
विश्व जनसङ्ख्या दिवस
By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .हरेक वर्ष, जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवस एक वार्षिक कार्यक्रम हो। विश्व जनसङ्ख्या दिवस विश्वव्यापी रूपमा जनसङ्ख्या सम्बन्धी प्रश्नहरूमा चेतना जगाउन को लागी मनाउने गरिन्छ। विश्व जनसङ्ख्या दिवस, १९८९ मा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को गवर्निंग काउन्सिल द्वारा स्थापित गरिएको थियो। विश्व जनसङ्ख्या दिवस सार्वजनिक चासोबाट प्रेरित भई संसारको जनसङ्ख्या ५ अर्ब पुगेको दिन स्थापना भएको थियो। उक्त दिनलाई “फाईब बिलियन डे” भनेर पनि चिनिन्छ, जुन १९८७ को जुलाई ११ मा परेको थियो।
विश्व जनसङ्ख्या दिवस परिवार नियोजनको महत्त्व, गरिबी, लैङ्गिक समानता, मातृ स्वास्थ्य र मानव अधिकार जस्ता विभिन्न जनसङ्ख्या सम्बन्धी मुद्दाहरूको ’boutमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मनाइन्छ। यी सबै मुद्दाहरूले विश्वव्यापी रूपमा विश्व जनसङ्ख्यासँग सम्बन्ध राख्छ किन भने विश्वको जनसङ्ख्या १ अक्टोबर २०११ मा ७ अर्ब पुगी सकेको छ। र, जुलाई २०२० सम्म, वर्ल्डोमिटर वेबसाइटका अनुसार विश्वको जनसङ्ख्या ७.८ अर्ब मानिसहरूको साथ उच्च बिन्दुमा पुगिसकेको छ।
सामान्यतया, हामी सबैले यो सोच्ने गर्छौ कि जनसङ्ख्या वृद्धिले हामी कसैलाई पनि खासै असर भने गर्दैन। तर, अवस्था त्यो होइन, किनकि अधिक जनसङ्ख्यालाई अधिक खाना अनि अधिक शक्तिको पनि आवश्यकता हुनेछ। र, जनसङ्ख्या बढिरहेको दरमा वा अनुपातमा खाना र शक्तिको त्यो मात्रालाई पूर्ति गर्न एवं जारी राख्न भने गाह्रो हुने छ। यसरी जनसङ्ख्या वृद्धि, भएको अनुपातमा सबैलाई बचाउन गरिने विभिन्न गतिविधिहरूले जलवायु परिवर्तनमा समेत ठुलो योगदान पुर्याउने छ। यसले हामी पृथ्वीको जुनसुकै स्थान मा पनि बसे पनि हामी सबैलाई समान असर गर्नेछ।
बढ्दो जनसङ्ख्याले निम्त्याउने समस्याहरू माथि प्रकाश पार्दै वातावरणमा समेत यसले पार्ने नकारात्मक प्रभावहरूको ’boutमा चेतना बढाउने कार्य गर्ने भएकाले विश्व जनसङ्ख्या दिवस ले ठुलो महत्त्वको बोकेको छ। यस दिवसको प्राथमिक उद्देश्य भनेको नै सबै मानिसहरूमा प्रजनन स्वास्थ्य समस्याहरूको ’boutमा चेतना बढाउनु हो। साथै, यस दिवसले परिवार नियोजनको महत्त्वलाई सर्वोपरि ध्यान दिने गर्छ।
संयुक्त राष्ट्र सङ्घ (यु. एन) को पछिल्लो तथ्याङ्क अनुसार नेपालको जनसङ्ख्या २०२१ को जून १६ सम्म २९,६३५,२३१ देखिएको छ। यो जनसङ्ख्या कुल विश्व जनसङ्ख्याको ०.३७ प्रतिशत रहेको छ भने जनसङ्ख्या घनत्व २०३ व्यक्ति प्रति किलोमिटर छ जसको मतलब प्रति माइल ५२६ व्यक्ति हुन आउँछ। नेपालको २०१९ को मध्यम आयु (median age) २४.६ वर्ष अनुमान गरिएको छ भने आयु -सम्भाव्यता (life expectancy) ७१ वर्ष रहेको छ।
