विश्वकर्मा पूजा

विश्वकर्मा पूजा

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
सेप्टेम्बर 13, 2021

विश्वकर्मा पूजा र वास्तु दिवस । स्वर्ग लोक, मर्त्यलोक (मध्य लोक) र पाताल लोक, गरी तीन लोकको निर्माण गरेका भगवान् विश्वकर्मा पूजा वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ। ज्योतिष शास्त्र अनुसार असोज १ गते को दिन मनाउने गरिएको विश्वकर्मा पूजाको दिन सूर्यदेव कन्या राशिमा प्रवेश गर्छन्। भगवान् विश्वकर्माको महत्त्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको पाइन्छ। आज हिन्दु पात्रो अनुसारको छैठौं महिना, असोजको १ गते आश्विन संक्रान्ति लाई कन्या संक्रान्तिको नामले पनि चिनिन्छ। केही स्थानमा आजको दिन लाई विश्वकर्मा जयन्तीको नामले पनि बोलाउने गरिन्छ। 

भगवान् विश्वकर्मालाई प्राय: जसो भगवान् ब्रह्मा को पुत्र भनिए पनि विभिन्न ग्रन्थहरूमा फरक फरक मत रहेको पाइन्छ। निरुक्त ग्रन्थ र ब्राह्मण / ब्रम्हमानस ग्रन्थ अनुसार भगवान् विश्वकर्मा भुवन पुत्र भनी वर्णन गरिएको छ। त्यसै गरी महाभारत र हरिवंश पुराण जस्ता ग्रन्थहरूमा, भने उहाँ वासु प्रभास र योग-सिद्धका पुत्र रहेको बताइएको छ। पुराणहरूमा वर्णन गरे अनुसार विश्वकर्मा वास्तु देवका पुत्र हुन्। भगवान् विश्वकर्मा बर्हिष्मती, संज्ञा र चित्रागदा नामक तीन छोरीहरूका पिता समेत हुन्। केही ग्रन्थ अनुसार घृताचीको पति को रूपमा पनि भगवान् विश्वकर्मा लाई प्रस्तुत गरिएको छ। 

हिन्दु धर्म परम्परामा रहेको प्रसिद्ध मान्यता अनुसार पौराणिक कालमा भगवान् विश्वकर्माले देवहरूका लागि भव्य महल देखि हात-हतियार लगायत सिंहासन इत्यादि बनाएको मान्यता रहेको छ। उनले भगवान् शिवका लागि त्रिशूल, र भगवान् विष्णुका लागि सुदर्शन-चक्र तथा स्वर्गराज इन्द्रका लागि बज्र अनि यमराजका लागि काल दण्ड समेत बनाएका थिए। यी सबै बस्तु हरू उहाँले सूर्यको धुलो प्रयोग गरी बनाएको भन्ने गरिन्छ। त्यसै गरी रावणको लंका, श्री कृष्णको लागि द्वारिका नगरी को साथै पाँच पाण्डवका लागि इन्द्र प्रस्थ नगरी बनाएको समेत हिन्दु धर्मग्रन्थहरूमा उल्लेख रहेको पाइन्छ।

विश्वकर्मा पूजा महोत्सव आज कन्या संक्रान्ति, लगायत कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा) को दिन पनि मनाउने चलन रहेको पाइन्छ। नेपालमा दसैँको उपलक्षमा महानवमी अर्थात् कालरात्रिको दिन गुप्त पूजा गरी राखिएका हात-हतियार र ज्याबलहरू (आयुध) का साथै घरघरमा हुने औजार, मेशिन लगायत सवारीसाधन आदिलाई बलि दिई रगत छिम्काई विश्वकर्मा पूजा सम्पन्न गरिन्छ। 

