• 358
  • राष्ट्रिय झण्डा दिवस
    नेपाली पात्रो > राष्ट्रिय दिवस > राष्ट्रिय झण्डा दिवस

    राष्ट्रिय झण्डा दिवस

    By राजानन्द माण्डव्य

    ‘राष्ट्रिय झण्डा‘ तथा ‘राष्ट्रिय गान’’को गरिमा र प्रयाेग । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र हो । मौलिकता, सभ्यता तथा फरक वेशभूषाले सम्पन्न देशको रुपमा नेपाल विश्वसामु परिचत छ । विश्वमा नै फरक महत्व बोकेको नेपालको राष्ट्रिय झण्डा त्यसको पाँचकोण, प्रयोग भएका चन्द्र–सूर्य तथा रंगहरु संसारमै भिन्नै पहिचान प्रस्तुत गर्न सक्षम छन् । 

    विश्वमा धेरै देशमा राष्ट्रिय झण्डाझैँ राष्ट्रिय गानको पनि प्रचलन रहिआएको छ । राष्ट्रिय गानको सन्दर्भमा भने विश्वका कैयाैँ देशमा धुन मात्र प्रयोग गरिएका छन् भने कैयौँमा नेपालको गानजस्तै गायन शैलीका पनि सुुन्न पाइन्छ । राष्ट्रिय गान भनेको राष्ट्रको महिमाको वर्णन हो भने अन्र्तराष्ट्रिय पहिचानको विषय पनि हो । नेपालको इतिहासलाई हेर्ने हो भने राजतन्त्र रहँदासम्म राजाको वर्णन र चिरायुको कामनास्वरुप राष्ट्रिय गान राखिएको थियो ।

    राजतन्त्र समाप्तिपश्चात् गणतन्त्रमा यहाँका जाति, धर्म, संस्कृति, प्रकृति र सार्वभौमसत्ताको महिमाको वर्णन गरिएको छ । धेरै व्यक्तिबाट प्रतिस्पर्धा गराई उत्कृष्ट राष्ट्रिय गानको रुपमा प्रदीपकुमार राई (व्याकुल माइला)को सिर्जनालाई सर्वोत्कृष्ट ठहर गरियो । संसद्बाट राष्ट्रिय गानसम्बन्धी आचारसंहिता तथा कार्यविधि २०६९ समेत तयार गरियो । जसमा स्पष्ट लेखिएको छ कि राष्ट्रिय गान गाउँदा छातीमा हात राखिनु र शिर झुकाउनु नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ को ठाडो विरोध हो । राष्ट्रिय गानको प्रयोगको लागि यसको दफा १४ मा चारवटा उपदफा छन् । जसमा राष्ट्रिय गानको प्रयोग, समय र विधि’bout उल्लेख छ । 

    राष्ट्रिय गानको बखतमा सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्नेछ । सर्तक अवस्था भनेको खुट्टा जोडेर सीधा उभिने र हात तल सपक्क गोडामा टाँसिएको अवस्था हो  । त्यसैगरी, कस्तो–कस्तो अवस्थामा र अवसरमा गाउने भन्ने’bout दफा १४ को उपदफा २ मा स्पष्ट पारिएको छ । धार्मिक कार्यमा राष्ट्रिय गानको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छैन भने दफा १४ मा राष्ट्रिय गानको प्रयोग असान्दर्भिक तथा मानमर्दन गरिने ठाउँमा प्रयोग बर्जित गरिएको छ । 

