विपी स्मृति दिवस

विपी स्मृति दिवस

By Nepali Patro
जुलाई 15, 2025

विश्वेश्वरप्रसाद कोइराला, जसलाई विपी कोइराला भनेर चिनिन्छ, नेपालका पहिलो प्रजातान्त्रिक ढंगबाट निर्वाचित प्रधानमन्त्री मात्र होइनन्। उनी एक उत्कृष्ट साहित्यकार, दूरदर्शी राजनीतिक चिन्तक लोकतन्त्र तथा सामाजिक न्यायका अडिग पक्षपाती थिए। राजनीतिमा होस् वा साहित्यमाउहाँका विचार योगदानहरूको प्रभाव आज पनि नेपाली समाजमा देखिन्छ। साउन गते प्रत्येक वर्ष विपी स्मृति दिवस मनाइन्छ, उहाँको जीवन विचारलाई सम्झन सम्मान गर्न।

नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री

वि.सं १९७१ भदौ २४ मा भारतको बनारसमा जन्मिएका विपी कोइरालाले औपनिवेशिक शासन परिवर्तनको लागि संघर्ष गरिरहेका मानिसहरूको अनुभव नजिकबाट देखे। लोकतान्त्रिक मूल्यहरूमा दृढ विश्वास राख्दै, उनले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिए त्यसपछि नेपालमा प्रजातान्त्रिक परिवर्तन ल्याउने अभियानमा सक्रिय भए।

वि.सं २०१५ मा नेपालको पहिलो संसदीय निर्वाचन सम्पन्न भयो, जुन नयाँ संविधान अन्तर्गत सम्पन्न भएको थियो। नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि विपी कोइराला प्रधानमन्त्री बने। तर उनको कार्यकाल लामो समय टिक्न सकेन। वि.सं २०१७ मा राजा महेन्द्रले निर्वाचित सरकार विघटन गरेर पञ्चायती व्यवस्था लागू गरे विपी कोइरालालाई जेलमा राखियो।

संघर्ष, सहमति अमिट विरासत

झण्डै आठ वर्ष जेल जीवन बिताएपछि लामो समय निर्वासनमा रहे पनि विपी कोइरालाले लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै छोडेनन्। उनले नागरिक स्वतन्त्रता बहुदलीय व्यवस्थाको पक्षमा निरन्तर आवाज उठाइरहे। सम्झौताका प्रस्तावहरू अस्वीकार गर्दै उनले आफ्नो आदर्श नछाड्ने अडान लिए।

सन् १९७६ मा उनी निर्वासनबाट नेपाल फर्किए। आफ्नो मृत्युसम्म (वि.सं २०३९ साउन ६)विपीले लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता व्यक्तिगत स्वतन्त्रताको पक्षमा आवाज उठाइरहे।

लोकतान्त्रिक समाजवाद राष्ट्रिय एकता: विपीका मूल सिद्धान्त

विपी कोइरालाको राजनीतिक दर्शनराष्ट्रिय एकता लोकतान्त्रिक समाजवादमा आधारित थियो। उनले समावेशी लोकतन्त्रको परिकल्पना गरेजहाँ जात, वर्ग, लिङ्ग वा जातीय पहिचानको आधारमा कुनै भेदभाव नहोस् सबैका लागि समान स्वतन्त्रता, न्याय सम्मान सुनिश्चित होस्।

व्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन, गरिमामय जीवनको पक्षमा उहाले निरन्तर बल दिए, यही मूल्यहरू आजको लोकतान्त्रिक नेपालको आधारस्तम्भ बनेका छन्। उनको विचार आदर्श व्यवहारबीचको सन्तुलन थियो, जसले सामाजिक रूपान्तरणलाई लोकतान्त्रिक माध्यमबाट अघि बढाउने बाटो देखाउँथ्यो।

साहित्यिक चेतना: समयभन्दा अघि

राजनीतिसँगै विपी कोइरालाले नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान पुर्याए। उनका कथा उपन्यासहरूले नेपाली समाज विशेषगरी महिलाको मानसिकता, संवेदना संघर्षलाई गहिराइका साथ चित्रण गरेका छन्,जसले नेपाली साहित्यमा नयाँ सोच ल्यायो।

सुम्निमा, मोदियाइन, हिटलर यहूदी, दोषी चस्मा, तीन घुम्ती जस्ता कृतिहरू उनका उल्लेखनीय साहित्यिक सम्पदा हुन्।

उनका रचनाहरूले राजनीतिक मूल्यहरूलाई मानवीय संवेदना मार्फत प्रस्तुत गर्छन्,जहाँ व्यक्तिको स्वतन्त्रता सामाजिक मूल्यबीचको द्वन्द्वलाई कलात्मक रूपमा उजागर गरिएको छ। उनका विचार लेखन आज पनि सान्दर्भिक छन् नयाँ पुस्तालाई प्रेरणा दिन्छन्।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