पुत्रदा एकादशी | पौष शुक्ल
नेपाली पात्रो > चाडपर्व > पुत्रदा एकादशी | पौष शुक्ल

पुत्रदा एकादशी | पौष शुक्ल

By Nepali Patro
मार्च 2, 2017

पौष शुक्ल एकादशीको नाम पुत्रदा एकादशी हो। पौष शुक्ल पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। यो व्रत सर्वप्रथम भद्रावती नगरका राजा सुकेतुमानले गरेका थिए। उनकी पत्नीको नाम शैव्या थियो। लामो समयसम्म सन्तान नभएकाले उनीहरू दुःखी र चिन्तित थिए। सन्तान र त्यसमा पनि पुत्रको चाहनाले उनीहरूको मन व्यथित थियो।

अपुत्रस्य गृहं शून्यं हृदयं दुःखितं सदा।
पितृदेव मनुष्याणां नानृणित्वं सुतं विना।।

पौष शुक्ल पुत्रदा एकादशी प्रसंग

सन्तानविहीनताले व्याकुल राजारानीलाई कुनै खुसीको कुरा देख्दा वा सुन्दा पनि सुखको अनुभव हुँदैनथ्यो। बिहान उठ्दादेखि नसुतेसम्म सन्तानकै चिन्ताले सताइरहन्थ्यो। यस्तैमा राजाको मनमा आत्महत्या गर्ने सोचाइ समेत आउँथ्यो। तर शास्त्रमा आत्महत्या गर्नेको दुर्गति बताइएको सुन्दा राजाले त्यसो गर्न आँट गरेनन्।

एकदिन ती सुकेतुमान् राजाले शून्यगृह छाडी जंगलमा गएर बस्ने विचारले कसैलाई नबताई घना जंगलतिर प्रस्थान गरे। राजपुरोहित र उनका निजी सचिवहरूले समेत राजा कहाँ गए भन्ने थाहा पाएनन्। उता घना जंगलमा एक्लो राजा भोकप्यासले यताउता भड्किइरहे। अबको गन्तव्य पत्ता लगाउन नसकेका उनले मनमनै विचार गरे– मैले यस जन्ममा पनि अनेक धर्मकर्म गरेको छु, मलाई यस्तो दुःख किन भएको होला? यत्तिकैमा राजा सुकेतुमान्ले एउटा सुन्दर सरोवर देखे। सरोवरको किनारमा विभिन्न ऋषिमुनिमा सुन्दर आश्रमहरू पनि देखे। उनले तपस्वी मुनिहरूका समीपमा गई उनीहरूलाई दण्डवत् प्रणाम गरे। र, उनीहरूलाई आदर–सत्कारले प्रसन्न पारेपछि हजुरहरू को हुनुहुन्छ? कहाँबाट यहाँसम्म पाल्नुभएको हो भनी प्रश्न गरे। विनम्र स्वभावका राजालाई ऋषिगणले भने– यस पवित्र तलाउमा स्नान गर्न आएका हामी विश्वेदेव (देवता) हौं। आजका पाँचौं दिनमा माघ महिना लाग्दै छ। माघमासमा स्नानको महत्त्व ठूलो छ र आज पुत्रदा एकादशीको पावन पर्व भएकाले आजैबाट स्नान, गायत्रीजप आदि पुण्यकर्ममा लागेका हौं। तिमीलाई केही माग्ने इच्छा भए वर माग भनेपछि राजाले हात जोडेर विनीत भावमा आफ्नो बिन्ती बिसाए– हे देवगण म निःसन्तान छु र म पुत्रको चाहनाले भड्किइरहेको छु। अतः मलाई पुत्रप्राप्तिको उपाय बताउनुहोस्। त्यसपछि राजाको वेदनाले द्रवीभूत ऋषिगण पुत्रदा एकादशीको महत्त्व दर्साउँदै उनलाई विधिपूर्वक व्रत बस्न सुझाउँछन्।

अद्य ह्येकादशी राजन् पुत्रदा नाम नामतः।
पुत्रं ददात्यसौ शुक्ला पुत्रदा पुत्रमिच्छताम्।।

