• 439
  • विश्व हृदय दिवस

    विश्व हृदय दिवस

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    हृदय, एउटा सानो पम्पजस्तो अङ्ग हो, जसले जन्मदेखि मृत्युसम्म रगतलाई शरीरको हरेक अङ, कोशिकाहरूमा पुर्याउदछ । यदि दुर्भाग्यवश कुनै दुर्घटनाले हाम्रो मस्तिष्क मरेको खण्डमा पनि मुटुले , स्वस्थ मुटु भएमा काम गर्न छोड्दैन। मुटु वास्तवमै सम्पूर्ण मानव शरीरको एक महत्त्वपूर्ण अङ्ग हो। विश्व मुटु दिवस एक वार्षिक उत्सव हो जुन प्रत्येक वर्षको सेप्टेम्बर २९ को दिन आयोजना गरिन्छ। यो दिन मुटु रोगहरूको ’boutमा सार्वजनिक सन्देश, तिनीहरूको रोकथाम र त्यसको विश्वव्यापी प्रभाव सहित जनचेतना वृद्धि गर्ने सन्देश हरूको साथ अवलोकन गर्ने तथा मनाउने गरिन्छ।. सन्‌ १९९९ मा वर्ल्ड हार्ट फेडरेशन (डब्ल्यु.एच.एफ) ले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु.एच.ओ) को सहकार्यमा विश्व मुटु दिवस स्थापना गर्ने घोषणा गर्‍यो। यस कार्यक्रमलाई वार्षिक कार्यक्रमको रूपमा स्थापित गर्ने विचार डब्ल्यु.एच.एफ का अध्यक्ष श्री एन्टोनी बाएस डी लुना द्वारा प्रस्तुत गरिएको थियो र उनी १९९७-९९ सम्म डब्ल्यु.एच.एफ को अध्यक्ष पनि रहेका थिए। विश्व मुटु दिवस पहिले सन २०११ सम्म सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाइने गरिन्थ्यो, र पहिलो उत्सव सन २००० को सेप्टेम्बर २४ तारिख मा भएको थियो।

    मुटु रोग र त्यसका जोखिम तथा तथ्याङ्क

    मुटु रोगलाई सामान्यतया हृदय/ मुटु रोग वा सीवीडी भनेर पनि चिनिन्छ जसले प्रत्येक वर्ष १७.९ मिलियन व्यक्तिको ज्यान लिन्छ, विश्वव्यापी मृत्युको ३१%, यसै कारण सीवीडी लाई हत्यारा नम्बर एक भन्ने पनि गरिन थालिएको छ। मुटु रोगलाई ट्रिगर गर्ने कारक तत्त्वहरू मुख्यतया हृदय घात र स्ट्रोकको रूपमा देखा पर्दछन् जुन सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ आहार, शारीरिक निष्क्रियता र रक्सीको हानिकारक प्रयोगहरूको उपज मानिसलाई लाग्ने गर्दछ। यी उल्लेखित कारक तत्त्वहरूले मानिसहरूमा उच्च रक्तचाप, मोटोपना, रगतमा चिनीको स्तर बढाउने कार्य गर्दछ जुन पछि गएर मुटुको समस्याको रूपमा देखा पर्दछ। यी सबै रोगहरूलाई रोक्न सकिन्छ, समयमै बिचार पुर्‍याएको खण्डमा। हाम्रो देशमा पनि बढ्दो सहरीकरण र अस्वास्थ्य जीवनशैलीको कारण मुटु र रक्तवाहक रोगहरू खतरनाक दरमा वृद्धि भइरहेको छ। यसले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्छ। तसर्थ, सरोकारवालाहरूले मात्र हैन, आम नागरिकले आफ्नो स्वास्थ्य ठिक राख्न, मुटु रोग जस्तो घातक रोगबाट बच्न सबै व्यक्तिहरूले, आफ्नो दैनिक क्रियाकलापहरूमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ तथा हामीले उपभोग गर्ने खानाको ’boutमा समेत पुनर्विचार गर्न पर्ने आवश्यकता देखिन्छ। यदि एक स्वस्थ जीवन शैली को साथ एक स्वस्थ खाना शैली पनि अपनाइएको छैन भने जो कोही पनि यो घातक मुटु रोग को सिकार हुन सक्छ। मुटुका मुख्य रोगहरू कोरोनरी मुटु रोग, हार्ट अट्याक, स्ट्रोकको साथ उच्च रक्तचाप आदि हुन्। कोरोनरी हृदय रोग र हृदयाघात आदि समस्या आजकल अस्वास्थ्य आहार, सहरी जीवनशैली आदि को कारण एउटा ठुलो समस्या बन्न गइरहेको छ। हालसालैका वर्षहरूमा मात्र ४० वर्ष उमेर भएका युवाहरू बिच समेत हार्ट अट्याकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। यो सबै, अर्थात् मुटु रोगमा यसरी उल्लेखनीय बृध्दि हुनुको मुख्य कारणहरू सबैलाई थाहा छ जुन सुर्तीजन्य पदार्थ र यसका उत्पादनहरूको प्रयोग, अस्वास्थ्यकर आहार, शारीरिक गतिविधि नहुनु, मोटोपना, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मानसिक तनाव आदि हुन्।

