आजदेखि शुक्र अस्त सुरु

आजदेखि शुक्र अस्त सुरु

By Nepali Patro
मार्च 19, 2025

शुक्र ग्रह ज्योतिष शास्त्रमा सौन्दर्य, प्रेम, भोगविलास, सुख, वैवाहिक जीवन, कलाकौशल, सम्पत्ति आदि कुरासँग सम्बन्धित मानिन्छ। जब शुक्र ग्रह पृथ्वी नजिक आउँछ र सूर्यको प्रकाशले यसको तेजलाई ओझेल पार्छ, त्यस्तो अवस्थालाई ज्योतिषीय दृष्टिकोणमा शुक्र अस्त भनिन्छ।

यो वर्ष, शुक्र अस्त आज (चैत ६ गते बुधबार राति ७:२५ बजे)बाट सुरू हुनेछ र चैत १० गते आइतबार दिउँसो १:१७ बजे समाप्ति हुनेछ।

शुक्र अस्तको अवधिमा केही कार्य गर्न मिल्छ भने केही शुभ कार्य गर्नु  हुदैन । नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम, लिँदै आएको व्रत तथा उपासना जस्ता कार्यहरू गर्न सकिन्छ । यस अवधिमा शुभकर्म नगर्नु पर्ने उल्लेख गरिए पनि गयाश्राद्ध तथा गोदावरी यात्रा भने गर्न सकिने छ।

ज्योतिषीय मान्यताअनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म विभिन्न शुभ कार्य गर्नु  हुदैन। विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ। यस बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान, देव प्रतिष्ठा गर्न, दिक्षा दिन, गृहारम्भ, गृहप्रवेश , विशेष परीक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि नमिल्ने जनाइएको छ।

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