हे राजन्, आज पुत्रदा एकादशी हो। यसर्थ जसका पुत्र छैनन् उनीहरूले आजको एकादशीमा व्रत गर्नाले अवश्य पुत्रप्राप्ति हुन्छ। त्यसैले तिमी पनि यो पुत्रदा एकादशीको व्रत गर भनी उपदेश दिएपछि राजाले मुनिहरूकै सान्निध्यमा पुत्रदा एकादाशीको व्रत गरी द्वादशीमा पारणा गरे। व्रतको पारणा गरेपछि मुनिहरूलाई बारम्बार परिक्रमा एवं प्रणाम गरी दरबारमा फर्किए। त्यसपछि केही दिनमा रानी गर्भवती भएको थाहा पाएर वर्षैभरिका एकादशी व्रतहरू लिन थाले। पुत्रदा एकादशी व्रतका प्रभावले उनको तेजस्वी पुत्र उत्पन्न भयो। राजाले पुत्रप्राप्ति भएको खुसियालीमा दानादि कृत्य गरे भने उनका पितृहरू पनि प्रसन्न भए। त्यसपछि सबै प्रजालाई खुसीसाथ पालनपोषण गरी राजाले समय बिताए।

पितरं तोषयामास प्रजापाले बभूव सः।
एतस्मात् कारणात् राजन् कर्तव्यं पुत्रदा व्रतम्।।

भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभएको प्रसंग हो यो। यही सन्दर्भमा भगवान् भन्नुहुन्छ– यो पुत्रदा एकादशी व्रत अत्यन्त गोप्य हुँदाहुँदै पनि लोककल्याणका लागि मैले बताएँ, त्यसैले जसले यो व्रत लिन्छ, उसले यो लोकमा पुत्रपौत्र प्राप्त गर्नुका साथै मरणोपरान्त समेत स्वर्गमा परम पद प्राप्त गर्दछ। पुत्रदा एकादशीको महात्म्य वा कथा मात्र पढ्नाले पनि अश्वमेध यज्ञ गरेको फल प्राप्त हुन्छ भनिएको छ। यसर्थ पुत्रदा एकादशीमा सक्नेले व्रत लिने र नसक्नेले पनि कम्तीमा कथा सुन्ने वा आफैंले पाठमात्रै भए पनि गर्नुपर्दछ भन्ने भगवान् श्रीकृष्णको सन्देश रहेको छ।

पुत्रं प्राप्येह लोके तु मृतास्ते स्वर्गगामिनः।
पठनात् श्रवणात् राजन् अश्वमेधफलं लभेत्।।

यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Related Posts

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

भीमा एकादशी व्रत

जनवरी 27, 2018
By प्रा.डा. देवमणि भट्टराई

सफला एकादशी

जनवरी 1, 2019
By उपप्रा. लक्ष्मीप्रसाद बराल

अजा एकादशी

सेप्टेम्बर 6, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

श्रावण शुक्ल पुत्रदा एकादशी

मार्च 2, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    chakra prasad nepal

    धेरै राम्रो लागयो एकादशिको महिमा

    baba lama tamang

    its very nice app very good evrrythinks

    Sunder goyal

    Good morning

    भरत लाल चौधरी

    यो ,निःसन्तान दम्पती का लागि गुढवचन हो,हिन्दु धर्मावलम्बीको प्रेरणाको स्रोत पनि हो

    भरत लाल चौधरी

    यो,निःसन्तान दम्पती का लागि गुढवचन र हिन्दुधर्मावलम्वीका लागि प्रेरणाको स्रोत पनि हो

    narendra lama

    hare krishna hare krishna
    krishna Krishna hare hare

    susmitarokaya

    safalta

    Abhilasha Baral

    For going aboard

    tara prasad

    dherai dherai ramro lagyo

    Sabina thapa

    padera aananda lagyo

    krishna poudel

    Jai Shri Krishna Radhe Radhe

    Suresh Singh

    Anitha

    You rajakhadka

    57io


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!