विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७
नेपाली पात्रो > सूचना > विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७

विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७

By Nepali Patro
नोभेम्बर 11, 2020

हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा भाइटीकाको साइत ‍- २०७७ सार्वजनिक गरेको छ ।

नेपालको पञ्चाङ्ग निर्णायक समितीले हालसालै २०७७ साल मंसिर १ गते परेको भाइटीकाको साइत सार्वजनिक गरेको छ । नेपाल, भारत, अमेरिका साथै विभिन्न देशमा नोभेम्बर १६ तारिखमा भाइटिकाको साइत छ भने, अष्ट्रेलिया, न्युजिल्याण्ड तथा जापानमा नोभेम्बर १७ मा भाइटीकाको साइत परेको छ। नेपाली पात्रोका तर्फबाट समस्त दाजुभाइ तथा दिदीबहिनीहरूमा यस महान चाडको शुभकामना ।

तालिका – विभिन्न देशमा भाइटीकाको साइत

स्थान र देशअंग्रेजी तारिखस्थानिय समय
काठमाण्डौ, नेपाल१६ नोभेम्बर २०२० ( १ मंसिर २०७७ )११:३७
देह्ली, भारत१६ नोभेम्बर २०२०११:४१
न्ययोर्क, अमेरिका१६ नोभेम्बर २०२०११:०७
केन्टुकी, अमेरिका१६ नोभेम्बर २०२०११:०१
टेक्सास, अमेरिका१६ नोभेम्बर २०२०११:३७
क्यालिफोर्निया, अमेरिका१६ नोभेम्बर २०२०१०:५५
टोरोन्टो, क्यानडा१६ नोभेम्बर २०२०११:२३
टोकियो, जापान१७ नोभेम्बर २०२०१०:२५
सिड्नी, अष्ट्रेलिया१७ नोभेम्बर २०२००९:५१
मेलबर्न, अष्ट्रेलिया१७ नोभेम्बर २०२००९:५१
ब्रिसवेन, अष्ट्रेलिया१७ नोभेम्बर २०२००९:५३
वेलिङ्गटन, न्यजिल्याण्ड१७ नोभेम्बर २०२००९:५६
लिस्बन, पोर्चुगल१६ नोभेम्बर २०२०११:०४
लण्डन, वेलायत१६ नोभेम्बर २०२०११:२७
पेरिस, फ्रान्स१६ नोभेम्बर २०२०११:३५
ओस्लो, नर्वे१६ नोभेम्बर २०२०११:५५
क्वालालम्पुर, मलेसिया१६ नोभेम्बर २०२०११:५१
अबुधाबी, युएई१६ नोभेम्बर २०२०११:५३
दोहा, कतार१६ नोभेम्बर २०२०१०:४६
बैंकक, थाईल्याण्ड१६ नोभेम्बर २०२०११:११
सियोल, दक्षिण कोरिया१६ नोभेम्बर २०२०१०:०५
तेल अभिब, इजरायल१६ नोभेम्बर २०२०११:०५
सिङ्गापूर१६ नोभेम्बर २०२०११:३७
हङ्गकङ्ग१६ नोभेम्बर २०२०११:३५
साउदी अरेबिया१६ नोभेम्बर २०२०११:३३
म्यानमार१६ नोभेम्बर २०२०११:४५
स्वीजरल्याण्ड१६ नोभेम्बर २०२०११:३७

Comments

    गोपाल भण्डारी

    क्यानाडा धेरै विशाल छ , टोरन्टो मात्र होइन ओटावा, सडवरी , यूकोन, क्यालगरी , यडमन्टन र भ्यानकुवर , भिक्टोरिया समेत भयमा पत्यार लाग्ने हुन्छ seriously सोच्नु हुन अनुरोध छ ल


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!