    गत साता मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चलचित्र हलहरुमा र पशुपतिनाथको आरतीमा समेत राष्ट्रिय गान गाउँन नयाँ कार्यविधि ल्याएको छ ।  यसले राष्ट्रिय गानप्रतिको आचार संहिता उल्लंघन गरेको मेरो ठम्याइ छ । राष्ट्रिय गान भन्नाले स्वाभिमान, आत्मसम्मान तथा देशप्रतिको श्रद्धाभावको एक ज्वलन्त स्वरुप हो । राष्ट्रिय गान गाउनका लागि अर्थात् देशप्रति समर्पित हुनका लागिसमेत निश्चित समय अथवा अवस्था हुनु अत्यावश्यक छ । हाल विद्यालयलगायत अन्य शैक्षिक संस्थामा राष्ट्रिय गान त गाइन्छ, तर त्यसको महिमा तथा गाउँदा अपनाउनुपर्ने शारिरिक हाउभाउसमेत कसैले प्रयोग गरेको पाइँदैन ।

    कोही छातीमा हात राखेर शिर निहुँराउँदै गाउँछन् भने कोही हात तल राखेर निहुरिएका हुन्छन् । त्यस्तै, कतिपय भने सलाम अवस्थामा रहन्छन भने कोही छातीमा हात राखेर शिर ठाडो पारेर गाउने गर्छन् । अझै विद्यालयमा त शिर निहुराएर राष्ट्रप्रति समर्पित होआँै भन्दै बालबालिकालाई आचार संहिताविपरीत राष्ट्रिय गान गाउन लगाइएका उदाहरण प्रशस्त पाइन्छन् । संसद्मा समेत राष्ट्रिय गानको अवस्थामा एकरुपता पाइँदैन । राष्ट्रिय गान बजेपछि सबैले आफ्नो स्थानबाट उठेर राष्ट्रिय गान गाउनुपर्छ । तर, पशुपति क्षेत्र जहाँ मृत लास जलाइन्छन्, जहाँ मृतकका आफन्त शोकमा रहिरहेका हुन्छन् । अब शोकको अवस्थामा कसरी मानिस राष्ट्रिय गानमा सहभागी भई राष्ट्रिय गानको मान मर्यादामा रहन सक्छ ? 

    यो निर्णयअगावै नेपाल सरकारले यस’bout हेक्का राख्नुपर्ने थियो । राष्ट्रिय गान चल्दै गरेको गाडीमा, मोबाइलको रिङटोनलगायतमा जुनसुुकै वेला बजाइने गरिएको छ ।  यसले राष्ट्रिय गानको सम्मान नभई अपमान हुने आचारसंहितामा समेत उल्लेख छ । राष्ट्र मजबुत, बलियो, स्वतन्त्र हुनका लागि राष्ट्रिय गानभन्दा पहिले राष्ट्रप्रतिको बफादारी, संयम, कर्तव्य तथा देशप्रतिको अगाध माया आवश्यक पर्छ । तर, हामी जबर्जस्ती देशलाई माया गर, राष्ट्रिय गान गाएर देशलाई सम्मान गर भन्दै ठाडो आदेश दिँदै छौँ । यसले जनमानसमा पार्ने नकारात्मक प्रभाव’bout सोच्न आवश्यक छ ।

    आदेशले मात्र जनता राष्ट्रिय गौरव, महिमामा तत्काल सरिक होलान् त ? यो सोचनीय विषय हो । कुनै पनि मन्त्रिस्तरीय निर्णय गर्नुअघि जनताको राय सल्लाह–सुझाब लिनु गणतन्त्रको मूल्य–मान्यता हो । कसैले यसो गर, त्यसो गर भन्दैमा अब जनता त्यसको पछाडि लाग्नु भनेको भेडोपन्थी हो भन्ने मेरो आकलन हो । 

    नेपालका सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, सांसदलगायतलाई समेत राष्ट्रिय गानको महत्व र गौरव मात्र नभई आचारसंहितको समेत ज्ञान छैन भने जनतामा राष्ट्रिय गानको आचारसंहिता, कार्यविधि खोज्नुको कुनै तुक छैन । चलचित्र हलमा राष्ट्रिय गान बजाउनु राष्ट्रियताको खिल्ली उडाउनु हो । 

