• 260
  • बडा दसैँ २०८१ सँग सम्बन्धित शुभ-साइतहरू
    नेपाली पात्रो > चाडपर्व > बडा दसैँ २०८१ सँग सम्बन्धित शुभ-साइतहरू

    बडा दसैँ २०८१ सँग सम्बन्धित शुभ-साइतहरू

    By Nepali Patro

    २०८१ सालको बडा दसैँको चहल पहल बिस्तारै हाम्रो गाउँ सहर भित्रिन थालिसकेको छ। दसैँको टिका थाप्न पुर्ख्यौली घर जानेहरू पनि आ-आफ्नो घर जान थालिसकेका छन् भने बजारमा पनि दसैँ किनमेलको चहलपहल सुरु भई सकेको छ। 

    असोज १७ गते घर-घरमा घटस्थापना गरे पश्चात् बिधिबत रूपमा दसैँ सुरु हुने गर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति द्वारा प्रकाशित दसैँका महत्त्वपूर्ण दिनहरूको उत्तम साइत अनुसार यस पाली दसैँको टीका-जमराको उत्तम समय असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ। 

    दसैँको पहिलो दिन असोज १७ गते घटस्थापना गरिनेछ। नेपाल पञ्चाङ्ग विकास समिति अनुसार त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापना गर्ने उत्तम साइत रहेको उल्लेख गरिएको छ।

    बडा दसैँको अर्को महत्त्वपूर्ण दिन फूलपाती असोज २४ गते परेको छ। गोर्खा दरबार बाट ल्याइने फूलपाती हनुमान ढोका भित्राउने शुभ साइत भने बिहानको ७:११ मा रहेको छ। फूलपाती पछि असोज २५ को दिन महा अष्टमी परेको र यस वर्ष कालरात्रि र महानवमी एकै दिन अर्थात् असोज २५ गते नै परेको छ। 

    मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने दिन वा विजया दशमी असोज २६ गते रहेको छ। त्यस दिन बिहान ८:३३ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन पश्चात् टीका-जमरा ग्रहण गर्ने उत्तम साइत बिहानको ११:३६ बजे रहेको छ। टीका थाप्दा, टीका थाप्ने व्यक्ति पूर्व फर्किएर मान्यजन बाट टिका लगाउने गरिन्छ। सामान्यतया दशैमा देवीको प्रसाद (टिका-जमरा) लगाउन साइतको आवश्यकता नपर्ने मान्यता पनि रहेको पाइन्छ।     

    असोज ३० गते दसैँको अन्तिम दिन (कोजाग्रत पूर्णिमा) हो र यसै दिन देखि दसैँ सकिने गर्छ। नेपाली पात्रो परिवार हाम्रा सम्पूर्ण प्रयोगकर्ता लगायत सम्पूर्ण नेपाली जनमा बडा दसैँ २०८१ को हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछ।

    वि.सं. २०८१ साल असोज १७ गते – बिहीबार नवरात्रारम्भ, घटस्थापना बिहान ९ः१६ बजे
    वि.सं. २०८१ साल असोज १८ गते – शुक्रबार झण्डा फेर्ने (पश्चिम मोहडा) बिहान ९ः१४ बजे
    वि.सं. २०८१ साल असोज २२ गते – मङ्गलबार श्री पचलीभैरव यात्रा
    वि.सं. २०८१ साल असोज २४ गते – बिहीबार फूलपाती, श्री तुलजाभवानी यात्राबिहान ७ः११ बजे
    स्थिरासनबिहान ८ः४३ बजे
    वि.सं. २०८१ साल असोज २५ गते – शुक्रबार महाष्टमी, महानवमी
    वि.सं. २०८१ साल असोज २६ गते – शनिबार विजया दशमी, देवी विसर्जनबिहान ८ः३३ बजे
    टीका (पूर्व मोहडा) (टिका लगाइमाग्ने पूर्व फर्किने)बिहान ११ः३६ बजे
    श्री तुलजाभवानी यात्राबिहान ११ः५७ बजे
    स्थिरासनदिउँसो १२ः५६ बजे
    खड्गयात्रा
    वि.सं. २०८१ साल असोज ३० गते – बुधबार अखिलबलिपूर्ति
    वि.सं. २०८१ साल असोज ३० गते – बुधबार कोजाग्रत व्रत

    स्रोत :नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति


    Dashain Sait Panchanga

    Comments

      sujan lama

      kehi xaina

      Jeevan Pariyar

      every time happy

      shushila Hamal

      kehi xaina

      BHUPENDRA

      DASAI KO SUBHA KAAMNA SABAIJANALAI

      SAGAR BISTA

      TAAS SAMBANDI DAU LAGNE SAMBHABANA


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!