• 297
  • विक्रम संवत्, नयाँ वर्षको संकल्प
    नेपाली पात्रो > चाडपर्व > विक्रम संवत्, नयाँ वर्षको संकल्प

    विक्रम संवत्, नयाँ वर्षको संकल्प

    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    अप्रील 14, 2018

    नेपालमा सर्वमान्य, वैधानिक र राष्ट्रिय संवत् का रूपमा विक्रम संवत् लाई लिइन्छ। यही संवत् का आधारमा नेपालको राष्ट्रिय पञ्चाङ्ग अथवा क्यालेन्डर तयार हुन्छ। हरेक वर्ष वैशाख संक्रान्तिबाट प्रारम्भ भएको नयाँ संवत् चैत्र मसान्तमा टुंगिन्छ। संसारका सबै संवत् मध्ये सर्वाधिक वैज्ञानिक तथा सूर्यको गति र प्रकृतिमा आधारित संवत् नै विक्रम संवत् हो।

    संसार, समय र प्रकृतिका नियामक सूर्यनारायण हुनुहुन्छ। वेदमा सूर्यलाई जगतको आत्मा (सूर्य आत्मा जगतस्थुषः) भनिएको छ। समस्त चराचर जगतका प्रत्यक्ष पालनकर्ता सूर्यनारायण नै भएकाले यसो भनिएको हो। विक्रम संवत् सूर्यको गतिका आधारमा चल्दछ। यसमा रहेका वैशाख, जेठ आदि १२ महिना सूर्यको १२ राशि–सञ्चार हुन्। सूर्य एउटा राशिमा भ्रमण गर्ने समय १ महिना हुन्छ। सौरमानको गणना सूर्यसिद्धान्तका आधारमा गरिन्छ।

    संसारमा सूर्यसमान नियमित र तेजस्वी अरू कुनै चिज छैन। वेदमा परब्रह्म परमात्माको नेत्रस्वरूप मानी सूर्यनारायणलाई ‘चक्षु’ पनि भनिएको छ। संसारलाई नियाल्ने प्रत्यक्ष देवताका रूपमा सूर्यनारायणलाई लिइन्छ। उदयकालमा लोकमा अमृत बर्साउने हुँदा प्रातःकालमा संसारले ऊर्जा प्राप्त गर्दछ। सूर्यको तापले अनेक रोग निवारण हुन्छन्। यसर्थ सूर्योदयकालको ठूलो महिमा छ। समस्त देवताहरूले जसका पाउमा आफ्नो शिर निहुराई वन्दना गर्दछन्, त्यस्ता देवाधिदेव भगवान् शिव पनि उदय र अस्तकालमा उनै सूर्यनारायणलाई अञ्जलीद्वारा नमस्कार गर्नुहुन्छ। यस्ता सूर्यनारायणलाई पवित्र गायत्रीद्वारा समस्त लोकले उपासना गर्दछन्। वेदमा सर्वाधिक सूर्यनारायणकै चर्चा पाइन्छ।

    सूर्यदेव समयका नियामक हुन्। युग, वर्ष, ऋतु, मास, पक्ष, दिन, प्रहर, घण्टा, मिनेट, सेकेन्ड, घडी, पला, क्षण जे भने पनि यी सबैको मापन सूर्यकै गतिका आधारमा गरिन्छ। जब सूर्यनारायण आकाशमध्यमा आइपुग्नुहुन्छ, त्यति बेला हाम्रो हाते घडीमा १२ बजेको हुन्छ। यसर्थ हरेक देशले एउटा निश्चित केन्द्रविन्दुमा बसेर वेध गरी सूर्य मध्यआकाशमा आइपुगेको समयलाई मध्याह्नको १२ बजे मानी राष्ट्रिय समय निर्धारण गरेका हुन्छन्। स्थानभेदले गर्दा संसारका विभिन्न देशको समय भिन्नाभिन्नै भएको हो।

