No Image

विश्व मूर्ख दिवस

By Nepali Patro in अन्तराष्ट्रिय दिवस .
मार्च 20, 2017

विश्वभरि बढो हर्ष-उल्लासका साथ अंग्रेजी पात्रोको हरेक वर्षको अप्रिल प्रथम दिनमा मनाइने विश्व मूर्ख दिवस अर्थात् ‘अप्रिल फूलको’ ’boutमा विभिन्न रोचक अवधारणाहरु एवं ऐतिहासिक विवरणहरु उपलब्ध पाइन्छन् | त्यसमध्ये सर्वप्रथम सबैभन्दा बढि प्रचलित अवधारणा अनुसार प्राचीनकालमा रोमन मानिसहरु त्यसबेलाको प्रचलित जुलियन क्यालेन्डर अनुसार अप्रिल महिनाको पहिलो दिनलाई वर्षको प्रथम दिन मानेर नयाँ वर्षको शुरुवात् गरिन्थियो भने त्यहीं मध्यकालीन यूरोपमा २५ मार्च उप्रान्तलाई नव वर्षको शुभारम्भको उपलक्ष्य मानेर अप्रिल प्रथम दिनसम्ममा उत्सव मनाइने गरिन्थियो | तर पछि गएर सन् १८५२ मा ‘ग्रेगरी अष्ठमेल’ नामका पोपले ग्रेगेरियन क्यालेन्डर (वर्तमान अंग्रेजी क्यालेन्डर) को घोषणा गरी त्यसको आधारमा जनवरीलाई नव वर्षको शुरुवात् गरियो |

कालान्तरमा जनश्रुतिको आधारमा यूरोपका अनेक राष्ट्रका मनिसहरुले ग्रेगेरियन क्यालेन्डरलाई स्वीकारेका थिएनन् त कतै मानिसहरुलाई यसरी पात्रो परिवर्तन भएको जानकारी नै थिएन | जसका कारण नयाँ अंग्रेजी क्यालेन्डर अनुसार जनवरीको पहिलो दिनलाई नयाँ वर्ष मनाउने मानिसहरुले त्यही पूरानै जुलियन क्यालेन्डर अनुसार अप्रिल महिनाको प्रथम दिनलाई नै नयाँ वर्ष मान्ने मानिसहरुलाई मूर्ख तथा परम्परावादी मान्न थालेका र पछि विस्तारै त्यसबेलादेखि विश्वभर अप्रिल प्रथम दिनलाई अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसका रुपमा मनाउने संस्कारको प्रचलन बढ्दै गएको भन्ने भनाई छ |

विशेषगरी बालबालिका र युवा पुस्ताको माझ बढि लोकप्रिय अप्रिल फूल अर्थात् मूर्ख दिवसले एक-आपसमा ठट्टा,हँसी-मजाक, व्यंग्य गर्न यसदिन सबै वर्ग-जातिका मानिसहरुलाई लोभ्याएको देखिन्छ | नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ| यस दिनमा मानिसहरुले आफूले चिने-जानेका साथीभाइ, इस्टमित्र,नातागोता,छरछिमेकी लगायतलाई मूर्ख बनाउने अथवा हँसी-मजाक गरी झुक्याउने गरिंदै आएको छ |

अत्ति विकसित राष्ट्रहरु जस्तै: क्यानडा, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत विशेषतः पश्चिमा देशहरुमा ‘अप्रिल फूल’ वा विश्व मूर्ख दिवस मनाउने प्रचलन बढि छ| पछिल्ला वर्षहरुमा एक अयायीत संस्कृतिका रुपमा नेपाली युवा पुस्तामाझ ‘अप्रिल फूल’ मनाउने चलन विकसित एवं लोकप्रिय हुँदै गएको र यसले नेपालमा जग बसालेको अवस्था छ| जसका कारण अनेकन सामाजिक विकृतिका रुपमा फैलिने र कुसंस्कारको रुपमा बढ्ने डर-चिन्ता पनि रहिरहन्छ |


Related Posts

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!