    विश्वव्यापी रूपमा मुटु रोग मृत्युको सबैभन्दा ठुलो कारण हुँदै गई रहेको देखिएको छ। सन २००० को सुरुवातको अवधिमा, विश्वव्यापी रूपमा मुटु सम्बन्धी रोगहरूबाट बर्सेनि १७ करोड मानिसहरू मरेको तथ्याङ्कले समेत देखाउँछ। अधिकांश मृत्युहरू कोरोनरी मुटु रोग वा स्ट्रोकको परिणाम रहेका छन्। यद्यपि मुटु रोगहरूलाई अक्सर विकसित देशहरूमा बस्ने मानिसहरूलाई दुःख दिने रोगको रूपमा हेरिन्थ्यो, जहाँ मानिसहरू एक प्रकारको निष्क्रिय जीवनशैली बिताउ छन्। तर, भर्खरको अध्ययनबाट यस रोगबाट हुने मृत्यु को प्रतिशत कम र मध्यम आय भएका विकासशील देशहरूमा समेत देखिएको छ। जसले यो देखाउँदछ कि मुटु सम्बन्धी रोगहरूले कुनै देश वा ठाउँ हेर्दैन र यस रोगको को प्राथमिक कारणहरू संसारको जुनसुकै कुना मा भए पनि, कमजोर आहार, व्यायामको अभाव र धूम्रपान मद्यपान आदि नै मुख्य कारक हुन्। तसर्थ, मुटु रोगहरूले विकासोन्मुख देशहरूमा पनि मार्ने छ, जहाँ प्रायः दक्ष स्वास्थ्य सेवाको अभाव हुन्छ। मुटु रोग एकदम गम्भीर हुन सक्छ र मानिसहरूलाई तत्काल मार्न सक्छ। यस तथ्यलाई ध्यानमा राख्दै विश्व मुटु दिवस सन २००० देखि विश्व मुटु सङ्गठनको नेतृत्वमा विभिन्न नाराका साथ हरेक वर्ष सेप्टेम्बर २९ को दिन मनाइन्छ जुन कार्यक्रमहरूको प्रमुख र मुख्य उद्देश्य मुटु रोगको ’boutमा मानिसहरूमा जन-चेतना तथा जागरूकता जगाउनु नै हो।

    विश्व मुटु दिवस, एक उत्सव

    यद्यपि विश्व मुटु दिवस, र यस दिवस के का लागि मनाइन्छ जस्ता कुराहरू नेपाल र नेपालीहरूका माझ अझै पनि एउटा नयाँ अवधारणा हो तर पनि जन मानसहरूलाई चेतना बांडन र मुटुका रोगहरूको जानकारी दिन नेपालमा यो दिवस मनाउनु पर्ने महत्त्वपूर्ण तथ्य र यथार्थ हो। यस दिन को अवसरमा स्वास्थ्य सङ्गठनहरू, सङ्घहरू, आदिले, म्याराथन, वाकाथनहरू र स्वास्थ्य जाँचहरू, सार्वजनिक वार्ता, कार्यक्रमहरू आयोजना गर्दछन्, र यस मार्फत विश्व मुटु दिवस लाई चाखलाग्दो र महत्त्वपूर्ण सूचना हरूको जानकारी दिन प्रयोग गर्दै आएका छन्। शहिद गङ्गालाल राष्ट्रिय हार्ट सेन्टर मुटु सम्बन्धी अस्पताल हो र हार्ट सेन्टर मध्ये एक भएकोले सामान्यतया त्यहाँबाट मुटु दिवसको कार्यक्रम सुरु हुने गर्दछ। बिहान सबेरै स्वास्थ्य राज्य मन्त्री, डाक्टर, नर्स, प्यारामेडिक्स र आम जनताको साथ जनचेतना र ब्यानरको साथ मुटु दिवस, मुटु बचाउने उपायहरू लेखिएका प्लेकार्डहरू बोकेर मार्च सुरु गर्छन्।

