हकलाई सुनिश्चित गर्छ।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