    कलिगत संवत् ३००० बितेपछि प्रारम्भ भएको विक्रम संवत् चलाउने राजा विक्रमादित्य हुन्। उनले नेपालको काठमाडौंमा आई जनताहरूको ऋण तिरिदिएर राजसिंहासनमा आरूढ भई विक्रम संवत् चलाएको प्रमाण बत्तीसपुतली र बज्रयोगिनीमा भएको इतिहासकारहरू बताउँछन्। पछिल्लो समय नेपालमा औपचारिक रूपमा विक्रम संवत् १९६० सालपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले यसलाई चलनमा ल्याएका हुन्। त्यसअघि चलेका शकसंवत् तथा नेपालसंवत् सरकारी कामकाजमा अव्यावहारिक देखिएकाले तत्कालीन ज्योतिषीहरूको सुझावअनुसार उसबेला सबैभन्दा वैज्ञानिक, व्यावहारिक र ऐतिहासिक विक्रमसंवतलाई व्यवहारमा ल्याइएको इतिहासकारहरूको मत छ। विक्रम संवत् ग्रेगोरियन क्यालेन्डर (इस्वी सन्) भन्दा ५६ वर्ष ९ महिना १५ दिनले जेठो छ।

    वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हो। यही दिनबाट सूर्य, चन्द्रमा आदि नवग्रह गतिशील बनी सृष्टिक्रम अघि बढेको विश्वास गरिन्छ। यस बेला समयका नियामक जगच्चक्षु सूर्यनारायण मीन राशिबाट मेष राशिमा प्रवेश गर्दछन्। ज्योतिषशास्त्रमा मेष राशिलाई सूर्यको उच्च राशि मानिन्छ। सूर्यनारायण उच्च राशिमा प्रवेश गरेपछि नयाँ वर्ष प्रारम्भ हुन्छ र प्रकृतिमा नयाँपन आउँछ। वनस्पतिहरूमा पुराना पात सकिएर नयाँ पालुवा आउँछन्। आकाश सफा हुन्छ। दिनहरू लामा र न्याना हुन्छन्। सारा जीव–जीवात्मा प्रसन्न हुन्छन्। मानिसमा पनि एकप्रकारको आनन्द छाउँछ।

    नयाँ वर्षको आगमनले मानिसको सोचमा परिवर्तन आउँछ। प्रत्येक नयाँ वर्षले मानिसलाई थप परिपक्व बनाउँदै लान्छ। यसर्थ यसअघि गरिएका तमाम खराब कृत्यहरू गर्न छोडेर अब सत्यको बाटोमा हिँड्नुपर्छ भन्ने संकल्पका साथ पुराना दुःखकष्टलाई बिर्सिएर जीवनलाई अर्कै मोडमा परिवर्तन गर्ने उद्देश्यका साथ विभिन्न आशाहरू लिएर अघि बढ्छ मान्छे।

    नयाँ वर्षमा सूर्यनारायणको तेजले मानिसमा पनि नयाँ जोस, जाँगर र उमंग भरिएर आउँछ। यही समयमा अनेक शुभकामना आदानप्रदान हुन्छन्। नयाँ संकल्प गरिन्छन्। यी सबै पक्षलाई मानिसले आत्मसात् गर्न सक्ने हो भने जीवनमा साँच्चै परिवर्तन आउँछ। यसका लागि प्रबल इच्छाशक्ति, दृढसंकल्प, आत्मविश्वास र क्रियाशीलताको खाँचो पर्दछ। यी सबै प्राप्त गर्न सूर्यनारायण र आफ्ना इष्टदेवको आशीर्वाद चाहिन्छ।

    उन्नति प्रत्येक मानिसको आफ्नै हातमा हुन्छ। उद्यमेनैव सिध्यन्ति कार्याणि न मनोरथैः। अर्थात् इच्छा मात्र राखेर मनोकामना पूर्ण हुँदैनन्, कर्म गर्नुपर्दछ। त्यो पनि बारम्बार कर्म गरेपछि अनि फल प्राप्त हुन्छ। लक्ष्यको शिखर सानो छ भने सगरमाथाको चुचुरो कसरी चुमिएला? यसर्थ लक्ष्यको निसाना उन्नतिको शिखर हुनुपर्छ। अनि मात्र लक्ष्यको सगरमाथा चुम्न सकिन्छ।

    भगवान् सूर्यनारायण तेजका पुञ्ज हुनुहुन्छ, जसको सानो स्पर्शले अनेक फूल फक्रिन्छन्। तपाईं सूर्यको तेजलाई मस्तिष्कमा धारण गर्नुस्, संसारमा फूलजस्तै सुवासित बन्नुहुनेछ। सूर्यनारायण लाखौं प्रेरणाका स्रोत हुनुहुन्छ, जसको नियमित अनुशासनलाई पछ्याउने प्रयास मात्र गर्नुस् तपाईं स्वयं लाखौंको प्रेरणा स्रोत बन्न सक्नुहुन्छ। सूर्यनारायण नियत समयमा उदाएर नियत समयमै अस्ताउनुहुन्छ। समयको पावन्दीमा कुनै तलमाथि छैन। तपाईं नियत समयमा आफ्ना कर्तव्य पूरा गर्नुस्, घामको झुल्कोसँगै आएको लालिमाजस्तै सफलताले तपाईंलाई पछ्याउनेछ। सूर्यनारायणको शिक्षा प्राप्त गर्ने असल शिष्य रामभक्त हनुमान हुनुभयो। त्रेता युगका हनुमानको कीर्ति जसरी आजसम्म प्रसिद्ध छ, त्यस्तै कीर्तिमान बन्न सक्नुहुनेछ।

