धान्य पूर्णिमा

धान्य पूर्णिमा

By उपप्रा. लक्ष्मीप्रसाद बराल
डिसेम्बर 22, 2018

मार्गशीर्ष शुक्लपक्षको पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भन्दछन्। असारमा रोपेको प्रमुख बाली धान मंसिरमा थन्क्याएपछि धर्तीमातालाई कृतज्ञता व्यक्त गर्दै धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ। यस दिन पृथ्वीमाताले दिएको धानप्रति आभार व्यक्त गर्दै पृथ्वीको पूजासमेत गरिन्छ। ‘भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस्’ भन्ने कामनासहित मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भन्ने गरिएको हो।

आजकै दिन पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको छ। किरात समुदायको उँधौली पर्व पनि आजै मनाइन्छ। अन्नबाली भित्र्याएको खुसियालीका साथै लेकबाट जाडो छल्न मानिस, जनावर र चराचुरुङ्गी बेँसीतिर झर्ने संकेतस्वरूप यो पर्व मनाउने चलन छ।

नेवारहरूले आजको पूर्णिमालाई योमरी पुन्ही भन्दछन् । आजकै दिन नेवार समुदायले नयाँ बालीका रूपमा धान भित्र्याएको खुसियाली व्यक्त गर्न देवी देवतालाई पूजा गरी योमरी चढाउने गर्दछन्। नयाँ धानको पिठोमा चाकु, खुवा, मास, अदुवा, तिल लगायतका विभिन्न मसला राखी त्रिकोण आकारको लाम्चो वा शंखजस्तै आकारको योमरी बनाई भूमि, कुलदेवता र इष्टदेव–देवीलाई चढाएर प्रसादका रूपमा खाने र पाहुनाहरूलाई पनि बाँड्ने गरिन्छ। यसो गर्दा कृषि उत्पादनमा वृद्धि हुने र अन्नको अभाव नहुने विश्वास छ। यस दिनलाई ज्यापु दिवसका रूपमा समेत मनाउने गरिन्छ ।

Related Posts

योमरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

Comments

    Janak Thapa

    Good

    sijan

    aja lhosar vanera chai kina nadeko

    hari singhs

    super

    indal

    right

    रामेश्वर

    good .

    नेवार जातिको एक महत्वपूर्ण चाड यमरी पुरी , यो विषेश गरी नयाँ बालीका रुपमा धान भित्तयाएको खसयिाली व्यक्त गर्न देवी देवलाई पूजा गरी चढाउने गर्दछ । यो एक प्रकारको रोटी हो नेवार जातिको , मलाई त मन पर्छ यो रोटी, यो रोटी चामलको पिठोबाट बनाएको हुन्छ जसमा भित्र खुदो अर्थात गुलीयो शखर वा चिनीको पाख राखेको हुन्छ ।

    manash

    Dear writer Laxmi Prasad,

    Yomari Purney falls on November/ December not in March. I believe it is the wrong information and needs to be corrected.

    thank you

    manoj

    Dherai ramro lagyo,,

    Arjun k.mahato

    purinema

    sibu Adhikari

    Gyanvardhak jankari diyekoma dherei dherei dhanyavad.


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!