फ्रान्स र ग्रिसको साथमा स्यान मरिनो (स्यान मरिनो उत्तर-मध्य इटालीले घेरिएको हिमाली माइक्रो स्टेट हो जुन विश्वको सबैभन्दा पुरानो गणतन्त्रहरूमा पर्छ) को सबै भन्दा उच्च आयु -सम्भाव्यता ८५ वर्ष रहेको पाइन्छ।
विश्व जनसङ्ख्या दिवसको २०१८ को उत्सवमा केन्द्रित विषयवस्तु (थिम) “परिवार नियोजन एक मानव अधिकार हो”, थियो। प्रत्येक वर्ष जनसङ्ख्या दिवसको विषयवस्तु पनि फरक फरक हुन्छ। विश्व जनसङ्ख्या दिवस २०२० को विषयवस्तु “महिला र केटीहरूको स्वास्थ्य र अधिकार कसरी सुरक्षित गर्ने” राखिएको थियो। प्रत्येक सेकेन्ड ४.२ व्यक्तिले जन्म लिन्छन् भने १.८ व्यक्तिले मृत्यु वरण गर्छन् र यो पनि आशा गरिएको छ कि २०२० सम्ममा विश्वको लगभग ७०% जनसङ्ख्या सहरमा बस्ने छन्।
विश्व जनसङ्ख्या दिवस विश्वव्यापी जनसङ्ख्या नियन्त्रणको ’boutमा चेतना जगाउने उत्सव हो। यो उत्सव, विश्वमा अहिले विद्यमान स्रोतमा जनसङ्ख्याको असमान वितरण, जोखिम र परिणामहरूमा केन्द्रित रहेको पाइन्छ।
विश्व जनसङ्ख्या दिवसले हाम्रो जीवनमा जनसङ्ख्या वृद्धिले कसरी र के-कस्ता प्रभावहरू पार्छ भन्ने याद दिलाउने कार्य समेत पनि गर्ने गर्दछ। यस विश्व जनसङ्ख्या दिवसको दिन हामी सबै भविष्यमा केन्द्रित हुनुपर्दछ र जनसङ्ख्या बुद्धिलाई कम गर्न के-के प्रयासहरू गर्नुपर्दछ, त्यसमा ध्यान दिनु पर्छ। जनसङ्ख्याको वृद्धिले हाम्रा छोरा-छोरीहरू, नाति नतिनाहरू र पनाति समेत लाई असर हुन नदिने कुरामा ध्यान केन्द्रित हुनुपर्दछ।
यद्यपि, यो दिवस / उत्सव हाम्रो देश नेपालको लागि नयाँ हो तर पनि हामी यसलाई उपलब्ध रहेका विभिन्न माध्यमहरू मार्फत प्रचार प्रसार गर्ने कार्य गर्न सक्छौँ। आजको दिनमा हामीले साथीभाइ र परिवारसँग यस दिवसको ’boutमा छलफल गर्दै मनाउन सक्छौ। हरेक व्यक्ति लाई जागरूक बनाउँदै हामी सबैले आफ्नो सामाजिक सञ्जाल र अरु विभिन्न प्रविधि अनि माध्यमहरू प्रयोग गर्दै यो दिवसको ’boutमा सबैलाई जानकारी दिन सक्छौँ। हामी सबैले यस उत्सवको लागि योगदान गर्न सक्दछौँ। आउनुहोस्, हामी सबै मिलेर यस विश्व जनसङ्ख्या दिवसमा जनसङ्ख्या वृद्धि लाई कम गर्दै सबैको अधिकार को सम्मान गरेर अगाडी बढ्दै जाने प्रण गरौँ। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।
जुलाई 5, 2021 2 वर्षहरु
मनुष्य भै जन्मिएँ र अरू को लागि केई गर्छु भन्ने सोच कसैमा छैन भने त्यो विश्व जनसंखया गणना मा नपरेकै नै उचीत छ।
जुलाई 5, 2021 2 वर्षहरु
Ramro
जुलाई 11, 2022 11 महिनाहरु
भगवान् ले सबै भन्दा सुन्दर, बुद्धिमान, ताकतवर, प्राणी मानीस लाई बनाईयो तर सबै भन्दा अप्राध गर्ने, अमानवीय कार्य, चोरी डकैती, लुटमार, ब्लातकार, भ्रष्टाचार, एक अर्कालाई दुख दिने अमानविय कार्य गर्ने मानिस नै हो भने जनसंख्या दिवस मनाएको के काम