म्हः पूजा

म्हः पूजा

By Nepali Patro
मार्च 20, 2017

पात्रो अनुसार हरेक वर्षको कार्तिक शुक्लपक्ष, प्रतिपदाको दिन अर्थात् नेपालका सबै नेवार समुदायका मानिसहरुले राष्ट्रिय विभूति शंखधर साख्वाले इश्वी.सं. ८८० मा गरिब जनताहरुको ॠण विमोचन गरी नेपाल संवतको शुरुवात गरेको नेपाल संवतको नव वर्ष अर्थात् नेवारीमा “न्हूँ दँया” को दिनमै मनाइने विशेष सांस्कृतिक महत्व बोकेको पर्वको नाम हो- म्हः पूजा। आजको दिन सम्पूर्ण नेवार समुदायको मानिसहरु म्हः अर्थात् आत्म वा नेपालीमा शरीरको पूजा गरी आफ्नो शरीरको शु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्दछन्। अन्य दिनहरुमध्ये तिहारको चौथौं दिन, म्हः पूजा को बेला अरु मनाउनुपर्नेदिनहरुपनि पर्ने भएकोले तिहार कै विशेष दिनको रुपमा पनि जनसर्वसाधारणले लिने गरिन्छ्।

चलिआएको रीतिरिवाज तथा चलन अनुसार सबै परिवार एकै ठाउँमा बसेर परिवारका सबभन्दा जेठी आमा वा बुबाको हातबाट टीका थापी र शरीरपूजा गरिकन सबैको सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित आशिर्वाद लिने गरिन्छ। हिन्दू धर्मको शास्त्रीय कथन अनुसार मानिसको आत्मा नै सबभन्दा महत्वपूर्ण भएकाले म्हः पूजाको दिनमा आत्म पूजा गरी आत्म सन्तुष्ट र शुद्ध बनाई खुशी राख्न सके देवा-देवता पनि प्रसन्न भएर आशिर्वाद दिने र जीवन पनि सफल हुने धार्मिक विश्वास गरिन्छ। यसो गर्नाले वर्षदिनको कामकाजमा शरीर नथाक्ने वा कुनै पनि लाग्ने गरेका रोग-व्यथाबाट छुट्कारा पाउने विश्वास र कथन वृद्धा तथा बुजुर्ग नेपालीहरुको रहेको पाइन्छ।

नेपाल भरका सबै नेवार समुदायमा म्हः पूजाको विशेष महत्व रहने गर्दछ र यसदिन दिनभर जसो मनोरन्जनात्मक कार्यक्रमहरु संचालनमा रहन्छन् भने बेलुकी साँझतिर पारम्परिक हिसाबले सबै नेवारको घर घरमा विशेष प्राथमिकताका साथ मनाइने म्हः पूजाको लागि पूजासामाग्रीहरुको किनमेल र बजारको भीड-मेला यत्र-तत्र लागेको अवस्था हुन्छ। यसदिन नेवार समुदायका बस्तीहरुमा नेवारी परम्पराअनुसारको सांस्कृतिक सजावट र सबैजना आफ्नो मौलिक भेषभूषामा रहेका हुन्छन्। बेलुकी तिहारभरि खेलिने प्रसिद्ध द्यौसी-भैलो कार्यक्रमको रमझम पनि नितान्त मनोरन्जनात्मक रहन्छन्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस।

Related Posts

काग तिहार

मार्च 2, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

धनतेरस 

डिसेम्बर 10, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

तिहार – यमपञ्चक

अक्टोबर 19, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    santosh

    santoshmandal

    puskar

    good

    Subhash Kumar

    holamola

    sailesh chy

    no

    sailesh chy

    no

    shivask

    mero lage thik xa mero Dide bhani sobioy ko lagi thik xa happy bhai thika I miss you sister’s


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!