    धार्मिक कार्यक्रममा संस्कृतका छन्दोबद्ध श्लोकमार्फत भगवान्को महिमा तथा अनुनय, विनय र प्रार्थना गरिन्छ । तहाँ राष्ट्रिय गान बजाएर कतै धर्म निरपेक्षताको रंग धमिल्याउन त खोजिँदै छैन ? भोलि बधशाला, पाकशाला, जुवाँघर, क्यासिनो, रेस्टुरेन्टलगायत विलाशिताका क्षेत्रमा राष्ट्रिय गानलाई अनिवार्य गरिएला । त्यहाँ राष्ट्रिय गान त बज्छ, तर त्यसप्रतिको अगाध माया भने मरिसकेको हुनेछ । जब राष्ट्रियता मर्छ, तब राष्ट्र स्वतः पतन हुन्छ । सस्तो लोकप्रियताका लागि संवेदनशील कुरामा राज्य सचेत रहनुपर्छ ।

    अझै राष्ट्रिय गानको चर्चा गर्ने क्रममा म खुलेर राष्ट्रिय गानका केही शब्दको विरोध गर्ने अनुमति नेपाल सरकारसँग माग गर्छु । राष्ट्रिय गानमा सबैलाई समान रुपमा समेटिनुपर्छ, तर मलाई लाग्छ कि राष्ट्रिय गानका केही शब्दले मलाई जहिल्यै भित्रबाटै घृणा उत्पन्न गराउँछ । राष्ट्रिय गानको दोस्रो पंक्तिमा प्रकृतिका कोटीकोटी सम्पदाको आँचल भनिएको छ । कोटीकोटी संस्कृत शब्द हो, जसको अर्थ हुन्छ, करोडौँकरोड सम्पदाको खानी । तर, यसो भनिएता पनि नेपालमा संस्कृत शिक्षालाई उपहास गरिएपश्चात् आमजनतालाई, स–साना बालबालिकालाई यसको अर्थ समेत थाहा छैन भने यसप्रति कसले गर्व तथा सम्मान गर्न सक्छ ? 

    पंक्तिको दोस्रोतर्फ लेखिएको छ– वीरहरूका रगतले स्वतन्त्र र अटल । नेपाल शान्तिभूमि हो, जहाँ भगवान् गौतम बुद्धको शान्तिको सन्देश विश्वसामु गुञ्जायमान छ । हिन्दूहरूको तपोभूमी, देवभूमीमा रगतका कुरा गरिनु नाजायज छ । यो देश स्वतन्त्र भएको रगत र क्रान्तिले मात्र होइन । रगतले स्वतन्त्र र अटल हुने भन्ने कुरामा मेरो पूर्ण विमति रहेको छ । एकातर्फ क्रान्ति र युद्धका कुरा गरिरहँदा सँगसँगै ज्ञानभूूमि, शान्तिभूमि भनेर लेखिएको छ । कसरी एकैपटक युद्धभूमि र शान्तिभूमि बनाउन सकिन्छ ? 

    मेरो मनमा आइरहने प्रश्न यही हो कि हिन्दूको देश, शान्तिको देश, बुद्धको देशलाई नै आफ्नो धर्म मान्ने देशले कसरी राष्ट्रिय गानमा रगतले पोत्न सक्छ ? हामी अहिंसावादी, कसैको रगत बग्नुहुन्न भन्ने मनोभावका जनता कसरी राष्ट्रिय गान गाउँदा रगतले देशलाई स्वतन्त्र बनाउँछ भनेर देशको महिमा गाउन सक्छौँ ? रगतको स्थानमा योगदानका कुरा गर्न सकिन्थ्यो । जहाँ वीरहरुका रगतले स्वतन्त्र र अटलका स्थानमा वीरहरुको योगदानले स्वतन्त्र र अटल राख्दा सबैलाई समेटिन्थ्योे । 