    एउटा वर्ष सूर्यको एक भगण वा पृथ्वीको एक कक्षपरिक्रमाको समय हो। तर अल्पायु मानिसका लागि १ वर्ष सानो समय होइन। हरेक नयाँ वर्षसँगै मानिसको आयु १ वर्ष घटिरहेको हुन्छ। यसरी घट्दो आयुको समय सीमाभित्र प्रत्येक मानिसले धर्म, अर्थ, काम र मोक्षका चार चरण पार गर्नुपर्दछ। जीवनलाई सार्थक बनाउँदै अन्त्यमा मोक्षमार्ग अवलम्बन गर्नु ईश्वरत्व प्राप्त गर्नु हो। यसर्थ मानिसको उमेर र अवस्थाअनुसार लक्ष्य निर्धारण गर्नु पर्दछ। मानिसको आत्मामा ईश्वरको निवास हुन्छ। यसर्थ आत्मचिन्तनद्वारा आत्माको ईश्वरलाई जागरण गर्न सक्नुभयो भने तपाईंको जीवन सार्थक हुनेछ।

    नयाँ वर्षको दिनमा सूर्य तथा आफ्ना इष्टदेवताको पूजा गर्नुपर्दछ। विभिन्न धार्मिक तथा सामाजिक कृत्यहरूमा सहभागी बन्नुपर्छ। नजिकका मन्दिरमा गएर देवताको दर्शन, पूजा गर्नुपर्छ। यथाशक्ति आफन्तमा नयाँ वर्षको शुभकामना पनि व्यक्त गर्नुपर्दछ। यस्ता कृत्यहरूमा आफ्ना बालबालिकालाई अघि सार्दै आफ्नो परम्परा सिकाउने गरिन्छ।
    यस दिन परिवारका सबै सदस्य बसेर गतवर्षका कार्यको र आयव्ययको समीक्षा गर्दै नयाँ योजना तर्जुमा गर्न सकिन्छ। नयाँ वर्षमा गरिने कार्यविशेष, पढाइ, व्यवसाय, व्यापार आदिको नयाँ लक्ष्य निर्धारण गरी संकल्प एवं कार्य प्रारम्भ पनि आजकै दिनमा गर्न सकिन्छ।

    अन्त्यमा,
    सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:।
    सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग्भवेत् ।।
    सर्वेषां स्वस्तिर्भवतु।
    सर्वेषां शान्तिर्भवतु।
    सर्वेषां मङ्गलं भवतु।।

    यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4688 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    ग्याल्पो लोसार

    फ्रेवुअरी 27, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4687 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    ह्याप्पी न्यु इयर

    जनवरी 1, 2020
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      Ram chetry

      2079 salko Baisag mahinako bibah lagna Kati chan tesko jankari chahiye ko thiyo.

      खोडसराज भण्डरी

      नयाबर्ष २०७९ को हर्दिक मङ्गल्मय शुभकामना

      नया बर्षको सम्बत्सर्को नाम दिएको भए राम्रो हुन्थ्यो

      Sher Limbu

      दुनियाको सबैभन्दा असल मानिसको लागि नयाँ वर्षको शुभकामना ।

      हरि कुमार सिंह

      सम्पूर्ण नेपाली दाजु-भाई , दिदी- बहिनी तथा इष्ट-मित्र मा नव वर्ष को मंगलमय शुभकामना व्यक्त गर्दछु !

      मेघनाथ सुबेदी

      सबै कुरा सही नै हो

      Damodar Panday

      नयाँ बर्ष 2079 समस्त मानव जगतको लागि कल्याणकारी,हितकारी,उर्जावान बर्ष बनोस् ।हार्दिक मंगलमय शुभकामना सबैमा।

      suresh bhatt

      happy new year all nepali

      Sushil

      satik kundali bislesan pani rakhnu paro hajur yap ma


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!