    जनतालाई संलग्न गराउनको लागि विश्व मुटु दिवसलाई शैक्षिक कार्यक्रमहरूका साथ रोचक बनाउने प्रयास गरिन्छ। विश्व मुटु दिवसको मुख्य हिस्सा सामान्यतया गङ्गालाल राष्ट्रिय हार्ट सेन्टर भएकाले हार्ट नेटमा वीर अस्पताल, कार्डियाक सोसाइटी नेपाल, फ्रेन्ड्स अफ ओपन हार्ट, हार्ट क्लब नेपाल, हेल्प फर हार्ट सर्जरी, जयन्ती मेमोरियल ट्रस्ट इत्यादि संस्था र अस्पतालहरू सम्मिलित छन्। मनमोहन कार्डियो-थोरैसिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मेडिकेयर नेसनल अस्पताल, मेडिकल ट्रस्ट, नेपाल डायबिटिज सोसाइटी, नेपाल हार्ट फाउन्डेसन ललितपुर, नेपाल हार्ट फाउन्डेसन काठमाडौँ, नर्भिक अन्तराष्ट्रिय अस्पताल, सोसाइटी फर हेल्दि हार्ट, नेपाल उच्च रक्तचाप सोसाइटी आदि विभिन्न २१-२२ संस्था लगायत सबैको संयोजकत्वमा मुटु दिवसको उपलक्षमा विभिन्न कार्यक्रमहरू आयोजना का साथ गङ्गालाल राष्ट्रिय हार्ट सेन्टर बाट मार्च सुरु गरी शिक्षण अस्पताल हुँदै अरू ठांउ समेत घुमेर मार्च फेरि सुरु भएकै स्थानमा आएर समाप्त हुन्छ। धर्मभक्त राष्ट्रिय ट्रान्सप्लान्ट सेन्टरले पनि यसलाई सफल बनाउनको लागि यस भव्य कार्यक्रममा भाग लिन्छ ।

    मुटु रोगको उपचार महँगो र जटिल छ, तर रोकथाम उपायहरू सस्तो, सजिलो, र पहुँचयोग्य छन्। यस वर्ष यस विश्व मुटु दिवसको अवसरमा आउनुहोस्, हामी आफ्नो मुटु (छाती) मा हात राख्दै प्रण गरौँ – स्वास्थ्यकर खाना खानको लागि सङ्कल्प गरौँ, नियमित व्यायाम गरौँ, सुर्तीजन्य पदार्थ हरूको प्रयोग नगरौँ, मदिरापान छोडौँ, र शारीरिक व्यायाम गरौँ, बाल-बच्चाहरूलाई पनि खेलमा प्रोत्साहित गरौँ र जङ्क फुड पूर्ण रूपमा निरुत्साहित गरौँ। साथै आफ्नो कोलेस्ट्रोल स्तर, रक्तचाप, र मुटु सही ट्र्याकमा छ कि छैन भनेर नियमित जाँच गर्न पनि महत्त्वपूर्ण छ, यसमा हेलचेक्राई नगरौँ। विश्व हार्ट डे मा, हामी पनि समावेश हौँ, बढीभन्दा बढी फलफूल र तरकारीहरू खाऔँ, बाहिर निस्कौँ, बिहान र साँझ हिडने गरौँ र मुटुलाई स्वस्थ महसुस गर्न दिने गरौँ।

    यदि तपाईँ यस दिनलाई मनाउन चाहनुहुन्छ भने, आफुँ लगायत आफु वरिपरि को छरछिमेकमा समेत मुटुको बचाउने र स्वस्थ राख्ने उपायहरू भन्ने गरौँ। मुटु रोगबाट बच्ने विभिन्न तरिकाहरू छन् जुन सजिलै अपनाउन सकिन्छ, यसको जानकारी चिने जानेका सबैलाई बांडने काम गरौँ। यस दिन बाट स्वस्थ खाना खाउं, मदिरा प्रयोग नगरौँ, धूम्रपान नगरौँ र शारीरिक व्यायाम हरूमा आफुँ पनि संलग्न होउ र अरूलाई पनि त्यसो गर्न प्रोत्साहन गरौँ । आफ्नो मुटुको हेरचाह हामी आफैँ गरम्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 

    Comments

      gudiya singh

      thank you for the information

      ramesh saud

      you are right

      Hari Gurung

      Sarai ramro jaankaari paye..yo Sujhav ani jaankaari ko laagi dherai dherai dhannebad cha.

      Jitendra

      9898027982

      Arjun kumar
      Niraj Basnwt

      iam 20 years odl

      jitendra Soni

      no

      Good


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!