
सङ्गीतले पस्किएको विशेष ‘प्रेम परिभाषा’ – १० चर्चित नेपाली प्रेमिल गीतहरु
By सन्तोष कुमार देवकोटा in Uncategorized .‘प्रेम’ एउटा अद्भूत र चमत्कारिक शब्द । लाग्छ सारा आकाश र सारा धर्तीबीचको शुन्यता यही शब्द हो । जुन देख्न त सकिन्न तर महशुस गर्न सकिन्छ । जुन बोल्न त सकिन्न तर संकेत गर्न सकिन्छ । साहित्यले कसेको शब्दको डोरी होस् या कलाकारले कूदेको रङ्को रङ्गीन यात्रा ‘प्रेम’ नछोएको साहित्य अथवा कला अकाट्य छ ।
यो प्रेमको रङ्गमा रङ्गीन कहिल्यै पछाडी नहट्ने एउटा विधा हो सङ्गीत । सङ्गीतको अविष्कार आफैमा कोही प्रेममा डूबेपछि भएको हुनुपर्छ । नत्र सङ्गीतको भावले र त्यसमा लेखिएका प्रेमिल शब्द मात्रले मात्रै त मन नहराउनुपर्ने हो । कसैको यादमा एकांकी नहनुपर्ने हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि शायद प्रेममा थिए र साङ्गीतिक असरले उनलाई छोएको थियो जसको नतिजा थियो महान गीति काव्य “मुना मदन” । जुन आफैमा प्रेम कथा र प्रेमिल पात्रहरु मध्ये सुपरहिट रचना हो ।
नेपाली मात्र हैन भारतवर्तका साहित्य र सङ्गीत अनुरागी र बेलायती पनि उनको प्रेमिल कृती “मुना मदन” मा चित्रण गरिएको माया र मनै चस्किने गीति संवादको कायल हुन् । महाकवि देवकोटाले प्रेम अनुभूत नगरेको हुँदो हुन भने वास्तविक झै लाग्ने यति चोखो र मिठो मायायुक्त पात्र कल्पना सम्भव थिएन शायद!
सङ्गीतको सात सुरले सदैव ‘प्रेम’लाई सागर झै अनेक अनुभूति तथा उदाहरणहरुमा संलग्न गरिराखेको छ । धेरैले मायालाई अभिव्यक्त गर्ने मध्यस्तकर्ताको भूमिकामा सङ्गीतको सहाराले लिएकै हुनुपर्छ ।
प्रस्तुत छ तिनै अजर अमर ‘प्रेम’को मध्यस्तकर्ता बनेका १० चर्चित नेपाली गीतहरुः
१) नबोली नबोली – Prabin Bedwal – Samikshya Adhikari
२) फूल हैन – Pratap Das – Prabisha Adhikari
३) तिमी रोएको पल – Sugam Pokhrel – Anju Panta
४) लजाएर एक्लै किन? – Sujan Chapagain
५) देखेर तिमीलाई हेरेर तिमीलाई – तिनपाते – Sujan Chapagain – Vidhya Tiwari
६) के माया लाग्छ र? – Nishan Bhattarai – Eleena Chauhan
७) गाला पुक्क – म फकाउँछु भनेर होला! – Sujan Chapagain
८) अजम्बरी लाउला पिरती – Kaliprasad Baskota – Melina
९) कैले भेट्ने खै (के बाँचौला खै) – Almoda Rana Uptrety
१०) मुस्कान – Sajjan Raj Vaidya
फ्रेवुअरी 17, 2022 12 महिनाहरु
sir hajurko contact number mero email marfat send garna saknu hunxa.
फ्रेवुअरी 18, 2022 12 महिनाहरु
good ramaro xa prem sabai ma hunu parxa
फ्रेवुअरी 18, 2022 12 महिनाहरु
Nepali
फ्रेवुअरी 18, 2022 12 महिनाहरु
nepali1212
फ्रेवुअरी 19, 2022 12 महिनाहरु
म पनि एउटा गायक हो गीत सङ्गीत कोर्ने गर्दछु तर कला र गाला भएर मात्रै पुग्दो रहेछ । यो सोवार्थि संसारमा अगाडि पुग्ने त पैसा वाला मात्र रहेछ । म एउटा गरिब परिवार र बिकट ठाउँमा जन्मेको मान्छे हु सबैले यहाँ पैसा हेर्छन जहाँ गएनि पैसा एहि पैसा को कारणले गर्दा म यो कला देखाउन सकिराको छैन ठिक छ ।
म जेजस्तो भएनि कलाकारहरुलाई रिदै देखिनै सम्मान व्यक्त गर्न चाहान्छु धन्यवाद
फ्रेवुअरी 21, 2022 12 महिनाहरु
who fall in love I want to never be fail down your love always be positive…
फ्रेवुअरी 21, 2022 12 महिनाहरु
sairi
मार्च 2, 2022 11 महिनाहरु
atiramro
मार्च 2, 2022 11 महिनाहरु
ramro lagx
मार्च 9, 2022 11 महिनाहरु
प्रेम के हो बुझ्न सकिन्छ
तर
बुझाउन सकिन्न।
मोहदय”