चैत ७-११: ८औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (NIFF)
By
Nepali Patro
८औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (NIFF) चैत ७-११, २०८२ (मार्च २०-२४) मा आयोजना हुँदैछ। नेपाल फिल्म तथा सांस्कृतिक एकेडेमीको आयोजनामा हुने यस महोत्सवले विश्वभरका फिल्म निर्माता र चलचित्र प्रेमीलाई एक ठाउँमा ल्याउनेछ।
यस वर्ष, ६०० भन्दा बढी प्राप्त आवेदनहरूबाट ४० देशका ८७ फिल्महरू छनोट गरिएको छ। यीमध्ये धेरैजसो फिल्महरू क्यान्स, बर्लिनाले, बुसान, र लोकार्नो जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा छनोट भइसकेका छन्। महोत्सवको दौरान स्थानीय तथा अन्तर्राष्ट्रिय फिल्म निर्माताहरू, विशेषज्ञहरू, र चर्चित व्यक्तित्वहरूसँग प्यानल छलफल, मास्टरक्लास, र कार्यशालाहरू समेत आयोजना गरिनेछ।
महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खण्डमा विभाजन गरिएको छ, जसअन्तर्गत उत्कृष्ट फिचर फिल्म, छोटो फिल्म, र डकुमेन्ट्रीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ। यसपाली पहिलो पटक, NIFF ले कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी फिल्महरूको छुट्टै प्रतिस्पर्धा राखेको छ। यसमा AI को विषयमा बनेका वा AI प्रविधि प्रयोग गरेर निर्माण गरिएका फिल्महरू प्रतिस्पर्धाका लागि छनोट गरिएको छ।
फिल्म प्रदर्शनहरू QFX सिनेमाज (सिभिल मल र छायाँ सेन्टर) मा गरिनेछ भने, छलफल कार्यक्रमहरू नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभा गृह (सिटी हल), काठमाडौंमा आयोजना गरिनेछन्।
कार्यक्रम सुची