    हुन त मैले यति मनोभाव व्यक्त गर्दा कतै म देशद्रोही त हुन्न ? तर, पनि लोकतन्त्रमा आफना आवाज दमन गर्न पनि त म सक्दिनँ । राष्ट्रिय गानलाई बाध्यात्मक होइन, सम्मानस्वरुप जनताले गर्व गर्ने माहोल राज्यले कहिले तय गर्छ, त्यो त हेर्न बाँकी नै छ । राष्ट्रिय झण्डा, राष्ट्रिय गान यी दुई विषय गम्भीर तथा सोचनीय छन् । किनकि दुवैले राष्ट्रियतालाई मजबुत बनाउँछन् । 

    एकातिर राष्ट्रिय झण्डाको मनोमानी प्रयोग गरिएको छ भने अर्कोतर्फ राष्ट्रिय गानको आचारसंहिताको उपहास गरिएको छ । नेपाल राष्ट्रिय झण्डाको समेत आचार संहिता छ । जसमा झण्डालाई झुकाउन, खुम्च्याउन, च्यात्न, आगो लगाउन, नारा जुलुस, विरोधसभा तथा कुनै पनि ठाउँमा अमर्यादित प्रयोग बर्जित छ । राजनीतिक सभा सम्मेलनमा समेत झण्डाको प्रयोग गर्न पाइँदैन । राष्ट्रिय झण्डाको प्रयोग राष्ट्रिय गौरव, राष्ट्रिय सम्मान तथा देशको पहिचान अन्तर्राष्ट्रिय रुपमा चिनारीको रुपमा प्रयोग गर्नका लागि प्रयोग गर्नुपर्ने कार्यविधि छ ।

    झण्डालाई कलाकार तथा खेलाडीले घाटीमा गाँठो पारेर हिँड्ने फोटो खिच्ने, झण्डाको प्रयोग गरी शरीरमा लगाउने कपडा बनाई प्रयोग गर्ने अनि राष्ट्रियताको खोक्रो नारा पनि लगाउने गरेपछि राष्ट्रिय झण्डा तथा गानको महिमा र सम्मान कहाँ रहन्छ ? यो प्रश्नको उत्तर राज्यले जनतासामु दिनुपर्छ । राष्ट्रिय झण्डा कुनै कपडाको टुक्रा होइन, जुन जहाँ मनलाग्यो त्यहाँ प्रयोग गर्ने । अनि राष्ट्रिय गान कुनै दोहोरी अथवा गीत होइन कि जहाँ मन लाग्छ गाइदिने अनि नाचिदिने । यस्ता हर्कत क्षमायोग्य समेत छैनन्, राष्ट्रिय सम्मान तथा स्वाभिमानका अर्थमा ।

    तसर्थ राष्ट्रिय गान तथा झण्डा’bout पहिले राज्यले तय गरेको आचारसंहिता’bout बहस गरौं, तत्पश्चात् अन्य कुरा सोचौँला । जय मातृभूमि ।

    (लेखक राजानन्द माण्डव्य ‘राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल’का संस्थापक हुनुहुन्छ)
    #राष्ट्रियझण्डादिवस #नेपालीझण्डा

    Comments

      Sajanaa Magar

      rolpa

      Uttam Bahadur Shrestha

      Chad. parba sancrity harna

      pushpa

      rastriya gan ma furti nae chhaina. hatne haina dati ladne nepali ko bani hunchha ….. yo gana thok chha

      pramod Yadav

      pasal

      phani kumar Shrestha

      ‘Rastriyo Jhanda Dibash ko Suva kamana ,
      Rajanand ju ko lekh ma Adharit xu
      yesh bishaye ma xalfal gari Saxyaunu
      parxa bhanne lagdaxa…!!

      kanta raj pulami

      Jaab

      gk

      very niche lecture,keep it up

      dinesh rawal

      ushshs

      govind kumae

      Solang

      sumit sah

      sumit sah birthday party in my house in the morning and see

      raju budha magar

      wow
      Nice
      im happy


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!