विश्व फार्मासिस्ट दिवस

विश्व फार्मासिस्ट दिवस

By Nepali Patro
सेप्टेम्बर 25, 2022

विश्व फार्मासिस्ट दिवस। प्रत्येक वर्ष सेप्टेम्बर महिना को २५ तारिकको दिन विश्वव्यापी रूपमा “विश्व फार्मासिस्ट दिवस” मनाउने गरिन्छ। यो दिन प्रत्येक फार्मासिष्ट (औषधिसँग सम्बन्धित व्यक्तिहरू), औषधि वैज्ञानिक/विज्ञान, र औषधि क्षेत्रका अन्य कर्मचारीहरूको लागि एक  उत्सवको रूपमा रहेको छ। अन्तराष्ट्रिय औषधि महासङ्घ जसलाई अङ्ग्रेजीमा International Pharmaceutical Federation (F.I.P) भनेर पनि चिनिन्छ त्यसले नै विश्वभर रहेका फार्मासिस्टहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवसको सुरुवात गरेको थियो।

अन्तरास्ट्रिय औषधि महासंघ (एफ.आई.पी) को अनुसार संस्थाको साथ-साथै विश्वभर रहेका फार्मेसी कर्मचारीहरूलाई सम्मान गर्ने उद्देश्य अनुरूप यो दिवस मनाउन थालिएको हो।  आजकै दिन अन्तरास्ट्रिय औषधि महासंघको स्थापना दिवस पनि भएकोले अंग्रेजी महिनाको सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसको लागि चयन गरिएको हो। यसको स्थापना भने सन् १९१२ को सेप्टेम्बर २५ मा भएको थियो। 

एफ.आइ. पी (FIP) एउटा गैर-सरकारी संस्था हो जसको मुख्य कार्यालय नेदरल्याण्डमा छ। यस संस्थाले विश्वभर रहेका लाखौँ फार्मासिस्टहरू, औषधि वैज्ञानिकहरू, र औषधि शिक्षाविद्हरूको प्रतिनिधित्व गर्दछ। एफ.आइ.पी ले विश्वभरका औषधि सम्बन्धित शैक्षिक संस्थागत सदस्यहरू लगायत व्यक्तिगत सदस्य समेत लाई आफ्नो सदस्यको रूपमा समावेश गर्दछ। 

काठमाडौँ स्थित “नेपाल फार्मेसी स्टुडेन्ट्स सोसाइटी” (NPSS) नामक संस्थाले हरेक वर्ष विश्व फार्मासिस्ट दिवस मनाउनको लागी समन्वयात्मक कार्य गर्छ। सन् २००२ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थापना भएको यस संस्थाले फार्मेसी विद्यार्थीहरू बिचको सक्रिय नेतृत्व र समन्वयको माध्यमबाट फार्मेसी पेसा र समाजमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। 

नेपालमा फार्मेसी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने अर्को संस्था भने नेपाल फार्मेसी विद्यार्थी संघ (NPSA) पनि हो। यो नेपालका फार्मेसी विद्यार्थीहरूको आधिकारिक, गैर-राजनीतिक र गैर नाफा मूलक संस्था हो, जुन देशका सबै फार्मेसी विद्यार्थीहरूलाई सम्बोधन गर्न स्थापना गरिएको छ। एन.पी.एस.ए (NPSA) इन्टरनेशनल फार्मास्युटिकल स्टुडेन्ट्स फेडरेशन (आई.पी.एस.एफ) को समेत सदस्य रहेको छ। 

एलिउस ग्यालेनिउस (Aelius Galenius) वा “ग्यालेन अफ पेरगामोंन” को नामले समेत चिनिने रोमन साम्राज्यका एक ग्रीक चिकित्सक, सर्जन र दार्शनिक नै “फादर अफ फार्मेसी” भनेर चिनिन्छन्। इजिप्टमा सबैभन्दा पुरानो औषधि अभिलेखहरू फेला परेका थिए जुन २९०० ईसा पूर्वको मानिन्छन्। त्यसरी भेटिएका अभिलेखहरू मध्येको एक हो प्यापिरस एबर्स (Papyrus Ebers), जसमा करिब १५०० ईसा पूर्वको प्रेस्क्रिप्शनहरूको एक संग्रह रहेको छ। त्यस अभिलेखमा ७०० किसिमका औषधिहरूको उल्लेख गर्दै झन्डै ८०० बटा प्रेस्क्रिप्शनहरू रहेका छन्।  

विश्व फार्मासिस्ट दिवसको रूपमा आजको दिनलाई विभिन्न सरकारी र गैरसरकारी निकायहरू द्वारा आयोजित विभिन्न कार्यक्रम र गतिविधिहरू द्वारा मनाउने चलन रहेको छ।  यस दिवसको साझा लक्ष्य फार्मासिस्टहरू र औषधि खाँचो परेकाहरू लाई औषधि सेवाको महत्त्वपूर्ण भूमिकाहरू ’bout सचेतना बढाउनु हो। 

विश्वभर करिब ४० लाख मानिस यस पेशामा संलग्न रहेको विश्वास गरिन्छ। मानिसहरूले आफ्ना आवस्यकता अनुसारको सही औषधि पाउनुको एक कारण हुन् फार्मासिस्ट। फार्मासिस्ट तिनै हुन् जसले आफ्नो अनुभव, ज्ञान र सीप प्रयोग गरी चिकित्सकको सल्लाह बमोजिम चिकित्सा जगत् सबैका लागि सहि ठाउँ बनाउने कार्य गर्दै जनतालाई सेवा प्रदान गर्छन् । फार्मासिस्ट पेशामा कार्यरत व्यक्तिहरू लगायत सम्पूर्ण नेपालीमा आजको यस विश्व फार्मासिस्ट दिवसको न्यानो शुभ कामना। नेपाली पात्रो। यस लेखलाई अंग्रेजी भाषामा पढ्नको लागि यहाँ थिच्नुहोस्। 

 

Comments

    ram singh

    sorry

    Tek dhungel

    yo bhanai Malai chain Sarai Ramiro lageko Chha hair
    Shania bat

    Tara Prasad joshi

    Hi

    Min Newar

    minnewar1

    Nitesh Kumar

    niteshpandit


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!