शास्त्र तथा पुराणहरूमा भगवान् विश्वकर्मालाई वास्तु शास्त्र तथा यन्त्रहरूको देवता मानिएको छ। त्यसैले आज विश्वकर्मा पूजा नेपाल लगायत भारतमा समेत मनाउने चलन रहेको छ। आजको विश्वकर्मा पूजाको दिन महानवमीको दिन जस्तो बली दिने चलन भने छैन। खास गरी औद्योगिक क्षेत्र लगायत कल-कारखाना, फलामका सामान बनाउने पसल, सवारी साधनका पसल तथा मेसिन आदि मर्मत गर्ने ठाउँ (वर्कसप) आदिमा विश्वकर्मा पूजा गर्ने गरिन्छ। आजको दिन मेसिन सफा गरी रंग रोगन गर्ने र पूजा गर्ने गरिन्छ। आजको दिन औजार तथा मेसिन आदिमा काम गर्न नहुने मान्यता भएकोले प्राय यी कल कारखानाहरू आज बन्द रहन्छन्। 

 आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसको रूपमा पनि मनाउने चलन रहेको छ। आजको दिन हिन्दु धर्मालम्बी हरूले औद्योगिक क्षेत्र लगायत कलकारखाना तथा विभिन्न फलामे औजार आदिमा भगवान् विश्वकर्माको पूजाआजा गर्ने गर्छन्। आजको दिनको विश्वकर्मा पूजालाई उत्पादन वृद्धि र राष्ट्रिय समृद्धिको लागि एक महत्त्वपूर्ण दिनको रूपमा पनि हेर्न सकिन्छ। 

भगवान् विश्वकर्मा वास्तु विद्याका विशिष्ट ज्ञाता भएको हुँदा उहाँको पूजा गर्दै विद्वत्ताको सम्मान गरेको खण्डमा आफूमा पनि उक्त गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने गरिन्छ। भगवान् विश्वकर्मालाई शिल्प शास्त्रको आविष्कार गर्ने देवताको रूपमा चिनिने गरिन्छ। आजको दिन बिहानै नुहाई धुवाई गरेर शुद्ध भई आ-आफ्नो ज्याबल, औजार लगायत कलकारखाना हरू विश्वकर्मा मन्त्र उच्चारण गर्दै पूजा गर्ने चलन रहेको छ। पूजाको क्रममा भगवान् विश्वकर्माको मूर्ति वा चित्र पूजा स्थलमा राखी पहेँलो वा सेतो पुष्प माला अर्पण गर्दै धूप बत्ती बाल्नु पर्छ। 

पूजाको क्रममा आफ्नो दाहिने हातमा फूल र अक्षता लिई तलको मन्त्र पढ्नुपर्छ। मन्त्र पश्चात् फूल र अक्षतालाई जलमा छोडिदिने। पूजा विधि अनुसार विविध यन्त्र र औजार आदि को जल, अक्षता, फूल तथा मिठाई सहित पूजा तथा विधिवत् रूपमा हवन गर्न पनि सकिन्छ। 

यसरी पूजा गर्दा निम्न मन्त्र पढ्न सकिन्छ।  

ॐ आधार शक्ते नमः

ॐ कूमयि नमः

ॐ अनंतम नमः

ॐ पृथिव्यै नमः

ॐ श्री सर्व सिद्ध विश्वकर्मा नमो नमः 

विश्वकर्मा पूजा गरी विश्वकर्मा भगवान् लाई खुसी पार्न सके यान्त्रिक उपकरण हरू नबिग्रने र तिनले दुःख नदिने धार्मिक मान्यता रहेको छ। यसरी मन्त्र उच्चारण गर्दै पूजा गरे पश्चात् पूजामा उपस्थित सबैलाई उपलब्ध प्रसाद वितरण गरी  विश्वकर्मा पूजा समापन गर्न सकिन्छ। पूजा विधि पूजा हुने वा गर्ने स्थान तथा अगुवाइ गर्ने व्यक्ति अनुसार केही फरक हुन सक्छ। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

 

Comments

    angad kohar

    mero bhvishya ma ke lekhieko xa

    जित बहादुर दाहाल

    मेरो असोज महिनाको राषीफल बताइदिनु होला

    Rohan

    Enjoy

    Harish singh

    dashai Tihar kahile chhaa

    Ramesh patel

    Ramesh

    krishankrishansharma6@gmail.com

    krishan sharma

    suk raj guru g

    sabai thikai xa

    komal tharu

    good habits

    Anil sharki

    job

    Krishna thakulla

    ati ramro

    rupesh kushwaha

    bara jila amawa

    Durga

    amazing

    Deepak chaudhary

    jay baba bishkarma


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!